दशौं अध्याय - 
विभूतिहरूको वर्णन

(भगवान को ऎश्वर्य पूर्ण योग-शक्ति)
श्रीभगवानुवाच
भूय एव महाबाहो श्रृणु मे परमं वचः ।
यत्तेऽहं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया ॥ (१)
श्रीभगवानले भन्नुभयो – हे अर्जुन ! फेरी पनि सुन | मैले तिमीलाई आफन्त ठानेर, 
तिम्रो कल्याणका खातिर दिव्य उपदेशको दिदैंछु |


न मे विदुः सुरगणाः प्रभवं न महर्षयः ।
अहमादिर्हि देवानां महर्षीणां च सर्वशः ॥ (२)
मेरो जन्मका विषयमा देवताहरू र महर्षिहरूले समेत जान्दैनन् किन भने ती महर्षि र 
देवताहरूका जन्मको स्रोत पनि मनै हूँ |

यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम्‌ ।
असम्मूढः स मर्त्येषु सर्वपापैः प्रमुच्यते ॥ (३)
जसले मलाई समस्त संसारको आदिस्रोत, स्वामी, अब्यय परमपिताका रूपमा बुझ्दछ, 
यस्तो मानिस मोहरहित तथा पापहरुबाट पनि मुक्त हुन्छ |

बुद्धिर्ज्ञानमसम्मोहः क्षमा सत्यं दमः शमः ।
सुखं दुःखं भवोऽभावो भयं चाभयमेव च ॥ (४)

अहिंसा समता तुष्टिस्तपो दानं यशोऽयशः ।
भवन्ति भावा भूतानां मत्त एव पृथग्विधाः ॥ (५)
संसारका जीवहरूमा विवेक, ज्ञान, र शंकाबाट  मुक्ति, क्षमा, सत्य, दम, शम, सुख, 
दु:ख, जन्म, मरण, निर्भयता, अहिंसा, समानता, सन्तोष, दान, यश र अपयशजस्ता 
फरकफरक भावना मैबाट आउँछन् |

महर्षयः सप्त पूर्वे चत्वारो मनवस्तथा ।
मद्भावा मानसा जाता येषां लोक इमाः प्रजाः ॥ (६)
महान् सप्तमहर्षिहरू र त्यस भन्दा पहिलेका चारबटा मनुहरू मेरो मनबाट उत्पन्न 
भएका हुन्, जसबाट यस पृथ्वीका समस्त प्राणीहरू र मानिसहरू उत्पन्न भए |

एतां विभूतिं योगं च मम यो वेत्ति तत्त्वतः ।
सोऽविकम्पेन योगेन युज्यते नात्र संशयः ॥ (७)
जसले मेरो यस्तो महानता र योगशक्ति सही तरिकाले बुझ्दछ, त्यो मानिस एकनासले 
योगाभ्यासमा लागि पर्छ, यो कुरामा कुनै शंका गर्नु पर्दैन |

(भक्ति-योग का फ़ल)
अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते ।
इति मत्वा भजन्ते मां बुधा भावसमन्विताः ॥ (८)
मबाट समस्त संसारको उत्पत्ति र मैबाट यसको विस्तार हुन्छ भन्ने बुझेर बुद्धिमानहरूले 
अत्यन्त भावनापूर्वक मेरो भजन गर्छन् |

मच्चित्ता मद्गतप्राणा बोधयन्तः परस्परम्‌ ।
कथयन्तश्च मां नित्यं तुष्यन्ति च रमन्ति च ॥ (९)
ती बुद्धिमानहरूले मेरै बारेमा विचार गर्छन्, मैमा तिनको जीवन लागेको हुन्छ, तिनले 
एकआपसमा मेरै कुरा गरिरहेका हुन्छन् र मेरा कथाहरूमा सदैब रमाइलो गर्ने र सन्तोष 
पाउने गर्छन् |

तेषां सततयुक्तानां भजतां प्रीतिपूर्वकम्‌ ।
ददामि बद्धियोगं तं येन मामुपयान्ति ते ॥ (१०)
निरन्तर प्रेमपूर्वक मेरो भजन गरिरहने यस्ता भक्तहरूलाई मैले बुद्धियोग दिन्छु र 
त्यसैको सहयोगबाट उसले मलाई प्राप्त गर्छ |

