सातौ अध्यायःज्ञानविज्ञानयोग



  • सातौं अध्यायःज्ञानविज्ञानयोग

    ।। अथ सप्तमोऽध्यायः।।
    श्री भगवानुवाच
    मय्यासक्तमनाः पार्थ योगं युंजन्मदाश्रयः ।
    असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु ।।1।।

    श्री भगवान् ले भन्नुभयोः  हे पार्थ ! ममा अनन्य प्रेमले आसक्त भएका मनवाला र अनन्य भावले मेरो परायण भएरयोगमा लागेका मलाई संपूर्ण विभूतिबल ऐश्वर्यादि गुणयुक्त सबैको आत्मरूप जसरी संशयरहित जान्दछ त्यो  सुन । (1)

ज्ञानं तेऽहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः ।
यज्ज्ञात्वा नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते ।।2।।
म तिम्रो लागि यो विज्ञान सहित तत्त्वज्ञानलाई संपूर्ण भन्छु जसलाई जानेर संसारमा फेरि केही पनि जान्ने योग्य बाँकी रहदैन । (2)

मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये ।
यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्त्वतः ।।3।।

हजारौ मनुष्यहरूमा कोही एक मलाई पाउनको निम्ति यत्न प्रयास गर्दछ र ती यत्न गर्ने योगीहरूमा पनि कोही एक पुरुष मेरो परायण भयो मलाई तत्त्वले जान्दछ । (3)

भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ।।4।।
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।।5।।

पृथ्वी, जल, तेज, वायु तथा आकाश र मन, बुद्धि एवं अहंकार... यस्तो छन् आठ प्रकारले विभक्त भएको मेरो प्रकृति । यी (आठ प्रकारले भेद भएका) अपरा हुन् अर्थात मेरो जड़ प्रकृति हो । हे महाबाहो ! यसरी दोस्रो मेरो जीवरूपा परा अर्थात चेतन प्रकृति जान्नु जसमा यो संपूर्ण जगत धारण छ । (4,5)


एतद्योनीनि भूतानि सर्वाणीत्युपधारय ।
अहं कृत्स्नस्य जगतः प्रभवः प्रलयस्तथा ।।6।।
मत्तः परतरं नान्यत्किंचिदस्ति धनंजय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ।।7।।

हे अर्जुन ! तिमीले यस्तो सम्झनु कि संपूर्ण भूत यी दुई प्रकृति(परा-अपरा) ले उत्पन्न हुने छ र म संपूर्ण जगत को उत्पत्ति तथा प्रलयरूप हूँ अर्थात् संपूर्ण जगतको मूल कारण हूँ । हे धनंजय ! म भन्दा भिन्न दोस्रो कुनै पनि परम कारण छैन । यी सम्पूर्ण सूत्रमा मणीहरूको सदृश ममा गुँथिएकोछ । (6,7)

रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु ।।8।।
पुण्यो गन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ ।
जीवनं सर्वेभूतेषु तपश्चास्मि तपस्विषु ।।9।।
हे अर्जुन ! जलमा म रस हूँ । चंद्रमा र सूर्यमा म प्रकाश हूँ । संपूर्ण वेदमा प्रणव(ॐ) म हूँ । आकाशमा शब्द र पुरुषमा पुरुषत्व हूँ । पृथ्वीमा पवित्र गंध र अग्निमा तेज हूँ । संपूर्ण भूतमा म जीवन हूँ अर्थात् जसद्वारा बाच्छन् त्यो तत्त्व हूँ तथा तपस्विमा तप हूँ । (8,9)

बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् ।।10।।

हे अर्जुन ! तिमी संपूर्ण भूतको सनातन बीज यानि कारण मलाई नै जान । म बुद्धिमानको बुद्धि र तेजस्विको तेज हूँ । (10)

बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ ।।11।।

हे भरत श्रेष्ठ ! आसक्ति र कामनाहरू रहित बलवानको बल अर्थात् सामर्थ्य म हूँ र सबै भूतमा धर्मको अनुकूल अर्थात् शास्त्रको अनुकूल काम म हूँ । (11)

ये चैव सात्त्विका भावा राजसास्तामसाश्च ये ।
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि ।।12।।

