पन्ध्रौं अध्यायः पुरुषोत्तमयोग


(संसार रूपी वृक्षको वर्णन)

श्रीभगवानुवाच
ऊर्ध्वमूलमधः शाखमश्वत्थं प्राहुरव्ययम्‌ ।
छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्‌ ॥ (१)


भावार्थ : श्री भगवानले भन्नुभयो - हे अर्जुन! यो संसारलाई अविनाशी वृक्ष  भनिएको छ, जसको जराहरू माथि तिर छ र हांगाहरू  तलतिर  तथा यो रुखको  पातहरू वैदिक स्तोत्र हुन्, जो यस अविनाशी रुखलाई जान्दछ  उही वेदहरूको जानकार हो । (१)

अधश्चोर्ध्वं प्रसृतास्तस्य शाखा गुणप्रवृद्धा विषयप्रवालाः ।
अधश्च मूलान्यनुसन्ततानि कर्मानुबन्धीनि मनुष्यलोके ॥ (२)


भावार्थ : यो संसार रूपी वृक्षको समस्त योनि रूपी शाखाहरू तलतिर र माथि सबैतिर  फ़ैलिएको छ, यो वृक्ष को शाखाहरू प्रकृतिको तीनै गुण द्वारा विकसित हुन्छ, यो वृक्षको इन्द्रिय-विषय रूपी कोपिला हो, यस वृक्षको जराको विस्तार  तलतिर पनि हुन्छ  । जुन  सकाम-कर्म रूप ले मनुष्यहरूको लागि  फल रूपी बन्धन उत्पन्न गर्दछ । (२)

न रूपमस्येह तथोपलभ्यते नान्तो न चादिर्न च सम्प्रतिष्ठा ।
अश्वत्थमेनं सुविरूढमूल मसङ्‍गशस्त्रेण दृढेन छित्त्वा ॥ (३)


भावार्थ : यो संसार रूपी वृक्षको वास्तविक स्वरूपको अनुभव यो जगतमा गर्न सकिदैन किनभने न यस्को आदि छ, न यसको अन्त छ । न यसको कुनै आधार नै छ, अत्यन्त दृड़ताका साथ स्थित यो वृक्षलाई केवल वैराग्य रूपी हथियार  द्वारा  मात्र काट्न सकिन्छ । (३)

ततः पदं तत्परिमार्गितव्यं यस्मिन्गता न निवर्तन्ति भूयः ।
तमेव चाद्यं पुरुषं प्रपद्ये यतः प्रवृत्तिः प्रसृता पुराणी ॥ (४)


भावार्थ : वैराग्य रूपी हथियारले काटेपछि  मनुष्यले  त्यो परम-लक्ष्य (परमात्मा) को मार्ग  खोज्नु पर्छ , जुन मार्गमा पुगेको मनुष्य यो संसारमा फेरि कहिल्यै वापस फर्किदैन, फेरि मनुष्यले उस परमात्मामा शरणागत हुनुपर्छ, जुन परमात्माद्वारा यो आदि-रहित संसार रूपी वृक्षको उत्पत्ति र विस्तार हुन्छ । (४)

निर्मानमोहा जितसङ्गदोषाअध्यात्मनित्या विनिवृत्तकामाः ।
द्वन्द्वैर्विमुक्ताः सुखदुःखसञ्ज्ञैर्गच्छन्त्यमूढाः पदमव्ययं तत्‌ ॥ (५)


भावार्थ : जो मनुष्य मान-प्रतिष्ठा र मोहबाट मुक्त छ तथा जसले सांसारिक विषयमा लिप्त मनुष्यको संगति त्याग गरेको छ, जो निरन्तर परमात्म स्वरूपमा स्थित रहन्छ, जसको सांसारिक कामनाहरू पूर्ण रूपले समाप्त भैसकेको छ र जसलाई सुख-दुःखको भेद समाप्त भृसकेको छ यस्तो मोहबाट मुक्त भएको मनुष्यले अविनाशी परम-पद (परम-धाम) लाई प्राप्त गर्दछ। (५)

न तद्भासयते सूर्यो न शशाङ्को न पावकः ।
यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम ॥ (६)


