।। अथ चतुर्थोऽध्यायः ।।
श्री भगवानुवाच
इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम्।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत्।।1।।
श्री भगवान् भन्नुहुन्छः मैले यो अविनाशी योग सूर्यसँग भने थिए | सूर्यले आफ्नु पुत्र वैवस्वत मनु लाई भने र मनुले आफ्नू पुत्र राजा इक्ष्वाकुलाई भने |(1)
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः।
स कालेनेह महता योगो नष्टः परंतप।।2।।
हे परंतप अर्जुन ! यसप्रकार परम्पराबाट प्राप्त यस योगलाई राजर्षिहरूले जाने, किन्तु त्यसपछि यो योग धेरै काल सम्म यो पृथ्वी लोकमा लुप्तप्राय भयो |(2)
स एवायं मया तेऽद्य योगः प्रोक्तः पुरातनः
भक्तोऽसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम्।।3।।
तिमी मेरो भक्त र प्रिय सखा हौ, यसकारण यो पुरातन योग आज मैंले तिमीलाई भनेको हुँ, किनकी यो ठूलो उत्तम रहस्य हो अर्थात् गुप्त राख्न योग्य विषय हो |(3)
अर्जुन उवाच
अपरं भवतो जन्म परं जन्म विवस्वतः।
कथमेतद्विजानीयां त्वमादौ प्रोक्तवानिति।।4।।
अर्जुन भन्दछन्ः तपाइँको जन्म ता अर्वाचीन – अहिले हालमै भएको हो र सूर्य को जन्म धेरै पुरानो हो अर्थात् कल्पको आदि मै भै सके थ्यो | तब म यो कुरालाई कसरी बुझु कि तपाइँ ले नै कल्प को आदि मै यो योग भन्नुभएको थ्यो ?(4)
श्री भगवानुवाच
बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन।
तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परंतप।।5।।
भगवान् भन्नुहुन्छः हे परंतप अर्जुन ! मेरो र तिम्रो धेरै जन्म भै सक्यो | त्यो सबैलाई तिमी जान्दैनौ किन्तु म जान्दछु |
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन्।
प्रकृतिं स्वामधिष्ठाय संभवाम्यात्ममायया।।6।।
म अजन्मा र अविनाशीस्वरूप भएर पनि समस्त प्राणिहरूको ईश्वर भएता पनि आफ्नो प्रकृतिलाई आधीनमा राखेर आफ्नो योगमायाद्वारा प्रकट हुन्छु |(6)
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।7।।
हे भारत ! जब-जब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तब-तब म आफ्नु रूपलाई रच्तछु अर्थात् साकार रूपमा मानुष्य सम्मुख सम्मुख प्रकट हुन्छु |(7)
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।8।।
साधु पुरुषहरूलाई उद्धार गर्न, पाप कर्म हरूको विनाश गर्न र धर्मलाई राम्रो तरिकाले स्थापना गर्न म युग-युगमा प्रकट हुने गर्छु |(8)
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन।।9।।
हे अर्जुन ! मेरो जन्म र कर्म दिव्य अर्थात् निर्मल र अलौकिक हो – यसप्रकार जो मनुष्य तत्त्व लाई जान्दछ, त्यो शरीरलाई त्यागेर फेरि जन्मलाई प्राप्त हुदैन, किन्तु मलाई नै प्राप्त हुन्छ |(9)
वीतरागभयक्रोधा मन्मया मामुपाश्रिताः।
बहवो ज्ञानतपसा पूता मद् भावमागताः।।10।।
जो पुरुष सारा कर्ममा र कर्म फलमा आसक्तिपन सर्वथा त्यागेर संसारको आश्रयरहित हुन्छन् र परमात्मामा नित्य तृप्त छन्, ती कर्ममा भली भाँति संलग्न भएर पनि वास्तवमा केही पनि गर्दैनन् |(20)
पहिले पनि जसको राग, भय र क्रोध सर्वथा नष्ट भए थियो र जो ममा अनन्य प्रेमपूर्वक स्थिर रहन्थे, यस्ता ममा आश्रित भएका धेरै भक्तहरू उपर्युक्त ज्ञानरूप तपले पवित्र भएर मेरो स्वरूपमा प्राप्त भै सके |(10)
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्।
मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः।।11।।
हे अर्जुन ! जो भक्त जुन प्रकारले मलाई भज्छन्, म पनि तिनीहरूलाई तेही प्रकार भज्छु, किनभने सबै मनुष्य सबै प्रकारले मेरो नै मार्गको अनुसरण गर्दछन् |(11)
