यजुर्वेद



दुर्गा विनायक मन्दिर कामनपा ११ डाँफे मार्ग बबरमहल
ब्रह्म, ब्रह्माण्ड र मनुष्य ।

भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् ।
यजुर्वेद - संहिता
अथ चत्वारिंशोऽध्यायः
चालिसौं अध्याय
ईशा वास्यमिदथ्ं९ सर्वं यत्किं च जगत्यां जगत् ।
तेन त्यत्तेन भुज्जीथा मा गृधः कस्य स्विद्धनम् ।।१।।
यस सृष्टिमा भएका सबै जडचेतन सबैमा ईश्वरको उपस्थितिले ढाकेको छ, यस सृष्टिलाई उसैले पदार्थहरू प्रदान गरेको छ । त्यसो हुँदा उसले दिएको कुराको उपभोग गरौं अर्काको अधिकार हनन हुने गरी अधिक कुरो नखोजौं ।

कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छतथ्ं९ समाः ।
एवं त्वयि नान्यथेतोस्ति न कर्म लिप्यते नरे ।।२।।
यस संसारमा उचित किसिमका कर्महरू अनुशासित रूपमा गर्दै सय वर्षको आयु बाँच्ने कामना गरौं । कर्मले मानिसलाई लिप्त गर्न नसकोस् । यो तिमीहरूकै लागि हो, यसका अतिरित्त परम कल्याणको मार्ग अर्को कुनै पनि छैन । 


असूर्या नाम ते लोकाऽ अन्धेन तमसावृताः ।
ताँस्ते प्रेत्यापि गच्छन्ति ये के चात्महनो जनाः ।।३।।
यस किसिमको अनुशासन पालन नगर्नेहरू केवल शरीरका रूपमा मात्रै मानिस देखिएका असूर्य हुने गर्दछन् । उनीहरूले जीवनभरि गहिरो अन्धकारमा घेरिएर दुःखको जीवन बिताउँछन् । त्यस्ता आत्माको निर्देशनलाई हनन गर्नेहरू शरीरबाट प्राण छुटेपछि प्रेतका रूपमा त्यस्तै अन्धकारलाई भरिएका लोकमा पस्ने गर्दछन् ।

अनेजदेकं मनसो जवीयो नैनद्देवाऽ आप्नुवन् पूर्वमर्शत् ।
तद्धावतोन्यानत्येति तिष्ठत्तस्मिन्नपो मातरिश्चा दधाति ।।४।।
चञ्चलताविनाको ती ईश्वर एउटै छन्, ती ईश्वर मनभन्दा पनि बढी बेगवान् छन् । त्यस्तो स्फुर्तिवान् ईश्वर पहिलेदेखि नै छन् तर उसलाई देवता वा इन्द्रियसमूह भएका कसैले पनि प्राप्त गर्न सक्दैनन् । ती ईश्वर स्थिर रहँदा रहँदै पनि आफ्ना गतिले अन्य गतिशीलहरूभन्दा अगाडि पुग्दछ । उसैका अनुशासनभित्र रहेर नै गतिशील वायुले जललाई धारण गरेको हुन्छ


तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके ।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यः ।।५।।
त्यही परमात्मारूप गतिशील पनि छ र स्थिर पनि छ  । त्यो टाढा पनि छ र नजिकमा पनि छ । त्यसले यस संसारका सम्पूर्ण जडचेतनलाई आफूभित्र समेटेको र सबैलाई बाहिरबाट पनि ओगटेको छ । 


यस्तु सर्वाणि भूतान्यात्मेन्नेवानुपश्यति ।
सर्वभूतेषु चात्मानं ततो न वि चिकित्सति ।।६।।
व्यक्तिले सबै जडचेतन सृष्टिलाई उसै परमात्मामा आत्मतत्त्वका रूपमा स्थित रहेको अनुभव गरेपछि नै सबै प्राणीभित्र त्यो आत्मतत्त्व समाहित भएको अनुभव गर्दछ र त्स्ता अवस्थामा ऊ कुनै पनि किसिमले भ्रमित हुँदैन ।


यस्मिन्त्सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः । 
तत्र को मोहः कः शोकऽ एकत्वमनुपश्यतः ।।७।।
व्यक्तिले यो आत्मतत्त्व समस्त प्राणीका रूपमा प्रकट भएको छ भन्ने कुरो जानिसकेका स्थितिमा त्यसको एकत्व अनुभूति गर्ने स्थितिमा पुग्दछ र मोह अथवा शोकबाट मुक्त हुन्छ ।

स पर्यगाच्छुक्रमकायव्रणमस्नाविरथ्ं९ शुद्धमपापविद्धम् ।
कविर्मनीषी परिभूः स्वयम्भूर्याथातथ्यतोर्थान् व्यदधाच्छाश्चतीभ्यः समाभ्यः ।।८।।
त्यस्तो परमात्मा सर्वव्यापि छ, तेजस्वी छ, दोषरहित छ, स्नायु वा शरीररहित र छिद्र वा दागरहित छ । त्यो शुद्ध र निष्पाप छ । त्यो क्रान्तदर्शी कवि हो, मनीषी हो, सर्वजयी र स्वयं उत्पन्न हुने खालको छ । उसैले अनादि कालदेखि नै सबैका लागि यथायोग्य साधन र अर्थको व्यवस्था बनाएको छ । 


