तेस्रो अध्याय - कर्मयोग


कर्मयोग

'कर्मयोग' नामक तृतीय अध्याय

अर्जुन उवाच
ज्यायसी चेत्कर्मणस्ते मता बुद्धिर्जनार्दन ।
तत्किं कर्मणि घोरे मां नियोजयसि केशव ।१।

हे केशव हे जनार्दन कर्मभन्दा ज्ञान श्रेष्ठ हो भन्ने यदि तपाईको सम्मत कुरा हो भने किन भयंकर कर्ममार्गमा मलाई लगाउनु हुन्छ ।



व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे ।
तदेकं वद निश्चित्य येन श्रेयोऽहमाप्नुयाम् ।।२।।

मेरो  समझ यो हो कि अस्पष्ट वाक्यबाट केसो बुद्धिलाई तपाई मोहित गर्नुहुन्छ । तपाईले निश्चय गरेर ज्ञान र कर्म यी दुइ मध्ये एउटा मलाई स्पष्ट उपदेश दिनुहोस् । जसवाट मैले श्रेयः (मोक्ष प्राप्त गर्न) सक्छु ।

श्रीभगवानुवाच
लोकेऽस्मिन्द्विधा निष्ठा पुरा प्रोक्ता मयानघ ।
ज्ञानयोगेन साङ्ख्यानां कर्मयोगेन योगिनाम् ।।३।।

हे निष्पाप अर्जुन यस मनुष्यलोकमा ज्ञान र कर्मको भेदले दुईवटा निष्ठाका बारेमा मैले अघि भनिसकेको छु । ती मध्ये ज्ञानयोगद्वारा सांख्यहरूको निष्ठा साधित हुन्छ र कर्मयोगद्वारा योगीहरूको निष्ठा साधित हुन्छ ।

न कर्मणामनारम्भान्नैष्कम्यं पुरुषोऽश्नुते ।
न च संन्यसनादेव सिद्धिं समधिगच्छति ।।४।।

यज्ञ आदि विहित शास्त्रले बताएको काम नगर्नाले नै मानिस निस्क्रिय आत्मस्वरूपमा स्थित हुन सक्छ भन्न् कुरा ठिक होइन । ज्ञान नभई केवल कर्मपरित्याग अर्थात् संन्यासद्वारा आत्मस्वरूपमा स्थिति हुदैन ।


न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः।।5।।

निःसंदेह जो सुकै मानिस कुनै पनि कालमा क्षणमात्र पनि बिना कर्म नगरी बस्तैन । किनभने सबै मनुष्य समुदाय प्रकृति जनित गुणद्वारा नै कर्म गर्नलाई बाध्य छ ।

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्।
इन्द्रियार्थान्विमूढात्मा मिथ्याचारः स उच्यते।।6।।

जो मूढबुद्धि मनुष्य सबै इन्द्रियहरूलाई हठपूर्वक बाहिरबाट रोकेर मनद्वारा ती इन्द्रियहरूको विषयमा चिन्तन गरिरहन्छ, तिनीहरूलाई नै मिथ्याचारी अर्थात् दम्भी भनिन्छ |(6)


यस्त्विन्द्रियाणी मनसा नियम्यारभतेऽर्जुन।
कर्मेन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते।।7।।


किन्तु हे  अर्जुन ! जुन पुरुष मनद्वारा इन्द्रियहरूलाई वशमा राखेर अनासक्त भएका समस्त इन्द्रियहरू द्वारा कर्मयोगको आचरण गर्दछ, त्यो नै श्रेष्ठ हो |(7)

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः।
शरीरयात्रापि च ते न प्रसिद्धयेदकर्मणः।।8।।

तिमी शास्त्रविहित कर्तव्य कर्म गर, किनभने कर्म न गर्नु भन्दा कर्म गर्नु श्रेष्ठ हो तथा कर्म न गर्दा तिम्रो शरीर निर्वाह पनि सिद्ध हुदैन |(8)

यज्ञार्थात्कर्मणोऽन्यत्र लोकोऽयं कर्मबन्धनः।
तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर।।9।।

