सृष्टि प्रक्रिया

जेनेवा स्थित यूरोपियन ऑर्गनाइज़ेशन न्यूक्लियर रिसर्च (सर्न) द्वारा आयोजित दुनियाको सबै भन्दा ठूलो महाप्रयोगमा १०० भन्दा धेरै देशका करीब ८००० वैज्ञानिकहरूले भाग लिए । यसमा १० अरब अमेरिकी डॉलर भन्दा ज्यादा खर्च भयो जसको परिणाममा गॉड पार्टिकल (हिग्स बोसोन) को खोज गरेको दावा वैज्ञानिकहरू गरिरहेका छन् । यो खोज आधी अधूरो अपूर्णको साथ अनुमानमा आधारित छ भन्ने भनाइ पनि रहेको छ ।

वैज्ञानिकहरूका अनुसार “हिग्स बोसोन” यानि वस्तुमा भेटिने त्यो सूक्ष्म कण जसको कारण वस्तुमा भार हुन्छ । जसको कारण नै सबै वस्तुहरू आपसमा संघठित हुन्छन्, जो अरबौं वर्ष पहिले भएको एउटा महाविस्फोट पछि अस्तित्वमा आयो । जसलाई आजका वैज्ञानिकहरू हिग्स बोसोन, ईश्वरीय कण, ब्रह्म कण (God Particle) जस्ता अलग-अलग नामहरूबाट सम्बोधन गरििहेका छन् । यो खोजले कण-कणमा भगवान छन् भन्ने भनाईलाई विज्ञानले पनि प्रमाणित गरेको छ । वैज्ञानिकहरूका अनुसार हिग्स बोसोन (ब्रह्म कण)लाई जाने बुझेमा ब्रह्माण्डको उत्पत्तिको रहस्य स्पष्ट पार्न ठूलो मदद मिल्नेछ । यो थाहा पाइने छ कि ब्रह्माण्ड जहाँ हाम्रो धरती, चन्द्रमा, सूर्य तारा, आकाश गंगाहरू छन्, कसरी बन्यो? अहिले सम्म विज्ञान मान्दछ कि अरबौं साल पहिले भएको एउटा महाविस्फोट जस्लाई बिग बैंग भनिएको छ, यो विस्फोट पछि पदार्थ बन्यो र त्यसपछि हाम्रो ब्रह्माण्ड, तर यो महाप्रयोग सफल भए त्यो रहस्यलाई स्पष्ट पार्ने छ कि ऊर्जाबाट पदार्थ कसरी बन्छ ।

विज्ञानको यसतो आधा-अधूरो अप्रमाणित अनुमानित खोजबाट धेरै प्रश्न उत्पन्न हुन्छ । महाविस्फोट कहिले र कहाँ भयो ? महाविस्फोट कुन कुन पदार्थहरू बीच भयो ? महाविस्फोटमा प्रयोग भएका पदार्थहरूको उत्पत्ति कसरी र कैले भयो ? हिग्स बोसोनको कारण वस्तुमा भार हुन्छ यसको ओरिजिन कहाँबाट भयो? फेरि यो कण भन्दा अगाडि यो ऊर्जा (Sound and Light) को उत्पत्ति कहाँ बाट भयो ? फेरि यो ब्रह्माण्ड जुन विस्फोटबाट बन्यो आखिर त्यो महाविस्फोट किन भयो ? त्यसको कारणा के थियो ? महाविस्फोटमा कुन कुन पदार्थ थिए अनि पदार्थको उत्पत्ति कहिले र कसरि भयो ? ब्रह्माण्डमा पदार्थमा भेटिने ऊर्जा शक्तिको उत्पत्ति कहाँ बाट भयो ? आदि आदि ।

बिग बेंग (महाविस्फोट)को सिद्धान्त सर्वप्रथम Georges Lemaître ले 1920 मा दिए | यसको पश्चात आधुनिक वैज्ञानिक Stephen Hawking ले यो सिद्धान्तमा गहन कार्य गरे र धेरै सही व्याख्या पनि गरे जो धेरै प्रसिद्ध भयो |

