सबै बन्धु बान्धवहरू
वेद, वेदान्तसार, उपनिषद तथा श्री मद् भगवद् गीताका विषयमा मैले धेरै लेख्नु उचित हुदैन भन्ने ठाने । धर्म ग्रन्थहरू पावन र पवित्र छन् । सबैको तत्त्व कहाँ छ भने ग्रहण कसरि गर्ने ? सारपूर्वक वा निस्सारपूर्वक । सन्जालको यो विश्वमा खोज्दा नेपाली भाषामा उपर्युक्त ग्रन्थ भेट्न गाह्रो भयो । भेटिएन नै । यसकारण मेरो प्रयास सुरू भयो । नेपाली भाषामा पनि यी ग्रन्थहरू नेटमा गुग्गुलमा भेटिउन । नेपाली भाषामा यी ग्रन्थहरू कितावका रूपमा प्रकाशित धेरै छन् । तर त्यो महँगी पनि पर्छ र सर्वशुलभ पनि छैन ।
कुनै भेदभाव छैन । यो धार्मिक साहित्य जस्ले पढ्दा पनि हुन्छ अनि जस्ले पनि यो मार्गमा बेहिचक हिड्न सक्छ । यी ग्रन्थको सहयोगबाट तत्त्व बोध भयो भने त्यो मुक्त हुनेछ । मुक्तिका लागि कर्म मार्ग नै अत्युत्तम हो ।
जुन काम सुरु भयो सजिलो भने छैन । वेद १०८ उपनिषद र श्री मद्भागवत् गीताको नेपाली भावार्थ समय त लागि नै हाल्छ । सबैको सहयोग तथा सुझावको अपेक्षा राख्छु ।
-सम्पादक
No comments:
Post a Comment