प्रथम अध्याय--अर्जुन विषादयोग

 गीताको श्लोक एवं भावार्थ : 

 गीता को प्रथम अध्याय


( दुइटै सेनाका प्रधान-प्रधान शूरवीरहरूको गणना र सामर्थ्य को कथन )
धृतराष्ट्र उवाच
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः ।
मामकाः पाण्डवाश्चैव किमकुर्वत संजय ॥

भावार्थ :  धृतराष्ट्र भन्दछन्- हे संजय! धर्मभूमि कुरुक्षेत्रमा एकत्रित, युद्धको इच्छा राख्ने मेरा र पाण्डु का पुत्रहरूले के गरे?॥१॥

संजय उवाच
दृष्टवा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा ।
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत्‌ ॥

भावार्थ :  संजय बोल्दछन्- यो समय राजा दुर्योधनले व्यूहरचनायुक्त पाण्डवको सेना हेरे र द्रोणाचार्य नजिक गएर यो वचन बोल्न थाले ॥२॥

पश्यैतां पाण्डुपुत्राणामाचार्य महतीं चमूम्‌ ।
व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता ॥३।।

भावार्थ :  हे आचार्य! तपाईका बुद्धिमान्‌ शिष्य द्रुपदपुत्र धृष्टद्युम्न द्वारा व्यूहाकार खडा भएका  पाण्डुपुत्रका यो ठूलो भारी सेनालाइ हेर्नुस  (हेर्नुहोस् आचार्य, तपाईंको ज्यादै बाठो शिष्य राजा द्रुपदको छोरो धृष्टद्युम्नले पाण्डवको सैन्यलाई व्यूहाकारमा सजाएको छ ।)॥३॥

अत्र शूरा महेष्वासा भीमार्जुनसमा युधि ।
युयुधानो विराटश्च द्रुपदश्च महारथः।।४।।

धृष्टकेतुश्चेकितानःकाशिराजस्व वीर्यवान् ।
पुरुजित्कुन्तिभोजस्च शैव्यश्च नरपुङ्गवः ।।५।।

युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् ।
सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथः ।।६।।
भावार्थ : 
  • यहा (पाण्डवको सेनामा) भीमसेन र अर्जुन बराबरका ठूला धनुर्धारी वीरहरु छन््— युयुधान, विराट, महारथी—द्रुपद, धृष्टकेतु, चेकितान, बलवान् काशीराज, (राजा) पुरुजित, कुन्तीभोज, नरश्रेष्ठ शैव्य, पराक्रमी—युधामन्यु, बलशाली—उत्तमौजा, सुभद्रापुत्र अभिमन्यु, र द्रौपदीका पांच छोरा यी सवका सब महारथी हुन् ।।३–६।।



अस्माकं तु विशिष्टा ये तान्निबोध द्विजोत्तम ।
नायका मम सैन्यस्य सञ्ज्ञार्थं तान्ब्रवीमि ते ॥७।।

भावार्थ : 
  • तर हे आचार्य, हामीहरुतर्फका पनि मुख्य मुख्य योद्धाहरुलाई हेर्नुहोस् । तपाईंको जानकारीका लागि तिनीहरुको नाम भन्दछु ।


भवान्भीष्मश्च कर्णश्च कृपश्च समितिञ्जयः ।
अश्वत्थामा विकर्णश्च सौमदत्तिस्तथैव च ॥८।।
भावार्थ :  हजुर, भीष्मपितामह, कर्ण, युद्धविजयी—कृपाचार्य, अश्वत्थामा, विकर्ण तथा भूरिश्रवा यी हाम्रो पक्षका मुख्य मुख्य योद्धाहरु हुन् ।


अन्ये च बहवः शूरा मदर्थे त्यक्तजीविताः ।
नानाशस्त्रप्रहरणाः सर्वे युद्धविशारदाः ॥९।।
भावार्थ :  यी बाहेक अरु पनि अनेक वीरहरु छन् ती सबै मेरो निम्ति ज्यान हत्केलामा राखेर युद्ध गर्दैछन् । र अनेक शस्त्रास्त्रले सुसज्जित तथा युद्धकलामा दक्ष छन् ।

अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम्‌ ।
पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम्‌ ॥
भावार्थ : भीष्मद्वारा रक्षित हाम्रो सेना अपर्याप्त छ तर भीमसेनद्वारा रक्षित उताको त्यो सेना पर्याप्त छ ।।१०।।

अयनेषु च सर्वेषु यथाभागमवस्थिताः ।
भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि ॥११।
भावार्थ :   
  • तपाईंहरु सबैले युद्धका सबै अयन (मोर्चा) हरुमा आआफ्नो भागमा रहेर सबैतिरबाट भीष्मजीको नै रक्षा गर्नुहोस् ॥११॥

( दुइटै सेनाको शंख-ध्वनि  कथन )
तस्य सञ्जनयन्हर्षं कुरुवृद्धः पितामहः ।
सिंहनादं विनद्योच्चैः शंख दध्मो प्रतापवान्‌ ॥१२।।
भावार्थ :  
  • अनि, प्रतापशाली कुरुकुल वृद्ध भीष्मजीले दुर्योधनलाई खुशी गराउन उच्चस्वरले गर्जेर शंख बजाउनु भयो ।॥१२॥

ततः शंखाश्च भेर्यश्च पणवानकगोमुखाः ।
सहसैवाभ्यहन्यन्त स शब्दस्तुमुलोऽभवत्‌ ॥
भावार्थ :  
  • भीष्मजीले यसरी शंखध्वनि गरेपछि कौरव सैन्यमा शंख, नगरा, ढोल,मृदंग, नर्सिङ्गा आदि युद्धका सबै बाजाहरु सहसा बजे जसले डरलाग्दो आवाज भयो ।।१३।।
(पाण्डवहरूद्वारा शंखनाद)
ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ।
माधवः पाण्डवश्चैव दिव्यौ शंखौ प्रदध्मतुः ॥१४।।
भावार्थ :  इसके अनन्तर सफेद घोड़ों से युक्त उत्तम रथ में बैठे हुए श्रीकृष्ण महाराज और अर्जुन ने भी अलौकिक शंख बजाए॥14॥

पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः ।
पौण्ड्रं दध्मौ महाशंख भीमकर्मा वृकोदरः ॥१५।।
भावार्थ :   श्रीकृष्ण महाराज ले पाञ्चजन्य नामक, अर्जुन ले देवदत्त नामक र भयानक कर्मवाला भीमसेन ले पौण्ड्र नामक महाशंख बजाए॥१५॥

अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।
नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ॥१६।।
भावार्थ :  कुन्तीपुत्र राजा युधिष्ठिर ले अनन्तविजय नामक र नकुल तथा सहदेव ले सुघोष र मणिपुष्पक नामक शंख बजाए॥१६॥

काश्यश्च परमेष्वासः शिखण्डी च महारथः ।
धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजितः ॥१७।।

द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।
सौभद्रश्च महाबाहुः शंखान्दध्मुः पृथक्पृथक्‌ ॥१८

भावार्थ :  
श्रेष्ठ धनुष वाला काशिराज र महारथी शिखण्डी एवं धृष्टद्युम्न तथा राजा विराट र अजेय सात्यकि, राजा द्रुपद एवं द्रौपदीका पाँच पुत्र र ठूलो भुजावाला सुभद्रा पुत्र अभिमन्यु- यी सबैले , हे राजन्‌! सबै तिरबाट अलग-अलग शंख बजाए॥17-18॥

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयत्‌ ।
नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन्‌ ॥१९।।

भावार्थ :  
  • पाण्डवहरुको शंखध्वनिले आकाश, पृथ्वी सबै गुञ्जायमान भयो । यस आवाजले धृतराष्ट्रका सन्तानहरुको हृदय विदीर्ण भयो ।।१९।।

( अर्जुन द्वारा सेना-निरीक्षणको प्रसंग )
अथ व्यवस्थितान्दृष्ट्वा धार्तराष्ट्रान्‌ कपिध्वजः ।
प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः ॥२०।।
हृषीकेशं तदा वाक्यमिदमाह महीपते ।
भावार्थः
हे राजन, दुवै सेनापट्टि रणसूचक शंखनाद भइसकेपछि कपिध्वज अर्जुनले कौरवलाई युद्धका निम्ति तयार देखे । अनि आफुले पनि युद्ध गर्न तयारी साथ हातमा धनु उचालेर श्रीकृष्णलाई यी कुरा भने— ।।२०।।

