(प्रकृति र पुरुष द्वारा जगत् को उत्पत्ति)
श्रीभगवानुवाच
परं भूयः प्रवक्ष्यामि ज्ञानानं मानमुत्तमम् ।
यज्ज्ञात्वा मुनयः सर्वे परां सिद्धिमितो गताः ॥ (१)इदं ज्ञानमुपाश्रित्य मम साधर्म्यमागताः ।
सर्गेऽपि नोपजायन्ते प्रलये न व्यथन्ति च ॥ (२)मम योनिर्महद्ब्रह्म तस्मिन्गर्भं दधाम्यहम् ।
सम्भवः सर्वभूतानां ततो भवति भारत ॥ (३)भावार्थ : हे भरतवंशी! मेरो यो आठ तत्ववाला जड़ प्रकृति (जल, अग्नि, वायु, पृथ्वी, आकाश, मन, बुद्धि और अहंकार) नै समस्त वस्तुहरू उत्पन्न गर्नेवाला योनि (माता) हो र म नै ब्रह्म (आत्मा) रूप मा चेतन-रूपी बीज स्थापित गर्छु, यो जड़-चेतन को संयोगबाट नै सबै चर-अचर प्राणीहरूको जन्म सम्भव हुन्छ। (३)
सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बीजप्रदः पिता ॥ (४)भावार्थ : हे कुन्तीपुत्र! सबै योनिहरूमा जो कोही शरीर धारण गर्ने प्राणी उत्पन्न हुन्छ, ती सबै धारण गर्ने जड़ प्रकृति माता र म नै ब्रह्म (आत्मा) रूपी बीज स्थापित गरने वाला पिता हूँ। (४)
(प्रकृति के गुणों की क्रियाशीलता)
सत्त्वं रजस्तम इति गुणाः प्रकृतिसम्भवाः ।
निबध्नन्ति महाबाहो देहे देहिनमव्ययम् ॥ (५)भावार्थ : हे महाबाहु अर्जुन! सात्विक गुण, राजसिक गुण र तामसिक गुण यी तीन गुण भौतिक प्रकृतिबाट नै उत्पन्न हुन्छ, प्रकृतिबाट उत्पन्न हुने यी तीन गुणका कारण नै अविनाशी जीवात्मा शरीरमा बाधिन्छन् । (५)
तत्र सत्त्वं निर्मलत्वात्प्रकाशकमनामयम् ।
सुखसङ्गेन बध्नाति ज्ञानसङ्गेन चानघ ॥ (६)भावार्थ : हे निष्पाप अर्जुन! सतोगुण अन्य गुणको अपेक्षा अधिक शुद्ध हुनाले पाप-कर्मबाट जीवलाई मुक्त गरेर आत्मालाई प्रकाशित गरने वाला हुन्छ, जसबाट जीव सुख र ज्ञानको अहंकारमा बाधिन्छन्। (६)
रजो रागात्मकं विद्धि तृष्णासङ्गसमुद्भवम् ।
तन्निबध्नाति कौन्तेय कर्मसङ्गेन देहिनम् ॥ (७)भावार्थ : हे कुन्तीपुत्र! रजोगुणको कामनाहरू र लोभ को कारण उत्पन्न हुने समझ, जसको कारण शरीरधारी जीव सकाम-कर्ममा (फल को आसक्ति) मा बाधिन्छन् । (७)
तमस्त्वज्ञानजं विद्धि मोहनं सर्वदेहिनाम् ।
प्रमादालस्यनिद्राभिस्तन्निबध्नाति भारत ॥ (८)भावार्थ : हे भरतवंशी! तमोगुणको शरीर प्रति मोहको कारण अज्ञानले उत्पन्न हुने समझ, जसकारण जीव प्रमाद (पागलपनको कारण व्यर्थको काम गरने प्रवृत्ति), आलस्य (आज को कामलाई भोलि भोलि भन्ने प्रवृत्ति) र निद्रा (गर्न नहुने काम अचेत अवस्थामा गर्ने प्रवृत्ति) द्वारा बाधिन्छ। (८)
सत्त्वं सुखे सञ्जयति रजः कर्मणि भारत ।
ज्ञानमावृत्य तु तमः प्रमादे सञ्जयत्युत ॥ (९)भावार्थ : हे अर्जुन! सतोगुणले मनुष्यलाई सुखमा बाध्छ , रजोगुणलेे मनुष्यलाई सकाम कर्ममा बाध्छ र तमोगुणले मनुष्यको ज्ञानलाई छोपेर प्रमाद विलासमा बाध्छ । (९)
रजस्तमश्चाभिभूय सत्त्वं भवति भारत ।
रजः सत्त्वं तमश्चैव तमः सत्त्वं रजस्तथा ॥ (१०)भावार्थ : हे भरतवंशी अर्जुन! रजोगुण र तमोगुण घटेमा सतोगुण बढ़्छ, सतोगुण र रजोगुण घटेमा तमोगुण बढ़छ, यसप्रकार तमोगुण र सतोगुण कम भए तमोगुण बढ़्छ। (१०)
सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते ।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत ॥ (११)भावार्थ : जुनसमय यो शरीरको सबै नौ द्वारहरू (दुई आँखा, दुई कान, नाकका दुई प्वाल, मुख, गुदद्वार र लिङ्ग) मा ज्ञानको प्रकाश उत्पन्न हुन्छ, त्यो समय सतोगुण विशेष बृद्धिमा प्राप्त हुन्छ। (११)
लोभः प्रवृत्तिरारम्भः कर्मणामशमः स्पृहा ।
रजस्येतानि जायन्ते विवृद्धे भरतर्षभ ॥ (१२)भावार्थ : हे भरतवंशमा श्रेष्ठ! जब रजोगुण विशेष बृद्धिमा प्राप्त हुन्छ तब लोभ उत्पन्न भएका कारण फलको इच्छा राखेर कर्म गर्ने प्रवृत्ति र मनको चंचलताको कारण विषय-भोग भोगने अनियन्त्रित इच्छा बढ़्न थाल्छ । (१२)
अप्रकाशोऽप्रवृत्तिश्च प्रमादो मोह एव च ।
तमस्येतानि जायन्ते विवृद्धे कुरुनन्दन ॥ (१३)भावार्थ : हे कुरुवंशी अर्जुन! जब तमोगुण विशेष बृद्धिमा प्राप्त हुन्छ तब अज्ञान रूपी अन्धकार, कर्तव्य-कर्म नगर्ने प्रवृत्ति, पागलपनको अवस्था र मोहको कारण नगर्ने योग्य काम गरने प्रवृत्ति बढ्न थाल्छ । (१३)
यदा सत्त्वे प्रवृद्धे तु प्रलयं याति देहभृत् ।
तदोत्तमविदां लोकानमलान्प्रतिपद्यते ॥ (१४)भावार्थ : जब कोई मनुष्य सतोगुण वृद्धि भएको बेला मृत्युमा प्राप्त हुन्छ, तब ती उत्तम कर्म गरने वालाहरु निर्मल स्वर्ग लोकमा प्राप्त हुन्छन्। (१४)
रजसि प्रलयं गत्वा कर्मसङ्गिषु जायते ।
तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ॥ (१५)भावार्थ : जब कोई मनुष्य रजोगुणको बृद्धि भएको बेला मृत्युमा प्राप्त हुन्छन् तब ती सकाम कर्म गरने वाला मनुष्यमा जन्म लिन्छन् र उसै प्रकार तमोगुणको बृद्धि भएको वेला मृत्युमा प्राप्त हुने मनुष्य पशु-पक्षि आदि निम्न योनिमा जन्म लिन्छन्। (१५)
कर्मणः सुकृतस्याहुः सात्त्विकं निर्मलं फलम् ।
रजसस्तु फलं दुःखमज्ञानं तमसः फलम् ॥ (१६)भावार्थ : सतोगुणमा गरिएको कर्मको फल सुख र ज्ञान युक्त निर्मल फल भनिन्छ , रजोगुणमा गरिएको कर्म को फललाई दुःख भनिएको छ र तमोगुणमा गरिएको कर्म को फललाई अज्ञान भनिन्छ । (१६)
सत्त्वात्सञ्जायते ज्ञानं रजसो लोभ एव च ।
प्रमादमोहौ तमसो भवतोऽज्ञानमेव च ॥ (१७)भावार्थ : सतोगुणबाट वास्तविक ज्ञान उत्पन्न हुन्छ, रजोगुणबाट निश्चित रूपमा लोभ नै उत्पन्न हुन्छ र तमोगुणबाट निश्चित रूपमा प्रमाद, मोह, अज्ञान नै उत्पन्न हुन्छ । (१७)
ऊर्ध्वं गच्छन्ति सत्त्वस्था मध्ये तिष्ठन्ति राजसाः ।
जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः ॥ (१८)भावार्थ : सतोगुणमा स्थित जीव स्वर्गको उच्च लोकमा जान्छ , रजोगुणमा स्थित जीव मध्यमा पृथ्वी-लोकमानै रहन्छर तमोगुणमा स्थित जीव पशु आदि नीच योनिमा नरक जान्छ । (१८)
(गुणातीत पुरुष के लक्षण)
नान्यं गुणेभ्यः कर्तारं यदा द्रष्टानुपश्यति ।
गुणेभ्यश्च परं वेत्ति मद्भावं सोऽधिगच्छति ॥ (१९)भावार्थ : जब कोही मनुष्य प्रकृति को तीन गुण अतिरिक्त अन्य कुनै कर्ता देख्दैन स्वयंलाई दृष्टाको रूपमा देख्न थाल्छ तब ऊ प्रकृतिको तीन गुणबाट टाढा स्थित भएर म परमात्मालाई जानेर मेरो दिव्य स्वभावमा प्राप्त हुन्छ। (१९)
