बेदान्त दर्शन, बदरायण इ पु
§बेदको अन्तिम भाग । उपनिषदमा आधारित ।
§अद्वैतवाद(ब्रह्म सत्य जगत मिथ्या)
§मूल कारण ब्रह्म वा चेतन । यो निराकार, निर्गुण, निष्कर्म, सर्वव्यापि, सर्वज्ञ र शाश्वत छ यो नै स्रष्टा, सृष्टि, विवेक र आनन्द हो । जीवात्मा ब्रह्म अंश ।
§शंकराचार्यः आठौ नवौ इ, अद्वैतवादी व्याख्याः एकमात्र सत्ता अरु कुनै सत्ता छदैछैन ।
§ब्रह्म वा शुद्ध चेतनाको सत्ता वास्तविक बाँकी सबै झुट, ब्रह्म सत्य,शुद्धसत्ता, आनन्द, प्रज्ञा, ब्रह्म एक समरूप छैन, संसार सत्य लागेता पनि भ्रम हो अविद्या अज्ञानका कारण संसार वास्तविक लाग्छ । अज्ञानलाई जीत्न ज्ञान प्राप्त गर्नुपर्छ । ज्ञान परम सत्यको रूपमा चेतनाको बोध हो । ज्ञान वा ब्रह्म स्वरूपको अनुभूति भए भ्रमवाट मुक्ति तथा मोक्ष पाइन्छ । ज्ञान मार्ग नै मुक्ति मार्ग ।
§ब्रह्म नै सृष्टिको निमित्तोपादान कारण ।
१।।
जन्माद्यस्य यतः ।
अस्य - यस जगतको, जन्मादि-जन्म आदि (उत्पत्ति, स्थिति अनि प्रलय), यतः- जसबाट(हुन्छ, वहाँ ब्रह्म हो) ।
व्याख्या - यो प्रत्यक्ष उपलब्ध जडचेतनात्मक जगत छ, यसको उपादान र निमित्त कारण ब्रह्म नै हो । (ब्रह्म सूत्र १।१।२)

२ ।।
प्रकाशाश्रयवद्धा तेजस्त्वात् ।।३।२।२८।।
वा- अथवा प्रकाशाश्रयत्- प्रकाश र त्यसको आश्रयको भाँति उसको अभेद हो
तेजस्त्वात्- किनभने तेजको दृष्टिले दुइटै एउटै नैै हो ।
परमतः सेतून्मानसंबन्धभेदव्यपदेशेभ्यः।।३।२।३१।।
अतः- यो जड चेतन रूप दुइटै प्रकृतिको समुदायबाट परम् ब्रह्म अत्यन्त श्रेष्ठ छ । सेतून्मानसंबन्धभेदव्यपदेशेभ्यः - किनभने श्रुतिमा सेनु, उन्मान सम्बन्ध तथा भेदको वर्णन गरेर यो सिद्ध गरिएको हो ।
व्याख्या- सर्वशत्तिमान् परब्रह्म परमेश्वरको जुन परा (चेतन जीवसमुदाय) र अपरा (परिवर्तनशील जडवर्ग) नामक दुइ प्रकृति छन् ती उस्को आफ्नू शत्तिहरु हुन् । यसैले ऊ सँग अभिन्न छन् । (३।२।२८।) ब्रह्म यी शत्तिहरुको आश्रय हो, अत यिनीहरू भिन्न पनि छन् । परब्रह्म जीव र जडवर्ग भन्दा सर्वथा विलक्षण र उत्तम छ (।३।२।३१)