अन्धं तमः प्र विशन्ति येसंभूतिमुपासते ।
ततो भूयऽ इव ते तमो यऽ उ सम्भूत्याथ्ं९ रताः ।।९।।
जुन मानिस असंभूतिजस्ता विखण्डन र विनाशको उपासना गर्दछन्, त्यस्ता खालका प्रवृत्तिमा रमाउनेहरू घोर अज्ञानरूपी अन्धकारमा छोपिन्छन् । जसले केवल सम्भूतिरूपी संगठित सिर्जनशीलताको मात्रै उपासना गर्दछन् उनीहरू पनि सबै किसिमका अन्धकारमै छोपिन्छन् ।


अन्य देवाहुः सम्भवादन्यदाहुरसम्भवात् । 
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१०।।
जुन दिव्य मानिसले हाम्रा लागि यस्तो विषयमा विशेष रूपले बताएका छन्, हामीले उनै धीर मानिषबाट सम्भूतियोगको प्रभाव भिन्न कुरो हो असम्भट्ठति योगको प्रभाव त्यसभन्दा भिन्न हुन्छ भन्ने सुनेका छौ ।

सम्भूतिं च विनाशं च यस्तद्वेदोभयथ्ं९ सह । 
विनाशेन मृत्युं तीर्त्वा सम्भूत्यामृतमश्नुते ।।११।।   
त्यसै कारणले सम्भूति भनेको समयअनुसारको नयाँ सिर्जना हो र विनाश भनेको अवाञ्छनीय कुराको विनाश गर्ने हो । यी दुई वटा कला हुन् र यिनीहरू एकै साथमा रहेका हुन्छन् भन्ने कुरो जान्नु पर्दछ । विनाशको कलाबाट मृत्यूलाई पार गरेर सम्भूतिका कलाले अमरता प्राप्त गर्न सकिन्छ ।


अन्धं तमः प्र विशन्ति येविद्यामुपासते । 
ततो भूयऽ इव ते तमो यऽ उ विद्यायाथ्ं९ रताः।।१२।।
जसले अविद्याको उपासना गर्दछन् । उनिहरू गहिरो अन्धकारमा डुब्दछन् र जसले विद्याको उपासना गर्दछन्,उनीहरू पनि उसै किसिमले अज्ञानरूपी अन्धकारमै डुबेका हुन्छन् ।


अन्यदेवाहुर्विद्यायाऽ अन्यदाहुरविद्यायाः ।
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१३।।
जुन दिव्य मानिसले हाम्रै लागि विशेषरूपले यो कुरा भनेका छन् ।विद्या र अविद्याको प्रभाव केही रूपमा भिन्न भिन्न किसिमका हुन्छन् भनेर हामीले उनै दिव्य पुरुषबाट सुनेका छौ ।


विद्यां चाविद्यां च यस्तद्वेदोभयथ्ं९ सह ।
अविद्या मृत्युं तीर्त्वा विद्ययामृतमश्नुते ।।१४।।
त्यसै कारणले यस्ता विद्या र अविद्या दुवैको ज्ञानलाई एकै साथ प्राप्त गरौं ।अविद्याको प्रभावले मृत्युलाई पार गरेर विद्याद्वारा अमृततत्त्वलाई प्राप्त गर्न सकिन्छ ।

वायुरनिलममृतमथेदं भस्मान्तथ्ं९ शरिरम् ।
ओ३म् क्रतो स्मर ।
क्लिबे स्मर । 
कृतथ्ं९ स्मर ।।१५।।
यस जीवनको अस्तित्व पृथ्वी जल तेज वायु र आकाश आदि पञ्महाभूतका संयोगले बनेको छ । शरीर त आखिरमा भस्म हुने नै हो । त्यसैले हे संकल्पकर्ता हो । तिमीहरू पनि परमात्मालाई उपासना गर । आ आफ्ना सामर्थ्यले स्मरण गरेर जुनजुन कर्म गरिसकेका छौ तिनलाई स्मरण गर ।
  
अग्ने नय सुपथा राये अस्मान्विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठां ते नमऽ उत्तिं विधेम ।।१६।।
दिव्यगुणले युक्त हे अग्निदेव । सबै मार्ग जानेका हुनाले हामी याजकहरूलाई यज्ञको फल प्राप्त गराउनका लागि तिमी नै सन्मार्गतिर लैजाउ । हामीलाई कुटिल आचरण भएका शत्रु र पापबाट मुक्त राख । तिम्रा लागि स्तोत्र र नमस्कारको व्यवस्था  गर्दछौ ।


हिरण्मयेन पात्रेण सत्यस्यापिहितं मुखम् ।
योसावादित्ये पुरुषः सोसावहम् ।।१७।।
सुनको चम्किलो पात्रजस्तै भएर सत्यको मुखरूपी स्वरूप सधै छोपिएको हुन्छ । त्यस आवरणलाई हटाएपछि त्यो आदित्यका रूपमा रहेको पुरुष मै हुँ भनेर थाहा पाइन्छ ।


ॐ खं ब्रह्म ।।१८।।
     ॐ अक्षर आकाशभरि ब्रह्मका रूपमा सर्वत्र व्याप्त भएर रहेको छ ।
।।इति चत्वारिंशोऽध्याय।।

स्रोतः यजुर्वेद, विद्यार्थी पुस्तक भण्डार











6 | |

6 | |