अर्जुन उवाचः
सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ॥२१।।
भावार्थ : अर्जुनले भने– हे अच्युत, युद्धका इच्छाले यहाँ आमने सामने भएका दुवै सेनाको बीचमा मेरो रथलाई लगेर अड्याउनुहोस् ।॥२१॥

यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान्‌ ।
कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ॥२२।।
भावार्थ :  र जब सम्म म युद्ध क्षेत्रमा डटेका  युद्धको अभिलाषी यी विपक्षी योद्धाहरूलाई राम्ररी नहेरू  युद्ध रूप व्यापारमा को को मैले युद्ध गर्न योग्य छन्,  (यस युद्धमा मैले कुन कुनसंग युद्ध गर्नु पर्ने रहेछ ?) तब सम्म रथ यही उभ्याइ राख्नुस॥२२॥

योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः ।
धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षवः ॥२३।।

भावार्थ : दुर्बुद्धि दुर्योधन र उसको भलो चाहनेहरु जो जो यहा“ आएका छन् । ती सबै लडाकु वीरहरुलाई मैले राम्ररी हेर्छु ।।२३।।

संजय उवाचः
एवमुक्तो हृषीकेशो गुडाकेशेन भारत ।
सेनयोरुभयोर्मध्ये स्थापयित्वा रथोत्तमम्‌ ॥२४।।
भीष्मद्रोणप्रमुखतः सर्वेषां च महीक्षिताम्‌ ।
उवाच पार्थ पश्यैतान्‌ समवेतान्‌ कुरूनिति ॥२५।।

भावार्थ :  
  • सञ्जयले भने— हे भारत, अर्जुनले यस्तो भनेपछि श्रीकृष्णले दुवै सेनाको माझमा उत्तम रथलाई अड्याएर भीष्म, द्रोण तथा सबै राजाहरुका अगाडि यस्तो भन्नु भयो— हे पार्थ, जम्मा भएका यी कौरवहरुलाई हेर ।।२४–२५।।

तत्रापश्यत्स्थितान्‌ पार्थः पितृनथ पितामहान्‌ ।
आचार्यान्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा ॥२६।।
श्वशुरान्‌ सुहृदश्चैव सेनयोरुभयोरपि ।

भावार्थ :
  • (श्रीकृष्णले यस्तो भनेपछि) अर्जुनले दुवै सेनामा उभिएका (भूरिश्रवादि) काकाहरु, (भीष्म—सोमदत्तादि) हजुरबाबाहरु, (द्रोण–कृपादि) आचार्यवर्ग, (शल्य—शकुनि आदि) मामाहरु, (दुर्याेधनादि) भाइहरु, (लक्ष्मणादि) पुत्रहरु र नातिहरु, (अश्वत्थामा—जयद्रथादि) सहपाठी साथीहरु, (द्रुपदादि) ससुुराहरु तथा (कृतवर्मा—भगदत्तादि) मित्रहरुलाई देखे । ॥26 र 27को पूर्वार्ध॥

तान्समीक्ष्य स कौन्तेयः सर्वान्‌ बन्धूनवस्थितान्‌ ॥२७।।
कृपया परयाविष्टो विषीदत्रिदमब्रवीत्‌ ।
भावार्थ :  एवं प्रकार दुवै सेनामा खडा भएका आफ्ना ती बन्धुवर्गलाई देखेर अर्जुनलाई साह्रै करुणा लाग्यो र दुःखित भएर यो कुरा भने– ॥२७को उत्तरार्ध तथा २८ को पूर्वार्ध॥
(मोह व्याप्त अर्जुनको कायरता, स्नेह र शोकयुक्त कुरा )
अर्जुन उवाच 
दृष्टेवमं स्वजनं कृष्ण युयुत्सुं समुपस्थितम्‌ ॥२८।।
सीदन्ति मम गात्राणि मुखं च परिशुष्यति ।
वेपथुश्च शरीरे में रोमहर्षश्च जायते ॥२९।।

भावार्थ :  अर्जुनले भने- हे कृष्ण! युद्ध क्षेत्रमा डटेका युद्ध अभिलाषी यी स्वजनसमुदायलाई देखेर मेरो अंग शिथिल हुदै जादैछन् र मुख सुक्दै जादैछ  तथा मेरो शरीर काम्नुका साथै रोमांचीत पनि भै रहेछ ॥२८ को उत्तरार्ध र २९॥