तेषामेवानुकम्पार्थमहमज्ञानजं तमः।
नाशयाम्यात्मभावस्थो ज्ञानदीपेन भास्वता ॥ (११)
म आफ्नो कृपाले तिनका हृदयमा बस्छु र ज्ञानयोगरूपी दियो बालेर तिनको सबै 
अज्ञानरूप अन्धकार मास्छु |

(अर्जुन द्वारा स्तुति)
अर्जुन उवाच
परं ब्रह्म परं धाम पवित्रं परमं भवान्‌ ।
पुरुषं शाश्वतं दिव्यमादिदेवमजं विभुम्‌ ॥ (१२)
अर्जुनले भने -  तपाईं परम ब्रह्म हुनुहुन्छ, परम पवित्र हुनुहुन्छ, सबैको आधार हुनुहुन्छ,
शाश्वत, दिव्य, अजन्मा, प्रथम देव र महान् हुनुहुन्छ |

आहुस्त्वामृषयः सर्वे देवर्षिर्नारदस्तथा ।
असितो देवलो व्यासः स्वयं चैव ब्रवीषि मे ॥ (१३)
देवर्षि नारद, असित, देवल, ब्यास जस्ता ऋषिहरूले तपाईं नै परमेश्वर भएको कुरा पुष्टि 
गरिरहेका छन् तपाईं आफैं पनि यही हुर भन्दै हुनुहुन्छ |

सर्वमेतदृतं मन्ये यन्मां वदसि केशव ।
न हि ते भगवन्व्यक्तिं विदुर्देवा न दानवाः ॥ (१४)
हे केशव ! तपाईंले भनेका हरेक कुरा सत्य छन् भन्ने मेरो मान्यता छ भने तपाईंको 
असली स्वरूप देवता अथवा दानवले समेत राम्ररी जान्दैनन् |

स्वयमेवात्मनात्मानं वेत्थ त्वं पुरुषोत्तम ।
भूतभावन भूतेश देवदेव जगत्पते ॥ (१५)
हे पुरूषोत्तम ! हे भूतभावन ! हे समस्त जीवहरूका अधिपति ! हे परमेश्वर ! हे संसारका 
स्वामी ! तपाईं मात्र आफ्नो असली स्वरूप चिन्नुहुन्छ |

(अर्जुन द्वारा भगवान के ऎश्वर्यों के वर्णन के लिए प्रार्थना)
वक्तुमर्हस्यशेषेण दिव्या ह्यात्मविभूतयः ।
याभिर्विभूतिभिर्लोकानिमांस्त्वं व्याप्य तिष्ठसि ॥ (१६)
कृपा गरेर तपाईंले मलाई आफ्ना असंख्य विशिष्ट स्वरूपका (विभूतिका) विषयमा 
विस्तारपूर्वक मलाई भन्नुहोस् | जसले गर्दा तपाईं सर्वत्र ब्याप्त हुनुहुन्छ |

कथं विद्यामहं योगिंस्त्वां सदा परिचिन्तयन्‌ ।
केषु केषु च भावेषु चिन्त्योऽसि भगवन्मया ॥ (१७)
हे महान् योगी श्रीकृष्ण ! मैले तपाईंलाई कसरी चिनु, कसरी तपाईंको चिन्तन गरूँ भने 
हजुरलाई कुन् भावले उपासना गरिन्छ ?


विस्तरेणात्मनो योगं विभूतिं च जनार्दन ।
भूयः कथय तृप्तिर्हि श्रृण्वतो नास्ति मेऽमृतम्‌ ॥ (१८)
हे जनार्दन ! कृपा गरेर आफ्नो सामर्थ्य र शक्तिका वारेमा विस्तारपूर्वक वताउँनु होस् | 
तपाईको मिठो बोली सुनेर मलाई जीवन भरी थकाई लाग्दैन |

(भगवान द्वारा आफ्नू ऎश्वर्यको वर्णन)
श्रीभगवानुवाच
हन्त ते कथयिष्यामि दिव्या ह्यात्मविभूतयः ।
प्राधान्यतः कुरुश्रेष्ठ नास्त्यन्तो विस्तरस्य मे ॥ (१९)
भगवानले भन्नुभयो – हे कुरुश्रेष्ठ ! सुन | मैले तिमीलाई आफ्ना केही प्रमुख तर असीम
स्वरूपहरूका वारेमा विस्तार गरेर भन्छु |


अहमात्मा गुडाकेश सर्वभूताशयस्थितः ।
अहमादिश्च मध्यं च भूतानामन्त एव च ॥ (२०)
हे गुदाकेश अर्जुन ! म समस्त जीवात्माका अन्तरात्मामा बस्ने आत्मा हूँ भने म नै 
समस्त विश्वको आरम्भ, मध्य र अन्त्य पनि हूँ |