गुणानेतानतीत्य त्रीन्देही देहसमुद्भवान् ।
जन्ममृत्युजरादुःखैर्विमुक्तोऽमृतमश्नुते ॥ (२०)भावार्थ : जब शरीरधारी जीव प्रकृतिको यी तीन गुणमाथि विजय प्राप्त गर्दछ तब जन्म, मृत्यु, बुढापा तथा सबै प्रकारको कष्टबाट मुक्त भएर यही जीवनमा परम-आनन्द स्वरूप अमृत भोग गर्दछ । (२०)
अर्जुन उवाच
कैर्लिङ्गैस्त्रीन्गुणानेतानतीतो भवति प्रभो ।
किमाचारः कथं चैतांस्त्रीन्गुणानतिवर्तते ॥ (२१)भावार्थ : अर्जुनले सोधे - हे प्रभु! प्रकृतिको तीनै गुण पार भएको मनुष्य कुन लक्षण द्वारा जानिन्छ । उसको आचरण कस्तो हुन्छ तथा मनुष्यले प्रकृतिको तीनै गुणलाई कुन किसिमले पार गर्न सक्छ ।?। (२१)
श्रीभगवानुवाच
प्रकाशं च प्रवृत्तिं च मोहमेव च पाण्डव ।
न द्वेष्टि सम्प्रवृत्तानि न निवृत्तानि काङ्क्षति ॥ (२२)भावार्थ : श्री भगवानले भन्नुभयो - जो मनुष्य ईश्वरीय ज्ञान रूपी प्रकाश (सतोगुण) तथा कर्म गर्नमा आसक्ति (रजोगुण) तथा मोह रूपी अज्ञान (तमोगुण) बढ्दा कहिले पनि ती गुणहरूलाई घृणा गर्दैन तथा समान भावमा स्थित भएर न ती गुणमा प्रवृत हुन्छ न निवृत हुने इच्छा राख्छ । (२२)
उदासीनवदासीनो गुणैर्यो न विचाल्यते ।
गुणा वर्तन्त इत्येव योऽवतिष्ठति नेङ्गते ॥ (२३)भावार्थ : जो उदासीन भावमा स्थित रहेर कुनै पनि गुण आउदा जादा विचलित नभइ र गुणहरूकै काम गरेको हुँ भनेर एउटै भावमा स्थिर रहन्छ। (२३)
समदुःखसुखः स्वस्थः समलोष्टाश्मकाञ्चनः ।
तुल्यप्रियाप्रियो धीरस्तुल्यनिन्दात्मसंस्तुतिः ॥ (२४)भावार्थ : जो सुख र दुखमा समान भावमा स्थित रहन्छ, जो आफ्नो आत्म-भावमा स्थित रहन्छ, जो माटो, ढुङ्गा र सुनलाई एउटै समान समझन्छ, जस्को लागि न कोही प्रिय हुन्छ न केही अप्रिय हुन्छ तथा जो निन्दा तथा स्तुतिमा आफ्नो धैर्य गुमाउदैन । (२४)
मानापमानयोस्तुल्यस्तुल्यो मित्रारिपक्षयोः ।
सर्वारम्भपरित्यागी गुणातीतः सा उच्यते ॥ (२५)भावार्थ : जो मान र अपमानलाई एक समान समझन्छ, जो मित्र र शत्रु को पक्षमा समान भाव राख्दछ तथा जसमा सबै खाले काम गर्दा पनि कर्तापनको भाव हुदैन , यस्तो मनुष्यलाई प्रकृतिको गुणबाट अतीत भनिन्छ । (२५)
मां च योऽव्यभिचारेण भक्तियोगेन सेवते ।
स गुणान्समतीत्येतान्ब्रह्मभूयाय कल्पते ॥ (२६)भावार्थ : जो मनुष्य हर परिस्थितिमा विचलित नभइ अनन्य-भावमा मेरो भक्तिमा स्थिर रहन्छ, ऊ भक्त प्रकृतिको तीन गुणलाई अति-शीघ्र पार गरेर ब्रह्म-पदमा स्थित भै जान्छ । (२६)
ब्रह्मणो हि प्रतिष्ठाहममृतस्याव्ययस्य च ।
शाश्वतस्य च धर्मस्य सुखस्यैकान्तिकस्य च ॥ (२७)भावार्थ : ऊ अविनाशी ब्रह्म-पद को म नै अमृत स्वरूप, शाश्वत स्वरूप, धर्म स्वरूप और परम-आनन्द स्वरूप एक-मात्र आश्रय हूँ। (२७)
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायांयोगशास्त्रे श्रीकृष्णार्जुनसंवादे प्राकृतिकगुणविभागयोगो नामचतुर्दशोऽध्यायः॥यसप्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीताको श्रीकृष्ण-अर्जुन संवादमा प्राकृतिक गुण विभाग-योग नाम को चौधों अध्याय संपूर्ण भयो ॥
॥ हरि: ॐ तत् सत् ॥
6 | |
No comments:
Post a Comment