गाण्डीवं स्रंसते हस्तात्वक्चैव परिदह्यते ।
न च शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ॥३०।।

भावार्थ :  हाथबाट गांडीव धनुष खसिरहेछ । छाला भत्भती पोलिरहेछ । राम्ररी उभिन सकिरहेको छुइन । मन पनि अत्यन्त अस्थिर र भ्रमपूर्ण भइरहेको छ ।।३०।।

निमित्तानि च पश्यामि विपरीतानि केशव ।
न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ॥३१।।
भावार्थ :  हे केशव! म विपरीत लक्षण देखिरहेछु  तथा युद्धमा स्वजन-समुदायलाई मारेर कल्याण पनि देख्दिन ॥31॥

न काङ्‍क्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।
किं नो राज्येन गोविंद किं भोगैर्जीवितेन वा ॥३२।।
भावार्थ :  हे कृष्ण! म न  विजय चाहन्छु  तथा न राज्य तथा सुख नै चाहान्छु। हे गोविंद! हामीलाई यस्तो राज्यको के प्रयोजन छ अथवा यस्तो भोग र जीवनबाट के लाभ हुन्छ ?॥३२॥

येषामर्थे काङक्षितं नो राज्यं भोगाः सुखानि च ।
त इमेऽवस्थिता युद्धे प्राणांस्त्यक्त्वा धनानि च ॥३३।।
भावार्थ :  हामीलाई जसको निम्ति  राज्य, भोग र सुखादि अभीष्ट छ, उनीहरू नै  सबै धन र जीवन को आशा त्यागेर युद्धमा उभिएका छन् ।॥३३॥

आचार्याः पितरः पुत्रास्तथैव च पितामहाः ।
मातुलाः श्वशुराः पौत्राः श्यालाः संबंधिनस्तथा ॥३४।।

भावार्थ :आचार्य, काका, भतिजा, बाजे, मामा, ससुरा, नाती, साला तथा अरु सम्बन्धीहरु छन् । ॥३४॥

एतान्न हन्तुमिच्छामि घ्नतोऽपि मधुसूदन ।
अपि त्रैलोक्यराज्यस्य हेतोः किं नु महीकृते ॥३५।।
भावार्थ :  हे मधुसूदन! 
  • हे भगवान्, यिनीहरु मलाई मार्दछन् भने पनि मारुन्, तर म पृथ्वीको त के कुरा ? तीनलोक अर्थात् स्वर्ग, मत्र्य, र पातालको रजाई मिल्छ भने पनि मार्न चाहन्न“॥३५॥

निहत्य धार्तराष्ट्रान्न का प्रीतिः स्याज्जनार्दन ।
पापमेवाश्रयेदस्मान्‌ हत्वैतानाततायिनः ॥
भावार्थ :  हे जनार्दन! 
  • हे जनार्दन, कौरवहरुलाई मारेर हामीलाई के आनन्द होला ? यी अत्याचारीहरुलाई मारेर हामीलाई त केवल पाप मात्र लाग्ला ॥३६॥

तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान्स्वबान्धवान्‌ ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव ॥३७।।
भावार्थ :  
  • त्यस कारण, आफ्ना बन्धु धृतराष्ट्रका सन्तान मार्नु उचित छैन । किनभने हे माधव, आत्मीयजनलाई नै मारे पछि हामी कसरी सुखी हुन्छौं ?॥३७॥

यद्यप्येते न पश्यन्ति लोभोपहतचेतसः ।
कुलक्षयकृतं दोषं मित्रद्रोहे च पातकम्‌ ॥३८।।
कथं न ज्ञेयमस्माभिः पापादस्मान्निवर्तितुम्‌ ।
कुलक्षयकृतं दोषं प्रपश्यद्भिर्जनार्दन ॥३९।।

भावार्थ :  यद्यपि लोभले भ्रष्टचित्त भएका मान्छे कुलको नाशबाट उत्पन्न दोष र मित्रहरूको बिरोध गर्दाको पापहरू देख्दैनन्, तै पनि हे जनार्दन! कुलको नाशबाट उत्पन्न हुने दोष जान्ने हामी जस्ताले यो पापबाट पन्छिन किन विचार नगर्ने ?॥३८-३९॥