आदित्यानामहं विष्णुर्ज्योतिषां रविरंशुमान्‌ ।
मरीचिर्मरुतामस्मि नक्षत्राणामहं शशी ॥ (२१)
म आदित्यहरूमा विष्णु, किरणवालहरूमा तेजस्वी सूर्य, बतासहरूमा मरिची र नक्षत्रहरूमा
चन्द्रमा हुँ |

वेदानां सामवेदोऽस्मि देवानामस्मि वासवः ।
इंद्रियाणां मनश्चास्मि भूतानामस्मि चेतना ॥ (२२)
म वेदहरूमा साम, देवाताहरूमा स्वर्गको राजा, इन्द्रियहरूमा मन र जीवहरूमा चेतनशक्ति
म नै हुँ |

रुद्राणां शङ्‍करश्चास्मि वित्तेशो यक्षरक्षसाम्‌ ।
वसूनां पावकश्चास्मि मेरुः शिखरिणामहम्‌ ॥ (२३)
म रुद्रहरूमा शंकर, यक्ष-राक्षसहरूमा कुवेर, वसुहरूमा अग्नी हुँ भने पहाडहरू मध्ये मेरू म
नै हुँ |

पुरोधसां च मुख्यं मां विद्धि पार्थ बृहस्पतिम्‌ ।
सेनानीनामहं स्कन्दः सरसामस्मि सागरः ॥ (२४)
हे पार्थ ! म पुरोहितहरूको प्रमुख वृहस्पति, सेनापतिहरू मध्ये कार्तिकेय र जलाशयहरूमा
सागर हुँ भनेर बुझ |

महर्षीणां भृगुरहं गिरामस्म्येकमक्षरम्‌ ।
यज्ञानां जपयज्ञोऽस्मि स्थावराणां हिमालयः ॥ (२५)
म महर्षिहरूमा भृगु, बोलीहरूमा ॐकार, यज्ञहरुमा जप र जड वस्तुहरूमा हिमालय हुँ |

अश्वत्थः सर्ववृक्षाणां देवर्षीणां च नारदः ।
गन्धर्वाणां चित्ररथः सिद्धानां कपिलो मुनिः ॥ (२६)
रूखहरुमा पिपल, देवर्षिहरूमा नारद, गन्धर्वहरूमा चित्ररथ र सिद्ध पुरुषहरूमा मलाई 
कपिल भनेर चिन |


उच्चैःश्रवसमश्वानां विद्धि माममृतोद्धवम्‌ ।
एरावतं गजेन्द्राणां नराणां च नराधिपम्‌ ॥ (२७)
म घोडाहरुमा समुन्द्र मन्थनबाट उत्पन्न उच्चैश्रवा, हात्तीहरूमा ऐरावत हुँ भने मानिसहरुमा
राजा हुँ  |  

आयुधानामहं वज्रं धेनूनामस्मि कामधुक्‌ ।
प्रजनश्चास्मि कन्दर्पः सर्पाणामस्मि वासुकिः ॥ (२८)
हतियारमा बज्र, गाईहरूमा कामधेनु, प्रजनन कर्ताहरूमा कामदेव र सर्पहरूमा वासुकी पनि
म नै हुँ |


अनन्तश्चास्मि नागानां वरुणो यादसामहम्‌ ।
पितॄणामर्यमा चास्मि यमः संयमतामहम्‌ ॥ (२९)
नागहरुमा अनन्त, जलचर्हरूमा बरुण, पितृहरुमा अर्यमा, अनुशासन कर्ताहरूमा म यमराज
हुँ |


प्रह्लादश्चास्मि दैत्यानां कालः कलयतामहम्‌ ।
मृगाणां च मृगेन्द्रोऽहं वैनतेयश्च पक्षिणाम्‌ ॥ (३०)
दैत्यहरूमा प्रह्लाद, नाशकर्ताहरूमा काल, मृगहरूमा सिंह, चराहरूमा म गरूड नामक चरा 
हुँ |

पवनः पवतामस्मि रामः शस्त्रभृतामहम्‌ ।
झषाणां मकरश्चास्मि स्रोतसामस्मि जाह्नवी ॥ (३१)
पवित्रकर्तामा बायु, शस्त्रधारीहरूमा राम, माछामा गोही र नदीहरूमा गंगा म नै हुँ |