३ परब्रह्म परमेश्वरले आफ्नू उपर्युक्त दुवै प्रकृतिलाई लिएर सृष्टिकालमा जगत्को रचना गर्नु भएको हो । प्रलयकालमा प्रकृतिलाई आफूमा विलीन गराउनु हुनेछ ।
४ परब्रह्म परमुमा शब्द, स्पर्श आदि रहित, निर्विशेष, निर्गुण एवं निराकार पनि हुनुहुन्छ तथा अनन्त कल्याणमय गुणसमुदायवाट युक्त सगुण एवं साकार पनि हुनुहुन्छ । यसप्रकार एक परमात्माको यो उभयविध स्वरूप स्वाभाविक तथा परम सत्य हो, औपाधिक हैन । (३।२।११ वाट२६ सम्म)
५ जीव समुदाय परब्रह्मको परा प्रकृति समूह हो । यसैले ब्रह्मको अंश हो ।२।३।४३ । यो दृष्टिले ब्रह्म अभिन्न पनि हो । तथापि परमेश्वर जीवको कर्मफलको व्यवस्था गर्नेवाला २।४।१६ सबैको नियन्ता र स्वामी हो ।
६ जीव नित्य हुन् । यसको जन्मनु मर्नु शरीरको सम्बन्धले औपचारिक हो ।३।२।६
७ जीवको एउटा शरीरवाट अर्को शरीरमा र लोकान्तरमा जानु आउनु शरीरको सम्बन्धकै कारण हो । ब्रह्मलोकमा पनि जीव सूक्ष्म शरीर कै सम्बन्धले नै जान्छ । ४।२।९।
८ परब्रह्म परमेश्वरको परमधाममा पुगेपछि ज्ञानीको प्राकृत शरीरसँग कुनै प्रकारको सम्बन्ध रहदैन । ज्ञानी आफ्नू दिव्यस्वरूपवाट सम्पन्न हुन्छ ४।४।१।यो नै उस्को सबै प्रकारको बन्धनरहित मुक्तावस्था हो ।
९ कार्यब्रह्मको लोकमा गएका जीवलाई त्यहाको भोगहरूको उपभोग संकल्प मात्रले हुन्छ । संकल्पअनुसार प्राप्त शरीरद्वारा पनि ।४।४।८ र ४।४।१२
१० देवयान मार्गवाट जाने कोहि विद्वानहरूलाई परब्रह्मको परमधाममा गएर सायुज्य मुक्ति लाभ मिल्छ । ४।४।४। कोही चैतन्यमात्र स्वरूपले अलग्गै रहन सक्छन् ।४।४।७
११ कार्यब्रह्मको लोकमा जानेहरू त्यो लोकको स्वामीका साथ प्रलयकालको समयमा सायुज्यमुक्तिमा प्राप्त हुन्छन् ।४।३।१०।
१२ उत्तरायण मार्गवाट ब्रह्मलोकमा जानेवालाहरूको लागि रात्रिकाल वा दक्षिणकालमा मृत्यु हुनु बाधक हुदैन ।४।२।१९ र २०
१३ जीवको कर्तापन शरीर र इन्द्रियहरूको सम्बन्धले औपचारिक हुन् ।२।३।३३ देखि ४० सम्म ।
१४ जीवको कर्तापनमा परमात्मा कै कारण हो २।३।४१ ।
१५ जीवात्मा विभु हो । उसको एकदेशित्व शरीरसँगको सम्बन्धले हो । वास्तवमा छैन । २।३।२९
१६ जो ज्ञानी महापुरुषहरूको मनमा कुनै प्रकारको कामना रहदैन, जो सर्वथा निष्काम र आप्तकाम छन् । तिनीहरूलाई यहीँ लोकमा ब्रह्म प्राप्ती हुन्छ । तिनिहरूले ब्रह्म लोकमा जानु पर्दैन ।
१७ ज्ञानी महापुरुष लोकसंग्रह लोकहितका लागी सबै प्रकारले विहित कर्महरू गर्न सक्छन् ।४।१।१६ र १७ ।
१८ ब्रह्मज्ञान सबै आश्रमहरूमा हुन सक्छ । सबै आश्रमलाई ब्रह्मज्ञानको अधिकार छ । ३।४।४९
१९ ब्रह्मलोकमा जानेहरूको पुनरागमन हुदैन ४।४।२२
२० ज्ञानीको पूर्वकृत संचित पुण्य पाप नाश हुन्छ । नया कर्मसँग उसको सम्बन्ध हुदैन । ४।१।१३र१४ । उपभोगद्वारा प्रारब्धकर्म नाश हुँदा वर्तमान शरीर नष्ट हुन्छ । ज्ञानीहरू ब्रह्मलोकमा वा यहीँ परमात्मामा प्राप्त हुन्छन् ।४।१।१९
२१ ब्रह्म बिद्याको साधकहरूले यज्ञादि, आश्रम, कर्म पनि निष्कामभावले गर्नु पर्छ । ३।४।२६
२२ ब्रह्मबिद्या कर्मको अङ्ग हैनन ।३।४।२ देखि २५ सम्म
२३ परमात्मा प्राप्तिको हेतु ब्रह्मज्ञान नै हो ।३।३।४७
२४ जगत् प्रलयकालमा पनि अप्रकटरूपमा वर्तमान हुन्छ ।२।१।१६

ब्रह्मसूत्रको अनुवाद दिँदा यसो गरेको भए हुन्थ्यो किः
ReplyDelete१. संस्कृतको मूल पाठ हुबहु
२. सूत्रमा रहेका संस्कृत शव्दको अर्थ
३. सूत्रको निक्खर अर्थ (कुनै वाद, पन्थ, आदिको गन्ध नहुने गरी शव्दशः अर्थ)
४. आवश्यक भएमा व्याख्यत्मक टिप्पणिहरू, आप्त पुरुषहरू (जस्तो शंकर, आदि) का टिप्पणिहरू
यसमा अथातो ब्रह्मजिज्ञासा परेनछ, के भयो ।
ReplyDelete