।। अथ षष्टोऽध्यायः ।।
श्रीभगवानुवाच
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः।।1।।
श्री भगवान् भन्नुभयोः जुन पुरुष कर्मफलको आश्रय नलिएर गर्न योग्य कर्म गर्दछ, ऊ संन्यासी तथा योगी हो र केवल अग्निलाई त्याग गर्ने संन्यासी हैन तथा केवल क्रियाहरू त्याग्ने योगी हैन |(1)
यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव।
न ह्यसंन्यस्तसंकल्पो योगी भवति कश्चन।।2।।
हे अर्जुन ! जस्ले संन्यास यस्तो हो भन्छ, उसैलाई तिमी योगी भनेर जान, किनकी संकल्पलाई त्याग न गर्ने कुनै पनि पुरुष योगी हुदैन |(2)
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते।।3।।
योगमा आरूढ़ हुने इच्छा भएका मननशील पुरुषका लागि योग प्राप्तिमा निष्कामभावले कर्म गर्नु नै हेतु भनिएको छ र योगारूढ़ भए पछि ऊ योगारूढ़ पुरुषको जुन सर्वसंकल्पको अभाव हुन्छ, त्यही कल्याणको हेतु भनिन्छ |(3)
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते।
सर्वसंकल्पसंन्यासी योगारूढस्तदोच्यते।।4।।
जुन कालमा न इन्द्रियको भोगमा र न कर्ममा नै आसक्त हुन्छ, त्यस कालमा सर्वसंकल्पलाई त्याग्ने पुरुष योगारूढ़ भनिन्छ |(4)
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः।।5।।
आफू द्वारा आफ्नो संसार-समुद्रबाट उद्धार गर्नु र आफूलाई अधोगति तिर नलैजाउ, किनभने यो मनुष्य, तपाइँ नै त आफ्नू मित्र हो तपाइँ नै आफ्नू शत्रु हो |(5)
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत्।।6।।
जुन जीवात्मा द्वारा मन र इन्द्रिय सहित शरीर जिएको छ, त्यो जीवात्माको आफूनै मित्र हो र जो द्वारा मन तथा इन्द्रिय सहित शरीर जिएको छैन, उस्को लागि आफू नै शत्रु जस्तो सदृश शत्रुताको व्यवहार हुन्छ |(6)
जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः।।7।।
जाडो-गर्मी र सुख-दुःख आदि तथा मान र अपमानमा जस्को अन्तःकरणको वृत्तिहरू भली भाँति शांत छ, यस्तो स्वाधीन आत्मा भएका पुरुषको ज्ञानमा सच्चिदानन्दघन परमात्मा, सम्यक् प्रकारबाट नै स्थित छ अर्थात् उस्को ज्ञानमा परमात्मा बाहेक अन्य केही पनि छदैछैन |(7)
ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रियः।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकांचनः।।8।।
जस्को अन्तःकरण ज्ञान विज्ञानले तृप्त छ, जस्को स्थिति विकार रहित छ, जस्को इन्द्रियहरू भली भाँति जिएका छन् र जस्को लागि मिट्टी, पत्थर र सुवर्ण समान छ, त्यो योगीयुक्त अर्थात् भगवत्प्राप्त छ, यस्तो भनिएको छ |(8)
सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते।।9।।
सुहृद्, मित्र, वैरी उदासीन, मध्यस्थ, द्वेष्य र बन्धुगणमा, धर्मात्मा र पापीमा पनि समान भाव राख्ने वाला अत्यन्त श्रेष्ठ छ,हो |(9)
योगी युञ्जीत सततमात्मानं रहसि स्थितः।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः।।10।।
मन र इन्द्रिय सहित शरीरलाई वशमा राख्ने, आशारहित र संग्रहरहित योगी एक्लै नै एकान्त स्थानमा स्थित भएर आत्मालाई निरन्तर परमात्मामा लगाओस |(10)
शुचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः।
नात्युच्छ्रितं नातिनीचं चैलाजनिकुशोत्तरम्।।11।।
तत्रैकाग्रं मनः कृत्वा यतचित्तेन्द्रियक्रियः।
उपविश्यासने युंज्याद्योगमात्मविशुद्धये।।12।।
शुद्ध भूमिमा, त्यस्को माथि क्रमशः कुशा, मृगछाला र वस्त्र बिछयाएको, जुन धेरै अग्लो नहोस् न धेरै तल, यस्तो आफ्नू आसनलाई स्थिर स्थापन गरेर त्यस आसनमा बसेर चित्त र इन्द्रियका क्रियाहरूलाई वशमा राखेर मनलाई एकाग्र गरेर अन्तःकरणको शुद्धिका लागि योग अभ्यास गरोस् |(11,12)
समं कायशिरोग्रीवं धारयन्नचलं स्थिरः।
संप्रेक्ष्यनासिकाग्रं स्वं दिशश्चानवलोकयन्।।13।।