सर्गाणामादिरन्तश्च मध्यं चैवाहमर्जुन ।
अध्यात्मविद्या विद्यानां वादः प्रवदतामहम्‌ ॥ (३२)
हे अर्जुन ! समयको आदि, मध्य र अन्त्य म नै हुँ भने विद्यााहरूमा अध्यात्म-विद्या र 
तर्कमा त्यसको सार सत्य हुँ |


अक्षराणामकारोऽस्मि द्वंद्वः सामासिकस्य च ।
अहमेवाक्षयः कालो धाताहं विश्वतोमुखः ॥ (३३)
अक्षरमा मकार, समासहरूमा द्वन्द्व-समास, समयमा शाश्वत-समय र सृष्टिकर्ताहरूमा 
ब्रह्मा म नै हुँ |


मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम्‌ ।
कीर्तिः श्रीर्वाक्च नारीणां स्मृतिर्मेधा धृतिः क्षमा ॥ (३४)
हरणकारीमा मृत्यु भने उत्पन्न हुने विषयहरूमा त्यसको नियम पनि म नै हुँ | नारीहरूमा
रहेका स्मृति, कीर्ति,  मीठो बचन,  बुद्धि,  धृति  र  क्षमाजस्ता गुण पनि म नै हुँ | 


बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम्‌ ।
मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकरः॥ (३५)
सामवेदका ऋचाहरूमा बृहत्साम, छन्दहरूमा गायत्री, महिनाहरूमा मंसीर र ऋतुमा 
कुसुमाकर वसन्त म नै हुँ |

द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम्‌ ।
जयोऽस्मि व्यवसायोऽस्मि सत्त्वं सत्त्ववतामहम्‌ ॥ (३६)
ठग-विद्यामा जुवा, तेजस्वीहरूको तेज, विजय, साहस, र बलबानहरूको बल पनि म नै हुँ |

वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः ।
मुनीनामप्यहं व्यासः कवीनामुशना कविः ॥ (३७)
वृष्णीहरूमा बासुदेव, पाण्डवहरूमा धनन्जय, मुनिहरूमा ब्यास र कविहरूमा शुक्राचार्य 
अर्थात् उशना पनि म नै हुँ भनेर बुझ |

दण्डो दमयतामस्मि नीतिरस्मि जिगीषताम्‌ ।
मौनं चैवास्मि गुह्यानां ज्ञानं ज्ञानवतामहम्‌ ॥ (३८)
दमनकारीहरूमा दण्ड, बिजयको चाहना राख्नेहरूका लागि सदाचार, रहस्यमय आचरणमा 
मौन र ज्ञानबानहरूमा म बुद्धि हुँ |

यच्चापि सर्वभूतानां बीजं तदहमर्जुन ।
न तदस्ति विना यत्स्यान्मया भूतं चराचरम्‌ ॥ (३९)
हे अर्जुन ! अझै भन्ने हो भने म समस्त प्राणीहरूको बीज-कारण हुँ र कुनै पनि प्राणी 
म बाहेक रहँन सक्दैन |

नान्तोऽस्ति मम दिव्यानां विभूतीनां परन्तप ।
एष तूद्देशतः प्रोक्तो विभूतेर्विस्तरो मया ॥ (४०)
हे परन्तप अर्जुन ! मेरा दिव्य विभूतिहरूको कुनै लेखाजोखा छैन, ती अनन्त छन् | मैले
तिमीलाई भनेका त केही उदाहरणमात्र हुन् |

यद्यद्विभूतिमत्सत्त्वं श्रीमदूर्जितमेव वा ।
तत्तदेवावगच्छ त्वं मम तेजोंऽशसम्भवम्‌ ॥ (४१)
समस्त बैभव, सुन्दरता र यो महान् सृष्टि सबै मेरो सानो शक्तिबाट उत्पन्न भएका 
हुन्, यो कुरा तिमीले बुझ |

अथवा बहुनैतेन किं ज्ञातेन तवार्जुन ।
विष्टभ्याहमिदं कृत्स्नमेकांशेन स्थितो जगत्‌ ॥ (४२)
तर हे अर्जुन ! तिमीले यी सबै विविधा-युक्त कुरा बुझेर के गर्छौं ? एक्लो मलाई 
सर्वब्यापक र समस्त सृष्टिको धारणकर्ता भएको कुरा बुझे पुग्छ |

|| यसरी श्रीमद्भगवत्-गीताको विभूतियोग नामक दशौं अध्याय सकियो ||
6 | |