भावार्थ : त्यस परम-धामलाई न  सूर्य प्रकाशित गर्दछ, न चन्द्रमा प्रकाशित गर्दछ र न  अग्नि प्रकाशित गर्दछ, जहाँ पुगेर कोही पनि मनुष्य यो संसारमा फिर्ता आउदैन  त्यही मेरो परम-धाम हो । (६)


(जीव र आत्मा को वर्णन)

श्रीभगवानुवाच
ममैवांशो जीवलोके जीवभूतः सनातनः ।
मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति ॥ (७)


भावार्थ : हे अर्जुन! संसारको प्रत्येक शरीरमा स्थित जीवात्मा मेरो नै सनातन अंश हो, जो  मन सहित ६ इन्द्रियद्वारा प्रकृतिको अधीन भएर कार्य गर्दछ । (७)

शरीरं यदवाप्नोति यच्चाप्युत्क्रामतीश्वरः ।
गृहीत्वैतानि संयाति वायुर्गन्धानिवाशयात्‌ ॥ (८)


भावार्थ : शरीरको स्वामी जीवात्मा ६ इन्द्रियको कार्यलाई संस्कार रूपमा ग्रहण गरेर एउटा शरीर को त्याग गरेर अर्को शरीरमा त्यस्तै प्रकारले जान्छ जसरी वायु गन्धको एउटा स्थानबाट ग्रहण गरेर अर्को स्थानमा लैजान्छ  । (८)

श्रोत्रं चक्षुः स्पर्शनं च रसनं घ्राणमेव च ।
अधिष्ठाय मनश्चायं विषयानुपसेवते ॥ (९)


भावार्थ : यसप्रकार अर्को शरीरमा स्थित भएर जीवात्मा कान, आँख, छाला, जीभ्रो, नाक और मनको सहायताले पनि विषयको भोग गर्दछ । (९)

उत्क्रामन्तं स्थितं वापि भुञ्जानं वा गुणान्वितम्‌ ।
विमूढा नानुपश्यन्ति पश्यन्ति ज्ञानचक्षुषः ॥ (१०)


भावार्थ : जीवात्मा कसरी शरीरलाई त्याग गर्न सक्छ , कुन प्रकार शरीरमा स्थित रहन्छ र कुन प्रकार प्रकृतिको गुणहरूको अधीन रहेर विषय को भोग गर्दछ, मूर्ख मनुष्य कहिल्यै पनि यो प्रक्रियालाई  देख्न पाउदैन  केवल त्यस्तो मनुष्यले देख्न सक्छ  जसको आँखा ज्ञानको प्रकाश ले प्रकाशित भएको हुुुन्छ । (१०)

यतन्तो योगिनश्चैनं पश्यन्त्यात्मन्यवस्थितम्‌ ।
यतन्तोऽप्यकृतात्मानो नैनं पश्यन्त्यचेतसः ॥ (११)


भावार्थ : योगको अभ्यासमा प्रयत्नशील मनुष्य  आफ्नो हृदयमा स्थित आत्मालाई देख्न सक्छन् , किन्तु जो मनुष्य योगको अभ्यासमा लागेको हुदैन यस्ता अज्ञानी प्रयत्न गरिरहे पनि आत्मालाई देख्न सक्दैन  । (११)


(जगत में परमात्मा की स्थिति का वर्णन)

यदादित्यगतं तेजो जगद्भासयतेऽखिलम्‌ ।
यच्चन्द्रमसि यच्चाग्नौ तत्तेजो विद्धि मामकम्‌ ॥ (१२)


भावार्थ : हे अर्जुन! जुन प्रकाश सूर्यमा स्थित छ जसले समस्त संसार प्रकाशित हुन्छ, जुन प्रकाश चन्द्रमामा  स्थित छ र जुन प्रकाश अग्निमा  स्थित छ, ती प्रकाशलाई तिमी म बाटै उत्पन्न भएको बुझ । (१२)

गामाविश्य च भूतानि धारयाम्यहमोजसा ।
पुष्णामि चौषधीः सर्वाः सोमो भूत्वा रसात्मकः ॥ (१३)


भावार्थ : म नै प्रत्येक लोक मा प्रवेश गरेर आफ्नू शक्तिले सबै प्राणीहरूलाई  धारण गर्दछु र म नै चन्द्रमाको रूपले वनस्पतिहरूमा जीवन-रस बनेर समस्त प्राणीहरूलाई पोषण गर्दछु । (१३)