प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थितः।
मनः संयम्य मच्चित्तो युक्त आसीत मत्परः।।14।।
काया, टाउको र घाटी समान एवं अचल धारण गरेर र स्थिर भएर, आफ्नू नासिकाको अग्रभागमा दृष्टि जमाएर, अन्य दिशालाई नहेरिकन ब्रह्मचारीको व्रतमा स्थित, भयरहित तथा भली भाँति शान्त अन्तःकरण भएको सावधान योगी मनलाई रोकेर ममा चित्तवाला र मेरो परायण भएर स्थित होस् |(13,14)
युंजन्नेवं सदात्मानं योगी नियतमानसः।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति।।15।।
नियन्त्रण गरिएको मनवाला योगी यसप्रकार आत्मालाई निरन्तर म परमेश्वरको स्वरूपमा टिकाइ राख्दा ममा हुने गरेको परमानन्दको पराकाष्ठारूप शान्तिमा प्राप्त हुन्छ |(15)
नात्याश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नतः।
न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन।।16।।
हे अर्जुन ! यो योग न धेरै खाना खानेलाई, न बिल्कुल नखानेलाई, न धेरै सुत्ने स्वभाव भएका र न सधै ब्यूझनेलाई नै सिद्ध हुन्छ |(16)
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु।
युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा।।17।।
दुःखलाई नाश गर्ने वाला योग ता यथायोग्य आहार-विहार गर्नेहरूका निम्ति, कर्ममा यथा योग्य चेष्टा गर्नेहरूका निम्ति र यथायोग्य सुत्ने तथा ब्यूझनेहरूका लागि नै सिद्ध हुन्छ |(17)
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते।
निःस्पृहः सर्वकामेभ्यो युक्त इत्युच्यते तदा।।18।।
अत्यन्त नियन्त्रण गरिएको चित्त जुन कालमा परमात्मामा नै भली भाँति स्थित भै जान्छ, त्यो कालमा सम्पूर्ण भोगहरूले स्पृहारहित पुरुष योगयुक्त हो, यस्तो भनिएको छ |(18)
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता।
योगिनो यतचित्तस्य युंजतो योगमात्मनः।।19।।
जसरी वायुरहित स्थानमा स्थित दीपक चलायमान हुदैन्, परमात्माको ध्यानमा लागेको योगी चित्तको लागी उपर्युक्त उपमा भनिएको छ |(19)
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति।।20।।
सुखमात्यन्तिकं यत्तद् बुद्धिग्राह्यमतीन्द्रियम्।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः।।21।।
यं लब्धवा चापरं लाभं मन्यते नाधिकं ततः।
यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते।।22।।
तं विद्याद् दुःखसंयोगवियोगं योगसंज्ञितम्।
स निश्चयेन योक्तव्यो योगोऽनिर्विण्णचेतसा।।23।।
योगको अभ्यासले निरुद्ध चित्त जुन अवस्थामा उपराम भै जान्छ र जुन अवस्थामा परमात्माको ध्यानले शुद्ध भएको सूक्ष्म बुद्धि द्वारा परमात्मालाई साक्षात् गर्दै सच्चिदानन्दघन परमात्मामा नै सन्तुष्ट रहन्छ | इन्द्रिय देखि अतीत, केवल शुद्ध भएको सूक्ष्म बुद्धि द्वारा ग्रहण गर्ने योग्य जुन अनन्त आनन्द छ, त्यस्लाई जुन अवस्थामा अनुभव गर्दछ र त्यो अवस्थामा स्थित योगी परमात्माको स्वरूपबाट विचलित हुदै हुदैन | परमात्माको प्राप्ति रूप जुन लाभ प्राप्त गरेर त्यो भन्दा अधिक दोस्रो केही पनि लाभ छ भनि मान्दैन र परमात्मप्राप्तिरूप जुन अवस्थामा स्थित योगी धेरै ठूलो दुःखले पनि चलायमान हुदैन | जुन दुःखरूप संसारको संयोगबाट रहित छ तथा जस्को नाम योग हो, त्यस्लाई बुझ्नु पर्छ | उस्ले झर्को फर्को नमानि अर्थात् धैर्य र उत्साहयुक्त चित्तले निश्चयपूर्वक योग गर्नु कर्तव्य हो |
संकल्पप्रभवान्कामांस्त्यक्तवा सर्वानशेषतः।
मनसैवेन्द्रियग्रामं विनियम्य समन्ततः।।24।।
शनैः शनैरुपरमेद् बुद्धया धृतिगृहीतया।
आत्मसंस्थं मनः कृत्वा न किंचिदपि चिन्तयेत्।।25।।