जुन पनि सत्त्वगुणबाट उत्पन्न हुने भाव छन् र जुन रजोगुणबाट तथा तमोगुणबाट उत्पन्न हुने भाव छन्, ती सबै म बाटै हुने वाला छन् तिमी यसरी यस्तो जान । परन्तु वास्तवमा तिनीहरूमा म र म मा तिनीहरू छैनन् । (12)

त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् ।।13।।

गुणहरूको कार्यरूप (सात्त्विक, राजसिक र तामसिक) यिनै तीन प्रकारका भावहरूवाट सारा संसार मोहित भइरहेछ यसैले यी तीन गुणहरूवाट अलग म अविनाशीलाई कोही तत्त्वले जान्दैन । (13)

दैवी ह्येषा गुणमयी मम माया दुरत्यया।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते।।14।।
यो अलौकिक अर्थात् अति अदभुत त्रिगुणमयी मेरो माया धेरै दुस्तर छ परन्तु जुन पुरुष केवल मलाई नै निरंतर भज्दछन् तिनीहरू यी मायालाई उल्लंघन गर्दछन् अर्थात् संसारबाट पार भै जान्छन् । (14)

न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञानां आसुरं भावमाश्रिताः ।।15।।

मायाद्वारा हारेका ज्ञानवान् र आसुरी स्वभावलाई धारण गरेका तथा मनुष्यहरूमा नीच र दूषित कर्म गर्नेवाला मूढ़ मान्छे मलाई भज्दैनन् । (15)


चतुर्विधा भजन्ते मां जनाः सुकृतिनोऽर्जुन ।
आर्तो जिज्ञासुरर्थाथीं ज्ञानी च भरतर्षभ ।।16।।

हे भरतवंशमा श्रेष्ठ अर्जुन ! उत्तम कर्म भएका अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी – यी चार प्रकारका भक्तजन मेरो भजन गाउछन्, गर्छन । (16)

तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्विशिष्यते ।
प्रियो हि ज्ञानिनोऽत्यर्थमहं स च मम प्रियः ।।17।।

तिनीहरूमा पनि नित्य ममा एकाभावले स्थित भएका, अनन्य प्रेम-भक्तिवाला ज्ञानी भक्त अति उत्तम छन् किनभने मलाई तत्त्वले जान्न बुझ्ने ज्ञानीलाई म अत्यन्त प्रिय छु र ती ज्ञानी मलाई अत्यंत प्रिय छन् । (17)

उदाराः सर्व एवैते ज्ञानी त्वातमैव मे मतम् ।
आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ।।18।।

यो सबै उदारण हो अर्थात् श्रद्धासहित मेरो भजनको लागि समय लगाउने पनि उत्तम छन् परन्तु ज्ञानी त साक्षात् मेरो स्वरूप नै हो यस्तो मेरा मत छ । किनभने ती मदगत मन-बुद्धिवाला ज्ञानी भक्त अति उत्तम गतिस्वरूप ममा नै राम्रो प्रकारले स्थित छन् । (18)

बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते ।
वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः ।।19।।

धेरै जन्म पछि अन्तको जन्ममा तत्त्वज्ञानमा प्राप्त भएको ज्ञानी "सबै वासुदेव एक नै हुन्" - जो यसप्रकार मलाई भज्दछ, त्यस्ता महात्मा अति दुर्लभ छन् । (19)

कामैस्तैस्तैर्हृतज्ञानाः प्रपद्यन्तेऽन्यदेवताः ।
तं तं नियममास्थाय प्रकृत्या नियताः स्वया ।।20।।

ती ती भोगको कामना द्वारा जसको ज्ञान हरण भै सकेको छ तिनिहरू आफ्नू स्वभावले प्रेरित भएर त्यो त्यो नियम धारण गरेर अन्य देवताहरूलाई भज्दछन् अर्थात् पूजा आजा गर्छन् । (20)

यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।
तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ।।21।।

जो-जो सकाम भक्त जुन-जुन देवताको स्वरूपलाई श्रद्धाले पूज्न चाहन्छ, ती-ती भक्तको श्रद्धालाई म त्यही देवता प्रति स्थिर गर्दछु । (21)