यज्ञको लागि गरिने कर्मको अतिरिक्त अरू कर्ममा लागेका मनुष्य समुदाय कर्मद्वारा बाधिन्छन् । यसकारण हे अर्जुन ! तिमी आसक्तिरहित भएर यो यज्ञको निमित्त नै भलीभाँति कर्तव्य कर्म गर |(9)

सहयज्ञाः प्रजाः सृष्ट्वा पुरोवाच प्रजापतिः।
अनेन प्रसविष्यध्वमेष वोऽस्तिवष्टकामधुक्।।10।।

प्रजापति ब्रह्माले कल्पको आदि मा यज्ञ सहित प्रजाहरू रचेर तिनीहरूलाई भने कि तिमीहरू यो यज्ञद्वारा वृद्धिमा प्राप्त हुनु र यो यज्ञ तिमीहरूलाई इच्छित भोग प्रदान गरने वाला छ ।|(10)

देवान्भावयतानेन ते देवा भावयन्तु वः।
परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ।।11।।

तिमीहररू यो यज्ञ द्वारा देवताहरूलाई उन्नत गर्नु तथा देवताहरू तिमीहरूलाई उन्नत गर्नेछन्  |यसप्रकार निःस्वार्थभाव ले एक-अर्काको उन्नती गर्दै तिमीहरू परम कल्याणमा प्राप्त हुनेछौ ।(11)

इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविताः।
तैर्दत्तानप्रदायैभ्यो यो भुंक्ते स्तेन एव सः।।12।।

यज्ञ द्वारा बढेका देवताहरूले नमागे पनि तिमीहरूले इच्छा गरेको भोग निश्चयनै दिरहन्छन् । यसप्रकार ती देवता द्वारा दिइएको भोग जो पुरुष देवताहरूलाई नदिइ एक्लै भोग गर्छ त्यो चोर नै हो । (12)

यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः।
भुंजते ते त्वघं पापा ये पचन्त्यात्मकारणात्।।13।।

यज्ञबाट बचेको अन्न खाने वाला श्रेष्ठ पुरुष सबै पापहरूबाट मुक्त हुन्छ तथा पापी मान्छे आफ्नो शरीर-पोषण गर्नलाई नै अन्न पकाउछ, तिनीहरू पापलाई नै खान्छन् |(13)

अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसंभवः।
यज्ञाद् भवति पर्जन्यो यज्ञः कर्मसमुद् भवः।।14।।
कर्म ब्रह्मोद् भवं विद्धि ब्रह्माक्षरसमुदभवम्।
तस्मात्सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्।।15।।

सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न हुन्छन्, अन्नको उत्पत्ति वृष्टिबाट हुन्छ, वृष्टि यज्ञबाट हुन्छ तथा यज्ञ विहित कर्महरूबाट उत्पन्न हुन्छ | कर्मसमुदाय तिमी वेदबाट उत्पन्न तथा वेदलाई अविनाशी परमात्माबाट उत्पन्न भएको जान्नु | योबाट सिद्ध हुन्छ कि सर्वव्यापी परम अक्षर परमात्मा सदा नै यज्ञ मा प्रतिष्ठित हुन्छन् |

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह यः।
अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति।।16।।

हे पार्थ ! जो पुरुष यो लोकमा यस प्रकार परम्पराले प्रचलित सृष्टिचक्रको अनुकूल हुदैन अर्थात् अफ्नो कर्तव्यको पालना गर्दैन, त्यस्ता इन्द्रियहरूद्वारा भोगहरूमा रमण गरने वाला पापायु पुरुष व्यर्थ नै जिएको हुन्छ |(16)

यस्त्वात्मरतिरेव स्यादात्मतृप्तश्च मानवः।
आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते।।17।।

परन्तु जो मनुष्य आत्मा मा नै रमण गरने वाला तथा आत्मा मा नै तृप्त तथा आत्मा मा नै सन्तुष्ट छ, उसको लागि कुनै कर्तव्य हुदैन |(17)

नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्चन।
न चास्य सर्वभूतेषु कश्चिदर्थव्यपाश्रयः।।18।।