संकल्पबाट उत्पन्न हुने सम्पूर्ण कामनाहरूलाई निःशेषरूपले त्यागेर तथा मनद्वारा इन्द्रियहरूको समुदायलाई सबै तिरबाट भलीभाँति रोकेर क्रम-क्रम ले अभ्यास गर्दै उपरतिको प्राप्त होउ तथा धैर्ययुक्त बुद्धिद्वारा मनलाई परमात्मामा स्थित गरेर परमात्मा बाहेक अरु केही पनि चिन्तन नगर |(24,25)
यतो यतो निश्चरति मनश्चंचलमस्थिरम्।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत्।।26।।
यो स्थिर नहुने चञ्चल मन जुन जुन शब्दादि विषयका लागि संसारमा विचरण गर्दछ, त्यो त्यो विषयलाई रोकेर वा हटाएर यस्लाई पटक-पटक परमात्मामा नै निरुद्ध गर्नु |
प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम्।
उपैति शान्तरजसं ब्रह्मभूतमकल्मष्म।।27।।
किनकी जस्को मन उचित प्रकारले शान्त छ, जो पापबाट रहित छ र जसको रजोगुण शान्त भै सकेको छ, यस्तो यी सच्चिदानन्दघन ब्रह्म साथ एकीभाव भएका योगीलाई उत्तम आनन्द प्राप्त हुन्छ |(27)
युंजन्नेवं सदात्मानं योगी विगतकल्मषः।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते।।28।।
त्यो पापरहित योगी यसप्रकार निरन्तर आत्मालाई परमात्मामा लगाएर सुखपूर्वक परब्रह्म परमात्माको प्राप्तिरूप अनन्त आनन्दलाई अनुभव गर्दछ |(28)
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः।।29।।
सर्वव्यापी अनन्त चेतनमा एकीभावले स्थितिरूप योग युक्त आत्मावाला तथा सबैमा समभावले हेर्ने देखने योगी आत्मा सम्पूर्ण भूतमा स्थित र सम्पूर्ण भूत आत्मामा कल्पित देख्दछ |(29)
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति।
तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति।।30।।
जो पुरुष सम्पूर्ण भूतमा सबैको आत्मरूप म वासुदेवलाई नै व्यापक देख्दछ र सम्पूर्ण भूत म वासुदेवको अन्तर्गत देख्दछ, उसको लागि म अदृश्य हुँदिन र ऊ मेरो लागि अदृश्य हुदैन |(30)
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः।
सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते।।31।।
जो पुरुष एकीभावमा स्थित भएर सम्पूर्ण भूतमा आत्मरूपले स्थित म सच्चिदानन्दघन वासुदेवको भजन गर्दछ, त्यो योगी सबै प्रकारले व्यवहार गर्दै मसँग पनि व्यवहार गर्दछ |(31)
आत्मौपम्येन सर्वत्र समं पश्यति योऽर्जुन।
सुखं वा यदि वा दुःखं स योगी परमो मतः।।32।।
हे अर्जुन ! जो योगी आफू भाँति सम्पूर्ण भूतमा सम देख्दछ र सुख अथवा दुःख सबैलाई सम देख्तछ, त्यो योगी परम श्रेष्ठ मानिएको छ |(32)
अर्जुन उवाच
योऽयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन।
एतस्याहं न पश्यामि चंचलत्वात्स्थितिं स्थिराम्।।33।।
अर्जुन भन्दछन्ः हे मधुसूदन ! जुन यो योग तपाइँ समभाव भन्नुहुन्छ, मन चंचल भएका कारण म यसको नित्य स्थितिलाई देख्दिन |(33)
चंचलं हि मनः कृष्ण प्रमाथि बलवद् दृढम्।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्।।34।।
किनकी हे श्री कृष्ण ! यो मन धेरै चंचल, प्रमथन स्वभाव भएको, धेरै दृढ़ र बलवान छ | यसकारण उस्लाई वशमा गर्नु म वायुलाई रोक्नु जस्तो अत्यन्त दुष्कर मान्दछु |
श्रीभगवानुवाच
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते।।35।।
श्री भगवान् ले भन्नुभयोः हे महाबाहु ! निःसंदेह मन चंचल छ र कठिनताले मात्र बशमा हुनेवाला छ परन्तु हे कुन्तीपुत्र अर्जुन ! यो अभ्यास र वैराग्यले वशमा आउछ |(35)
असंयतात्मना योगो दुष्प्राप इति मे मतिः।
वश्यात्मना तु यतता शक्योऽवाप्तुमुपायतः।।36।।
जसको मन वशमा गरिएको छैन, यस्ता पुरुष द्वारा योग दुष्प्राप्य छ र वशमा गरिएको मन भएका प्रयत्नशील पुरुष द्वारा साधनले त्यस्लाई प्राप्त गर्न सहज छ – यो मेरो मत हो |(36)
अर्जुन उवाच
अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः।
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति।।37।।