कांक्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवताः।
क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा।।12।।
यस मनुष्य लोकमा कर्म फलको चाहाना राख्ने मान्छे देवताहरूको पूजा गर्ने गर्छन्, किनकी तिनिहरूलाई कर्मबाट उत्पन्न हुने सिद्धि शीघ्र नै प्राप्त हुन्छ |(12)
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागशः।
तस्य कर्तारमपि मां विद्धयकर्तारमव्ययम्।।13।।
ब्राह्मण, क्षत्रिय, वैश्य और शूद्र – यी चार वर्ण समूह, गुण र कर्मको विभागपूर्वक मद्वारा रचिएको हो | यसप्रकार यो सृष्टि – रचनादि कर्मको कर्ता भएर पनि म अविनाशी परमेश्वरलाई तिमी वास्तवमा अकर्ता नै जान |(13)
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा।
इति मां योऽभिजानाति कर्मभिर्न स बध्यते।।14।।
कर्मको फलमा मेरो स्पृहा छैन, यसैले मलाई कर्म लिप्त गर्दैनन् – यसप्रकार जो मलाई तत्त्वबाट जान्दछ, तिनीहरू पनि कर्ममा बाधिदैनन् |(14)
एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षुभिः।
कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वतरं कृतम्।।15।।
पूर्वकालमा मुमुक्षुहरू ले पनि यस प्रकार जानेर नै कर्म गरेका हुन् यसैले तिमी पनि पूर्वजद्वारा सदैव गरिरहेको कर्म नै गर |(15)
किं कर्म किमकर्मेति कवयोऽप्यत्र मोहिताः।
तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात्।।16।।
कर्म के हो ? र अकर्म के हो ? – यसप्रकार यसको निर्णय गर्नमा बुद्धिमान पुरुष पनि मोहित भइ जान्छन् | यसैले यो कर्मतत्त्व म तिमीलाई भली भाँति समझाएर भन्नेछु, जस्लाई जानेर तिमी अशुभले अर्थात् कर्मबन्धनबाट मुक्त भै जानेछौ |(16)
कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं य विकर्मणः।
अकर्मणश्च बोद्धव्यं गहना कर्मणो गतिः।।17।।
कर्मको स्वरूप पनि जान्नु पर्छ र अकर्मको स्वरूप पनि जान्न पर्छ तथा विकर्मको स्वरूप पनि जान्नु पर्छ, किनकी कर्मको गति गहन छ |(17)
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः।
स बुद्धिमान्मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत्।।18।।
जो मनुष्य कर्ममा अकर्म देख्छ र जो अकर्ममा कर्म देख्छ, ती मनुष्यमा बुद्धिमान छ र ती योगी नै समस्त कर्म गर्ने वाला हुन् |(18)
यस्य सर्वे समारम्भाः कामसंकल्पवर्जिताः।
ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः।।19।।
जसको सम्पूर्ण शास्त्र-सम्मत कर्म बिना कामना र संकल्प रहित छ तथा जसको सारा कर्म ज्ञानरूप अग्नि द्वारा भस्म भएको छ, ती महापुरुषलाई ज्ञानीजन पण्डित भन्छन् |(19)
त्यक्तवा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः।
कर्मण्यभिप्रवृत्तोऽपि नैव किंचित्करोति सः।।20।।
निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः।
शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम्।।21।।
जस्को अन्तःकरण र इन्द्रिय सहित शरीर बाचिरहेको छ र जस्ले सबै भोगको सामग्रीहरू परित्याग गरेको छ, यस्ता आशारहित पुरुष केवल शरीर-सम्बन्धी कर्म गरिराखेता पनि पापलाई प्राप्त हुदैन |(21)
यदृच्छालाभसंतुष्टो द्वन्द्वातीतो विमत्सरः।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते।।22।।
जो बिना इच्छा आफै प्राप्त भएको पदार्थमा सदा सन्तुष्ट रहन्छ, जस्मा ईर्ष्या सर्वथा अभाव भै गयो, जो हर्ष-शोक आदि द्वन्द्वमा सर्वथा अतीत भयो – यस्ता सिद्धि र असिद्धिमा सम हुने कर्मयोगी कर्म गरिराखेता पनि तिनीहरूमा बाँधिदैन |