त्यस्ता महापुरुषले यो विश्वमा न कुनै कर्म गरेर कुनै प्रयोजन हुन्छ तथा कर्म नगरेर नै कुनै प्रयोजन हुन्छ तथा सम्पूर्ण प्राणिहरूमा पनि यसको किंचिन्मात्र स्वार्थ को कुनै सम्बन्ध रहदैन |(18)

तस्मादसक्तः सततं कार्यं कर्म समाचर।
असक्तो ह्याचरन्कर्म परमाप्नोति पूरुषः।।19।।

यसैले तिमी निरन्तर आसक्ति रहित भएर सदा कर्तव्यकर्म भली भाँति गरि राख किनभने आसक्तिरहित भएर कर्म गरिरहेको मनुष्य परमात्मामा प्राप्त भइ जान्छ  |(19)

कर्मणैव हि संसिद्धिमास्थिता जनकादयः।
लोकसंग्रहमेवापि सम्पश्यन्कर्तुमर्हसि।।20।।

जनकादि ज्ञानीजन पनि आसक्तिरहित कर्मद्वारा नै परम सिद्धिमा प्राप्त भए थे | यसकारण तथा लोकसंग्रहलाई देखेर पनि तिमी कर्म गर्नको लागि योग्य छौ अर्थात् तिमीले कर्म गर्नु नै उचित हो |(20)

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते।।21।।

श्रेष्ठ पुरुष जुन जुन आचरण गर्दछ, अन्य पुरुष पनि त्यस्तै आचरण गर्दछन् । उस्ले जे प्रमाणित गर्छ, समस्त मनुष्य-समुदाय उसको अनुसार नै व्यवहार गर्न थाल्दछन्  |(21)

न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किंचन।
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि।।22।।

हे अर्जुन ! मलाई यो तीन लोकमा न कुनै कर्तव्य छ न कुनै केही प्राप्त गर्न योग्य वस्तु अप्राप्त छ, तर पनि म कर्म गरि नै रहेको छु |(22)

यदि ह्यहं न वर्तेयं जातु कर्मण्यन्द्रितः।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।।23।।

किनभने हे पार्थ ! यदि कदाचित्  सावधान भएर मैले कर्म नगर्ने हो भने ठूलो हानि हुन्छ, किनभने मनुष्य सबै दृष्टिले मेरो नै मार्ग अनुसरण गर्दछन्  |(23)

उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम्।
संकरस्य च कर्ता स्यामुपहन्यामिमाः प्रजाः।।24।।

यसकारण यदि मैले कर्म नगर्ने हो भने यी सबै मनुष्य नष्ट-भ्रष्ट हुनेछन् तथा म विनाशक हुनेछु साथै यी समस्त प्रजा नष्ट गरने वाला हुनेछु  |(24)

सक्ताः कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत।
कुर्याद्विद्वांस्तथासक्तश्चिकीर्षुर्लोकसंग्रहम्।।25।।

हे भारत ! कर्ममा आसक्त भएका अज्ञानीजन जसरी कर्म गर्छन, आसक्तिरहित विद्वान पनि लोकसंग्रह गर्न चाहेर त्यस्तै प्रकारको कर्म गरुन् |(25)

न बुद्धिभेदं जनयेदज्ञानां कर्मसङ्गिनाम्।
जोषयेत्सर्वकर्माणि विद्वान्युक्तः समाचरन्।।26।।


परमात्माको स्वरूपमा अटल स्थित भएका ज्ञानी पुरुषले शास्त्रविहित कर्ममा आसत्ति राख्नेवाला अज्ञानीको बुद्धिमा भ्रम अर्थात् कर्ममा अश्रद्धा उत्पन्न गर्नु हुदैन किन्तु स्वयं शास्त्रविहित सम्पूर्ण कर्म भलीभाँती गर्दै अरूबाट पनि यस्तै गराओस् ।

प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः।
अहंकारविमूढात्मा कर्ताहमिति मन्यते।।27।।