अर्जुनले भनेः हे श्रीकृष्ण ! जुन योगमा श्रद्धा छ, किंतु संयम छैन, यसकारण जसको मन अन्तकालमा योगबाट विचलित भएको छ, यस्ता साधक योगसिद्धिको अर्थात् भगवत्साक्षात्कारमा प्राप्त नभएर कुन गतिमा प्राप्त हुन्छ ?(37)
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि।।38।।
हे महाबाहु ! के त्यो भगवत्प्राप्तिको मार्गमा मोहित र आश्रयरहित पुरुष छिन्न-भिन्न बादल जस्तै दुवै तिरबाट भ्रष्ट भएर नष्ट त हुदैनन् ?(38)
एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः।
त्वदन्यः संशयस्यास्य छेत्ता न ह्युपपद्यते।।39।।
हे श्रीकृष्ण ! मेरो यो संशयलाई सम्पूर्ण रूपले छेद गर्नका लागि तपाइँनै योग्य हुनुहुन्छ, किनकी तपाइँ सिवा अरू कोहि यो संशयलाई छेद गर्न सक्ने भेट्न संभव छैन |(39)
श्रीभगवानुवाच
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते।
न हि कल्याणकृत्कश्चिद् दुर्गतिं तात गच्छति।।40।।
भगवान् श्री ले भन्नुभयोः हे पार्थ ! त्यस्तो पुरुषको नाश न यो लोकमा हुन्छ न परलोकमा नै किनभने हे प्यारे ! आत्मोद्धारको लागि अर्थात् भगवत्प्राप्तिको लागि कर्म गर्ने कुनै पनि मनुष्य दुर्गतिमा प्राप्त हुदैन |(40)
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोऽभिजायते।।41।।
योगभ्रष्ट पुरुष पुण्यवान लोकमा अर्थात् स्वर्गादि उत्तम लोकमा प्राप्त भएर, त्यहा धेरै वर्ष सम्म निवास गरेर फेरि शुद्ध आचरण भएका श्रीमान पुरुषको घरमा जन्म लिन्छ |(41)
अथवा योगिनामेव कुले भवति धीमताम्।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम्।।42।।
अथवा वैराग्यवान पुरुष ती लोकमा नगएर ज्ञानवान योगीको कुलमा नै जन्म लिन्छन् | परन्तु यस प्रकारको जुन जन्म हो, त्यो यो संसारमा निःसंदेह अत्यन्त दुर्लभ छ |(42)
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम्।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन।।43।।
वहाँ त्यो पहिलेको शरीरमा संग्रह भएको बुद्धि-संयोग अर्थात् रामबुद्धि रूप योग संस्कार अनायास नै प्राप्त भै जान्छ र हे कुरुनन्दन ! त्यस्को प्रभावले ऊ फेरि परमात्माको प्राप्तिरूप सिद्धिको लागि पहिले भन्दा ज्यादा प्रयत्न गर्दछ |(43)
पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोऽपि सः।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते।।44।।
श्रीमानको घरमा जन्म लिने योगभ्रष्ट र पराधीन भए पनि त्यो पहिलेको अभ्यासले नै निःसंदेह भगवान् तिर आकर्षित गरिने छ तथा समबुद्धिरूप योगको जिज्ञासुले पनि वेदमा भनिएको सकाम कर्मको फललाई उल्लंघन गर्नेछ |(44)
प्रयत्नाद्यातमानस्तु योगी संशुद्धकिल्बिषः।
अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम्।।45।।
परन्तु प्रयत्नपूर्वक अभ्यास गर्ने योगी त पहिलेको अनेक जन्मको संस्कारबलले यो जन्ममा पनि संसिद्ध भएर सम्पूर्ण पापले रहित भएका छन् र तत्काल नै परम गतिमा प्राप्त भै गएका छन् |(45)
तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योऽपि मतोऽधिकः।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन।।46।।
योगी तपस्वी भन्दा श्रेष्ठ हो, शास्त्रज्ञानी भन्दा पनि श्रेष्ठ मानिन्छन् र सकाम कर्म गर्ने भन्दा योगी श्रेष्ठ हो यसैले हे अर्जुन तिमी योगी हौ |(46)
योगिनामपि सर्वेषां मद् गतेनान्तरात्मना।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः।।47।।
सम्पूर्ण योगीहरूमा पनि जो श्रद्धावान योगी ममा लागेको अन्तरात्माले मलाई निरन्तर भजन गर्छ, ऊ योगी मलाई परम श्रेष्ठ मान्य छ |(47)
ॐ तत्सदिति श्रीमद् भगवद् गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे आत्मसंयमयोगो नाम षष्ठोऽध्यायः | |6 | |
No comments:
Post a Comment