गतसङ्गस्य मुक्तस्य ज्ञानावस्थितचेतसः।
यज्ञायाचरतः कर्म समग्रं प्रविलीयते।।23।।
जस्को आसक्ति सर्वथा नष्ट भै सके, जो देहाभिमान र ममतारहित भयो, जस्को चित्त निरन्तर परमात्माको ज्ञानमा स्थित रहन्छ – यस्ता केवल यज्ञसम्पादनको लागि कर्म गर्ने मनुष्यको सम्पूर्ण कर्म भली भाँति विलीन भैजान्छ |(23)
ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम्।
ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना।।24।।
जुन यज्ञमा अर्पण अर्थात् स्रुवा आदि पनि ब्रह्म हो र हवन गरिन योग्य द्रव्य पनि ब्रह्म हो तथा ब्रह्मरूप कर्ता द्वारा ब्रह्मरूप अग्निमा आहुति दिने रूप क्रिया पनि ब्रह्म हो – त्यस ब्रह्मकर्ममा स्थित भएको योगी द्वारा प्राप्त गरिने योग्य फल पनि ब्रह्म नै हो |
दैवमेवापरे यज्ञं योगिनः पर्युपासते।
ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्णति।।25।।
अरु योगीजन देवताहरूको पूजनरूप परब्रह्मा परमात्मारूप अग्निमा अभेददर्शनरूप यज्ञ द्वारा नै आत्मरूप यज्ञको हवन गर्ने गर्छन् |(25)
श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्णति।
शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्णति।।26।।
अन्य योगीजन श्रोत्र आदि समस्त इन्द्रियहरूको संयमरूप अग्निमा हवन गर्ने गर्छन् र अरु मान्छेहरू शब्दादि सबै विषयहरूको इन्द्रियरूप अग्निमा हवन गर्ने गर्छन |(26)
सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे।
आत्मसंयमयोगाग्नौ जुह्णति ज्ञानदीपिते।।27।।
अरु योगीजन इन्द्रियहरूको सम्पूर्ण क्रियाहरूको र प्राणका सबै क्रियाहरूको ज्ञानले प्रकाशित आत्मसंयम योगरूप अग्निमा हवन गर्ने गर्छन |(27)
द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञास्तथापरे।
स्वाध्यायज्ञानयज्ञाश्च यतयः संशितव्रताः।।28।।
धेरै पुरुष द्रव्य-सम्बन्धी यज्ञ गर्ने गर्छन्, कति त तपस्यारूप यज्ञ गर्ने गर्छन् तथा अरु कति त योगरूप यज्ञ गर्ने गर्छन, कति त अहिंसादि तीक्ष्ण व्रतयुक्त यत्नशील पुरुष स्वाध्यायरूप ज्ञानयज्ञ गर्ने गर्छन् ।(28)
अपाने जुह्णति प्राणं प्राणेऽपानं तथापरे।
प्राणापानगती रुद्ध्वा प्राणायामपरायणाः।।29।।
अपरे नियतहाराः प्राणान्प्राणेषु जुह्णति।
सर्वेऽप्येते यज्ञविदो यज्ञक्षपितकल्मषाः।।30।।
कोही योगीजन अपानवायुमा प्राणवायुलाई हवन गर्छन्, त्यस्तै कोही योगीजन प्राणवायुमा अपानवायु हवन गर्छन तथा अरु कति नियमित आहार लिएर प्राणायाम-परायण पुरुष प्राण र अपानको गति रोकेर प्राणलाई प्राणमा नै हवन गर्छन् | यी सबै साधक यज्ञद्वारा पाप नाश्ने र यज्ञलाई जान्ने वाला हुन्|(29,30)
यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातम्।
नायं लोकोऽस्त्यज्ञस्य कुतोऽन्यः कुरुसत्तम्।31।।
हे कुरुश्रेष्ठ अर्जुन ! यज्ञमा बचेको अमृतरूप अन्नको भोजन गर्ने योगीजन सनातन परब्रह्म परमात्माको हुन्छन् यज्ञ नगर्ने पुरुषका लागि त यो मनुष्यलोक पनि सुखदायक छैन, फेरि परलोक कसरी सुखदायक हुन सक्छ ?(31)
एवं बहुविधा यज्ञा वितता ब्रह्मणो मुखे।
कर्मजान्विद्धि तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे।।32।।
यसप्रकार अरु धेरै किसिमका यज्ञ वेदको वाणीमा सविस्तार भनिएको छ | ती सबै तिमी मन इन्द्रिय र शरीरका क्रिया द्वारा सम्पन्न हुन्छन् भन्ने जान | यसप्रकारका तत्त्वले जानेर तिनीहरूको अनुष्ठान द्वारा तिमी कर्मबन्धनबाट सर्वथा मुक्त हुनेछौ |(32)