कुलक्षये प्रणश्यन्ति कुलधर्माः सनातनाः ।
धर्मे नष्टे कुलं कृत्स्नमधर्मोऽभिभवत्युत ॥४०।।
भावार्थ :  
कुल नाश भएपछि सनातन कुलधर्म नाश हुन्छ अर्थात् समग्र कुल अधर्मले ग्रसित हुन्छ । तथा धर्म नाश भए पछि कुलमा पापै पाप फैलिन्छ ।।४०।।

अधर्माभिभवात्कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः ।
स्त्रीषु दुष्टासु वार्ष्णेय जायते वर्णसंकरः ॥४१।।
भावार्थ :  हे कृष्ण! पाप धेरै बढे पछि  कुलका स्त्रिहरू अत्यन्त दूषित हुन्छन् र हे वार्ष्णेय! स्त्रिहरू दूषित भए पछि  वर्णसंकर सन्हतानहरू उत्पन्न हुन्छन् ॥४१॥

संकरो नरकायैव कुलघ्नानां कुलस्य च ।
पतन्ति पितरो ह्येषां लुप्तपिण्डोदकक्रियाः ॥४२।।
भावार्थ :  
  • कुलघातीको कुलमा उत्पन्न भएको वर्णसंकर केवल नरकको हेतु हुन्छ । यिनका पितृहरु श्राद्ध तर्पण क्रिया लुप्त भएर नरकमा खस्दछन् । ॥४२॥

दोषैरेतैः कुलघ्नानां वर्णसंकरकारकैः ।
उत्साद्यन्ते जातिधर्माः कुलधर्माश्च शाश्वताः ॥४३।।
भावार्थ :  वर्ण संकर बनाउने कुलघातीका यी दोषहरुले जातिधर्म र परम्परादेखि चलिआएका कुलधर्म पनि नाश हुन्छ ।॥४३॥

उत्सन्नकुलधर्माणां मनुष्याणां जनार्दन ।
नरकेऽनियतं वासो भवतीत्यनुशुश्रुम ॥४४।।
भावार्थ : 
  • हे जनार्दन, कुलधर्म नाश भएका मनुष्यहरुको धेरै कालसम्म नरकमा बास हुन्छ भन्ने कुरा (गुरु पूर्वजहरुका मुखबाट) हामीले सुनेका छौं ।॥४४॥

अहो बत महत्पापं कर्तुं व्यवसिता वयम्‌ ।
यद्राज्यसुखलोभेन हन्तुं स्वजनमुद्यताः ॥४५।।
भावार्थ :  हो! हो! शोक! हामीहरू बुद्धिमान भएर पनि महान पाप गर्न तयार भएका छौ ,  राज्य र सुख को  लोभका कारण स्वजनहरूलाई मार्न उद्यत भएका हौं॥४५॥

यदि मामप्रतीकारमशस्त्रं शस्त्रपाणयः ।
धार्तराष्ट्रा रणे हन्युस्तन्मे क्षेमतरं भवेत्‌ ॥४६।।

भावार्थ :   यदि हातमा शस्त्र लिएका कौरवहरुले प्रतिकार शून्य, निःशस्त्र मलाई युद्धमा मारे भने त्यो मार्नु मेरो निम्ति सारै असल हुनेछ॥४६॥

संजय उवाच
एवमुक्त्वार्जुनः सङ्‍ख्ये रथोपस्थ उपाविशत्‌ ।
विसृज्य सशरं चापं शोकसंविग्नमानसः ॥४७।।
भावार्थ :  
संजयले भने -  शोकले उद्विग्न मन भएका अर्जुन रणभूमिमा यस्तो भनेर, बाणसहित धनुष त्यागेर रथको पछाडिको भागमा बसे ॥४७॥
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादेऽर्जुनविषादयोगो नाम प्रथमोऽध्यायः। ॥1॥
यस्ता प्रकारले श्रीमद्भागवद्गीता रुपी उपनिषद्मा ब्रह्मविद्या अन्तर्गतको योगशास्त्रमा श्रीकृष्ण–अर्जुन संवाद अन्तर्गतको अर्जुनविषाद योग नाम गरेको पहिलो अध्याय समाप्त भयो ।




No comments:

Post a Comment