वास्तवमा सम्पूर्ण कर्म सबै प्रकारले प्रकृतिको गुणहरू द्वारा हुने गर्छ र पनि जस्को अन्तःकरण अहंकारले मोहित भैरहेको हुन्छ यस्तो अज्ञानी 'म नै कर्ता हूँ' भन्ने ठान्दछ ।(27)

तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयोः।
गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते।।28।।

परन्तु हे महाबाहो ! गुणविभाग और कर्मविभागका तत्त्वहरू जानेका ज्ञानयोगी सम्पूर्ण प्राकृतिक गुण-नै-गुणले प्रकाशित हुन्छन्, यस्तो बुझेर तिनीहरू आसक्त हुदैनन्  |(28)

प्रकृतेर्गुणसम्मूढाः सज्जन्ते गुणकर्मसु।
तानकृत्स्न्नविदो मन्दान्कृत्स्न्नविन्न विचालयेत्।।29।।

प्रकृतिको गुणहरूमा अत्यन्त मोहित भएका मनुष्य गुणहरूमा र कर्ममा आसक्त हुन्छन्, त्यस्ता पूर्णतया नबुझ्ने मन्दबुद्धि अज्ञानिहरूलाई पूर्णतया बुझ्नेवाला ज्ञानीहरू विचलित नगरुन |(29)

मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा।
निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः।।30।।

म अन्तर्यामी परमात्मामा लागेको चित्त द्वारा सम्पूर्ण कर्महरू ममा अर्पण गरेर आशारहित, ममतारहित तथा सन्तापरहित भएर युद्ध गर |(30)

ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः।
श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः।।31।।

जो कोई मनुष्य दोषदृष्टि रहित र श्रद्धायुक्त भएर मेरो यो मतको सधै अनुसरण गर्दछन्, तिनीहरू सम्पूर्ण कर्म बन्धनबाट छुट्छन्  |(31)

ये त्वेतदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम्।
सर्वज्ञाननिमूढांस्तान्विद्धि नष्टानचेतसः।।32।।

परन्तु जो मनुष्य मलाई दोषारोपण गर्दै मेरो यो मत अनुसार हिड्दैनन, ती मूर्खहरूलाई तिमी सम्पूर्ण ज्ञानहरूमा में मोहित र नष्ट भएका सम्झनु  |(32)

सदृशं चेष्टते स्वस्याः प्रकृतेर्ज्ञानवानपि।
प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति।।33।।

सबै प्राणी प्रकृतिमा प्राप्त हुन्छन् अर्थात् आफ्नु स्वभाव अनुसारको कर्म गर्छन्  | ज्ञानवान पनि आफ्नो प्रकृतिको अनुसार चेष्टा गर्दछन् | फेरि यसमा कसैको हठले के गर्दछ |(33)

इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ।
तयोर्न वशमागच्छेतौ ह्यस्य परिपन्थिनौ।।34।।