श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परंतप।
सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते।।33।।
हे परंतप अर्जुन ! द्रव्यमय यज्ञको तुलनामा ज्ञानयज्ञ अत्यन्त श्रेष्ठ हो, तथा यावन्मात्र सम्पूर्ण कर्म ज्ञानमा समाप्त भै जान्छ |
तद्विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः।।34।।
त्यो ज्ञानलाई तिमी तत्त्वदर्शी ज्ञानिहरू कहाँ गएर बुझ, तिनीहरूलाई भली भाँति दण्डवत प्रणाम र सेवा गर्नाले र कपट छोड़ेर सरलतापूर्वक प्रश्न गर्दा ती परमात्म-तत्त्वलाई भली भाँति जाने बुझेका ज्ञानी महात्मा तिमीलाई तत्त्वज्ञानको उपदेश गर्नेछन् |(34)
यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव।
येन भूतान्यशेषेण द्रक्ष्यस्यात्मन्यथो मयि।।35।।
जस्लाई जाने पछि फेरि तिमी यसप्रकार मोहमा प्राप्त हुनेछैनौ तथा हे अर्जुन ! जुन ज्ञान द्वारा तिमी सम्पूर्ण भूत अतितको निःशेषभाव भन्दा पहिले आफूमा र पछि मलाई सच्चिदानन्दघन परमात्मामा देख्ने छौ |(35)
अपि चेदसि पापेभ्य सर्वेभ्यः पापकृत्तमः।
सर्वं ज्ञानप्लवेनैव वृजिनं संतरिष्यसि।।36।।
यदि तिमी अन्य सबै पापिहरू भन्दा धेरै पापी हौ भने पनि तिमी ज्ञानरूप नौका द्वारा निःसन्देह सम्पूर्ण पाप-समुद्रबाट भलीभाँति पार हुनेछौ |(36)
यथैधांसि समिद्धोऽग्निर्भस्मसात्कुरुतेऽर्जुन।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा।।37।।
किनकी हे अर्जुन ! जसरी प्रज्वलित अग्निले ईंधनलाई भस्ममय गर्छ त्यसरी नै ज्ञानरूप अग्निले सम्पूर्ण कर्मलाई भस्ममय पारि दिन्छ |(37)
न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति।।38।।
यस संसारमा ज्ञान समान पवित्र गर्न सक्ने निःसंदेह केही पनि छैन | त्यो ज्ञानलाई धेरै काल देखिको कर्मयोगद्वारा शुद्धान्तःकरण भएको मनुष्यले आफै आत्मामा पाउछ |(38)
श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः
ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति।।39।।
जितेन्द्रिय, साधनपरायण र श्रद्धावान मनुष्य ज्ञानमा प्राप्त हुन्छ तथा ज्ञानमा प्राप्त भएर ऊ बिना विलम्ब तत्काल नै भगवत्प्राप्तिरूप परम शान्तिमा प्राप्त भै जान्छ |(39)
अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति।
नायं लोकोऽस्ति न परो न सुखं संशयात्मनः।।40।।
विवेकहीन र श्रद्धारहित संशययुक्त मनुष्य परमार्थबाट अवश्य भ्रष्ट भै जान्छ | यस्ता संशययुक्त मनुष्यका लागि न यो लोक हो, न परलोक हो र न सुख नै हो |(40)
योगसंन्यस्तकर्माणं ज्ञानसंछिन्नसंशयम्।
आत्मवन्तं न कर्माणि निबध्नन्ति धनंजय।।41।।
हे धनंजय ! जसले कर्मयोगको विधिबाट समस्त कर्मलाई परमात्मामा अर्पण गरेको छ र जस्ले विवेक द्वारा समस्त संशयलाई नाश गरेको छ, यस्तो वशमा गरिएको अन्तःकरण भएका पुरुषलाई कर्मले बाँध्दैन |(41)
तस्मादज्ञानसंभूतं हृत्स्थं ज्ञानासिनात्मनः।
छित्त्वैनं संशयं योगमातिष्ठोत्तिष्ठ भारत।।42।।
यसकारण हे भरतवंशी अर्जुन ! तिमी हृदयमा स्थित यस अज्ञानजनित आफ्नो संशय शंकालाई विवेकज्ञानरूप तलवार द्वारा काटेर समत्वरूप कर्मयोगमा स्थित होउ र युद्धको लागि खडा होउ | (42)
ॐ तत्सदिति श्रीमद् भगवद् गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे ज्ञानकर्मसन्यासयोगो नाम चतुर्थोऽध्यायः | |3 | |
यसप्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीता को
श्रीकृष्ण-अर्जुन संवादमा ज्ञानकर्मसन्यासयोग नामक तृतीय अध्याय संपूर्ण भयो |
No comments:
Post a Comment