यो सिद्धांतमा कसरी आज भन्दा लगभग १३.७ खरब वर्ष पूर्व एउटा अत्यंत तातो अनि घना अवस्थाबाट ब्रह्मांडको जन्म भयो । यस अनुसार ब्रह्मांडको उत्पत्ति एउटा बिन्दुबाट भयो जस्को उर्जा अनंत थियो |जस्ता धेरै प्रश्नहरूको व्याख्या गरिएको छ ।

त्यो समयमा मानव, समय अनि स्थान जस्तो कुनै वस्तु अस्तित्वमा थिएन अर्थात केही पनि थिएन ! यो विस्फोटमा अत्यधिक ऊर्जाको उत्सजर्न भयो । यो ऊर्जा यती धेरै थियो कि जसको प्रभावबाट आज सम्म ब्रह्मांड फैलिरहेको छ । सबै भौतिक मान्यता यो एउटा घटनाबाट परिभाषित हुन्छ जस्लाई महाविस्फोट सिद्धांत भनिन्छ । महाविस्फोट नामक यो महाविस्फोटको विस्फोटको मात्र १.४३ सेकेंड अंतराल पछि नै समय, अंतरिक्षको वर्तमान मान्यताहरू अस्तित्वमा आइ हाले । त्यही बेलामै भौतिकीको नियम लागू हुन सुरु भयो । १.३४वा सेकेंडमा ब्रह्मांड १०३० गुणा फैलिसकेको थियो । हाइड्रोजन, हीलियम आदि अस्तित्त्वको आरंभ सुरू भएको थियो अनि अन्य भौतिक तत्व (आकाश, वायु, अग्नि, जल, पृथ्वी ) बन्न सुरु भएको थियो |


सृष्टि कसरी भयो भन्ने सम्बन्धमा कसैले यकिनका साथ भन्न सकेको छैन । विज्ञानले पनि यकिनका साथ यसरी नै भएको हो भनेर भन्न सकेको छैन । यहि क्रममा बिज्ञानले स्टिफेन हकिन्सको बिग व्याङ्ग थ्योरी अगाडी सारेको छ । जस्लाई आज सम्मको विश्वसनिय सिद्धान्त भनेको पाइन्छ । अनुसन्धान कर्ता बैज्ञानिकहरुले God Particles भेटियो भनेर प्रचार प्रसार पनि गरिसकेका छन् । यस कार्यका निम्ति अनुसन्धानकर्ताहरूले पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।

अध्यात्मले खासै विश्वसनिय तवरमा सृष्टिको प्रक्रियाको विषयमा लेख्न सकेको छैन । हिन्दु धर्म शास्त्र वा दर्शनहरुले कि त एक खाले प्रकृतिमा महत् उत्पन्न भएको र उसैको संकल्प अनुसार सृष्टि भएको वा सो को केन्द्र वा नाभिवाट सशरीर ब्रह्मा उत्पन्न भन्ने उल्लेख पाइन्छ । ब्रह्मा आदेश निरिक्षणमा विश्वकर्माले सृष्टि गरेको भन्ने मैले वेदमा पढेको छु ।

सृष्टि प्रक्रियाको सम्बन्धमा अझै पनि गहन अनुसन्धान वा चिन्तनको आवश्यकता प्रष्टै देखिन्छ । यहि आवश्यकताका कारण तपाइ हामीले पनि यो सम्बन्धमा छलफल गर्नु पर्ने देखिन्छ । यस सम्बन्धमा मैले पनि एउटा धारणा बनाएको छु । मैले शिर्षक दिएको छु ।

ब्रह्म ब्रह्माण्ड नवग्रह र मनुष्य   

आउनोस् यस सम्बन्धमा बसेरै चिन्तन  गरौं ।



No comments:

Post a Comment