स तया श्रद्धया युक्तस्तस्याराधनमीहते ।
लभते च ततः कामान्मयैव विहितान्हि तान् ।।22।।

त्यो पुरुष त्यही श्रद्धाले युक्त भएर तिनै देवताको पूजा गर्छ र ती देवताबाट म द्वारा नै विधान गरिएका ती इच्छित भोगहरू निःसन्देह प्राप्त गर्दछ। (22)


अन्तवत्तु फलं तेषां तद्भवत्यल्पमेधसाम् ।
देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि ।।23।।

परन्तु ती अल्प बुद्धि भएकाको ती फल नाशवान छन् तथा ती देवताहरूलाई पूजने वाला देवतामै प्राप्त हुन्छन् र मेरा भक्त चाहे जसरी नै भजुन, अंतमा मलाई नै प्राप्त हुन्छन् । (23)

अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धयः ।
परं भावमजानन्तो ममाव्ययमनुत्तमम् ।।24।।

बुद्धिहीन पुरुष मेरो अनुत्तम, अविनाशी, परम भावलाई नजानेर, मन-इन्द्रिय भन्दा अलग म सच्चिदानंदघन परमात्मालाई मनुष्य नै जानेर व्यक्तिको भावमा प्राप्त भएको मान्दछन् । (24)


नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः |
मूढोऽयं नाभिजानाति लोको मामजमव्ययम् ।।25।।

आफ्नू योगमायाले लुकेको म सबैमा प्रत्यक्ष हुँदिन यसकारण यी अज्ञानी जन समुदाय म जन्मरहित, अविनाशी परमात्मालाई तत्त्वले जान्दैनन् अर्थात् मलाई जन्मने-मरनेवाला सम्झन्छन् । (25)

वेदाहं समतीतानि वर्तमानानि चार्जुन |
भविष्याणि च भूतानि मां तु वेद न कश्चन ||26||

हे अर्जुन! पूर्वमा व्यतीत भएको र वर्तमानमा स्थित तथा भविष्यमा हुनेवाला सबै भूतलाई म जान्दछु, परन्तु मलाई कोही पनि श्रद्धा-भक्तिरहित पुरुष जान्दैन् | (26)

इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत ।
सर्वभूतानि संमोहं सर्गे यान्ति परंतप ।।27।।

हे भरतवंश अर्जुन ! संसारमा इच्छा र द्वेषबाट उत्पन्न भएका सुख-दुःखादि द्वन्द्वरूप मोहबाट संपूर्ण प्राणी अति अज्ञानतामा प्राप्त भैरहेका छन् । (27)


येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम् ।
ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढव्रताः ।।28।।

(निष्काम भावले) श्रेष्ठ कर्मको आचरण गर्ने जुन पुरुषका पाप नष्ट भएको होस्, ती राग-द्वेषादिजनित द्वन्द्वरूप मोहबाट मुक्त र दृढ़ निश्चय भएका पुरुष मलाई भज्दछन् । (28)

जरामरणमोक्षाय मामाश्रित्य यतन्ति ये ।
ते ब्रह्म तद्विदुः कृत्स्नमध्यात्मं कर्म चाखिलम् ।।29।।

जो मेरो शरणागत् भएर जरा र मरणबाट मोक्ष पाउन यत्न प्रयास गर्दछन्, ती पुरुषहरू ब्रह्म तथा संपूर्ण अध्यात्म र संपूर्ण कर्मलाई जान्दछन् । (29)

साधिभूताधिदैवं मां साधियज्ञं च ये विदुः ।
प्रयाणकालेऽपि च मां ते विदुर्युक्तचेतसः ।।30।।

जो पुरुष अधिभूत र अधिदैव सहित तथा अधियज्ञ सहित (सबैको आत्मरूप) मलाई अंतकालमा पनि जान्दछन्, ती युक्त चित्त भएका पुरुष मलाई नै जान्दछन् अर्थात् ममा नै प्राप्त हुन्छन्। (30)


ॐ तत्सदिति श्रीमद् भगवदगीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे ज्ञानविज्ञानयोगे नाम सप्तमोऽध्यायः।।7।।




No comments:

Post a Comment