इन्द्रिय-इन्द्रियको अर्थमा अर्थात् प्रत्येक इन्द्रियको विषयमा राग तथा द्वेष लुकेर स्थित छ |मनुष्य  ती दुवैको वशमा हुनु हुदैन किनभने ती दुवै नै यसको कल्याण मार्गमा विघ्न बाधा गरने वाला महान शत्रु हुन् |(34)
श्रेयान्स्वधर्मो विगुण परधर्मात्स्वनुष्ठितात्।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः।।35।।
राम्ररी आचरण व्यवहारमा लागेको अरूको वा अर्को धर्म भन्दा गुणरहित भए पनि आफ्नो धर्म अति उत्तम हुन्छ  | आफ्नो धर्ममा मर्नु पनि कल्याणकारक हुन्छ र अरुको वा अर्को धर्म भय डर सन्त्रास दिने वाला हुन्छ  |(35)
अर्जुन उवाच
अथ केन प्रयुक्तोऽयं पापं चरति पुरुषः।
अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजितः।।36।।
अर्जुन बोल्छन्ः हे कृष्ण ! यी मनुष्य स्वयं नचाहेर  बलात् लगाएको जसरी कहाँवाट वा कोवाट प्रेरित भएर पापको आचरण व्यवहार गर्दछन् ? (36)
श्रीभगवानुवाच
काम एष क्रोध एष रजोगुणसमुद् भवः
महाशनो महापाप्मा विद्धेयनमिह वैरिणम्।।37।।
श्री भगवान भन्नुहुन्छः रजोगुणबाट उत्पन्न भएको यो काम नै क्रोध हो, यो धेरै खन्चुवा अर्थात् भोगसँग कहिल्यै न अघाउने वाला तथा ठूलो पापी हो, यसलाई नै तिमी यो विषयमा वैरी जान  |(37)
धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च।
यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृतम्।।38।।
जसरी धुवाले अग्नि र मैलले ऐना छोपिन्छ तथा जसरी सालनालले गर्भ छोपिन्छ, त्यस्तै नै तृष्णाले ज्ञानलाई छोपिरहन्छ |(38)
आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा
कामरूपेण कौन्तेय दुष्पूरेणानलेन च।।39।।
र हे अर्जुन ! यो अग्निले समान कहिल्यै पूर्ण नहुने कामरूप नै ज्ञानिहरूको नित्य वैरी तृष्णा  द्वारा मनुष्यहरूको पनि ज्ञान ढाकेको छ ।(39) (अनुक्रम)
इन्द्रियाणि मनो बुद्धिरस्याधिष्ठानमुच्यते।
एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनम्।।40।।
इन्द्रियहरू, मन र बुद्धि – यी सबै वासस्थान भनिन्छ  | यो काम यी मन, बुद्धि र इन्द्रियहरू द्वारा नै ज्ञानलाई आच्छादित गरेर जीवात्मालाई मोहित गर्दछ |(40)
तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ।
पाप्मान प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम्।।41।।
यसकारण हे अर्जुन ! तिमी पहिले इन्द्रियहरूलाई वशमा गरेर यी ज्ञान र विज्ञानलाई नाश गरने वाला महान् पापी कामलाई अवश्य नै बलपूर्वक मार |(41)
इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्यः परं मनः।
मनसस्तु परा बुद्धिर्यो बुद्धेः परतस्तु सः।।42।।
इन्द्रियहरूलाई स्थूल शरीर भन्दा ज्यादा श्रेष्ठ, बलवान र सूक्ष्म भनिन्छ | यी इन्द्रियहरू भन्दा बलवान मन हो, मन भन्दा बुद्धि र जो बुद्धि भन्दा अत्यन्त पर वा बलवान् छ त्यो आत्मा हो |(42)
एवं बुद्धेः परं बुद् ध्वा संस्तभ्यात्मानमात्मना।
जहि शत्रुं महाबाहो कामरूपं दुरासदम्।।43।।
यसप्रकार बुद्धि भन्दा ज्यादा अर्थात् सूक्ष्म, बलवान र अत्यन्त श्रेष्ठ आत्मालाई जानेर र बुद्धि  द्वारा मनलाई वशमा गरेर हे महाबाहो ! तिमी यो कामरूप दुर्जय शत्रुलाई मार  |(43)
ॐ तत्सदिति श्रीमद् भगवद् गीतासूपनिषत्सु ब्रह्मेविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे कर्मयोगो नाम तृतीयोऽध्यायः | |3 | |
यसप्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीताको
श्रीकृष्ण-अर्जुन संवाद मा 'कर्मयोग' नामक तृतीय अध्याय संपूर्ण भयो |
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ

(अनुक्रम)



2 comments:

  1. यदृच्छालाभसन्तुष्टो द्वन्द्वातीतो विमत्सरः |
    समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते || ४.२२ ||
    जो स्वतः हुने लाभबाट संतुष्ट रहन्छन्, द्वन्द्वबाट मुक्त हुन्छन् र ईर्ष्या गर्दैनन्, जो सफलता तथा असफलता दुवै अवस्थामा स्थिर रहन्छन्, कर्म गर्दागर्दै पनि कर्मवन्धनमा कहिल्यै पर्दैनन् |

    ReplyDelete