अहं वैश्वानरो भूत्वा प्राणिनां देहमाश्रितः ।
प्राणापानसमायुक्तः पचाम्यन्नं चतुर्विधम्‌ ॥ (१४)
code>

भावार्थ : म नै पाचन-अग्निको रूपमा सबै जीवहरूको  शरीरमा स्थित रहन्छु , म नै प्राण वायु र अपान वायुलाई संतुलित राख्दै  चार प्रकार का(चबाउनु पर्ने, पिउनु पर्ने, चाट्नु पर्ने  र चूस्नु पर्ने) अन्न पचाउछु । (१४)

सर्वस्य चाहं हृदि सन्निविष्टोमत्तः स्मृतिर्ज्ञानमपोहनं च ।
वेदैश्च सर्वैरहमेव वेद्योवेदान्तकृद्वेदविदेव चाहम्‌ ॥ (१५)


भावार्थ : म नै समस्त जीवहरूको हृदयमा आत्मा रूपमा स्थित छु, म द्वारा नै जीवहरूको वास्तविक स्वरूपको स्मृति, विस्मृति र ज्ञान हुन्छ, म नै समस्त वेदद्वारा जान्न योग्य छु, मबाट नै समस्त वेद उत्पन्न हुन्छ र म नै समस्त वेदलाई जान्ने वाला हूँ। (१५)


(शरीर, आत्मा और परमात्मा का वर्णन)

द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।
क्षरः सर्वाणि भूतानि कूटस्थोऽक्षर उच्यते ॥ (१६)


भावार्थ : हे अर्जुन! संसारमा दुई प्रकारका जीव छन्  एउटा नाशवान् (क्षर) र दोस्रो अविनाशी (अक्षर), यीमध्ये समस्त जीवहरूको शरीर  नाशवान हुन्छ र समस्त जीवहरूको आत्मालाई अविनाशी भनिन्छ । (१६)

उत्तमः पुरुषस्त्वन्यः परमात्मेत्युदाहृतः ।
यो लोकत्रयमाविश्य बिभर्त्यव्यय ईश्वरः ॥ (१७)


भावार्थ : परन्तु यी दुईका अतिरिक्त एउटा श्रेष्ठ पुरुष छ जस्लाई परमात्मा भनिन्छ, उनै अविनाशी भगवान तीनै लोकहरूमा प्रवेश गरेर सबै प्राणीहरूको भरण-पोषण गर्नुहुन्छ। (१७)

यस्मात्क्षरमतीतोऽहमक्षरादपि चोत्तमः ।
अतोऽस्मि लोके वेदे च प्रथितः पुरुषोत्तमः ॥ (१८)


भावार्थ : किनभने म नै क्षर र अक्षर भन्दा अलग पर भएको सर्वोत्तम हूँ, यसकारण संसारमा तथा वेदहरूमा पुरुषोत्तम रूपले विख्यात छु । (१८)

यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम्‌ ।
स सर्वविद्भजति मां सर्वभावेन भारत ॥ (१९)


भावार्थ : हे भरतवंशका अर्जुन! जो मनुष्य यसप्रकार मलाई संशय-रहित भएर भगवानको रूपमा जान्दछ, त्यो मनुष्य मलाईनै सबै थोक ठानेर  जानेर सबै प्रकारले मेरो नै भक्ति गर्दछ। (१९)

इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।
एतद्‍बुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्च भारत ॥ (२०)


भावार्थ : हे निष्पाप अर्जुन! यसप्रकार यो शास्त्रको  अति गोपनीय रहस्य म द्वारा भनिएको छ, हे भरतवंशी जो मनुष्य यो परम-ज्ञानलाई यही प्रकारले बुझ्दछ  ऊ बुद्धिमान हुन्छ र उसको सबै प्रयत्न पूर्ण  भै जान्छ । (२०)


ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे पुरुषोत्तमयोगो नाम पञ्चदशोऽध्यायः ॥
यसप्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीता को श्रीकृष्ण-अर्जुन संवादमा पुरुषोत्तम-योग नाम को पन्ध्रौं अध्याय संपूर्ण भयो ॥

॥ हरि: ॐ तत् सत् ॥
6 | |


No comments:

Post a Comment