नवौं अध्यायः राजविद्याराजगुह्ययोग



।। अथ नवमोऽध्यायः ।।
श्रीभगवानुवाच
इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे।
ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेऽशुभात्।।1।।

श्रीभगवान् ले भन्नुभयोः तिमी दोष दृष्टिरहित भक्तको लागि यो परम गोपनीय विज्ञानसहित ज्ञानलाई पुनः भली भाँति भन्नेछु, जस्लाई जानेर तिमी दुःखरूप संसारबाट मुक्त हुनेछौ।(1)

राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम्।
प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम्।।2।।
यो विज्ञानसहितको ज्ञान सबै विद्याहरूको राजा, सबै रहस्यहरूको राजा, अति पवित्र, अति उत्तम, प्रत्यक्ष फल भएको, धर्मयुक्त कर्तव्य गर्न धेरै सुगम र अविनाशी छ।(2)

अश्रद्दधानाः पुरुषा धर्मस्यास्य परंतप।
अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि।।3।।
हे परंतप ! यी उपर्युक्त धर्ममा श्रद्धारहित मानिस मलाई प्राप्त नभएर मृत्युरूप संसारचक्रमा भ्रमण गरिरहन्छन् ।

मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना।
मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितः।।4।।
म निराकार परमात्मामा यो सबै जगत जलले बर्फले सदृश परिपूर्ण छ र सबै भूत मेरो अन्तर्गत संकल्पको आधारमा स्थित छ, किन्तु वास्तवमा म तिनमा स्थित छुइन।(4)

न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम्।
भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनः।।5।।
ती सबै भूत ममा स्थित छैनन्, किन्तु मेरो ईश्वरीय योगशक्तिलाई हेर भूतलाई धारण-पोषण गर्ने र भूतलाई उत्पन्न गर्ने मेरो आत्मा वास्तवमा भूतमा स्थित छैन।(5)

यथाकाशस्थितो नित्यं वायुः सर्वत्रगो महान्।
तथा सर्वाणि भूतानि मत्स्थानीत्युपधारय।।6।।
जसरी आकाशबाट उत्पन्न सर्वत्र विचरण गर्ने महान वायु सदा आकाशमा नै स्थित छ, त्यस्तै नै मेरो संकल्प द्वारा उत्पन्न भएकाले सम्पूर्ण भूत ममा स्थित छ, यस्तो जान।(6)

सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम्।
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम्।।7।।
हे अर्जुन ! सृष्टिको अन्तमा सबै भूत मेरो प्रकृतिमा प्राप्त हुन्छन् अर्थात् प्रकृतिमा लीन हुन्छन् र अर्को सृष्टिको आदिमा तिनीहरूको म फेरि रचना गर्छु ।(7)

प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनः पुनः।
भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात्।।
आफ्नू प्रकृतिलाई अंगीकार गरेर स्वभावको बलले परतन्त्र भएका यी सम्पूर्ण भूतसमुदायलाई फेरि-फेरि उनीहरूका कर्म अनुसार रचना गर्छु ।(8)

न च मां तानि कर्माणि निबध्नन्ति धनंजय।
उदासीनवदासीनमसक्तं तेषु कर्मसु।।9।।

हे अर्जुन ! ती कर्ममा आसक्तिरहित र उदास स्थितिमा रहने म परमात्म स्वरूपलाई ती कर्मले बाँध्न सक्दैनन।(9)

मयाध्यक्षेण प्रकृतिः सूयते सचराचरम्।
हेतुनानेन कौन्तेय जगद्विपरिवर्तते।।10।।
अर्जुन! मेरो अध्यक्षतामा अर्थात् मेरो उपस्थितिमा सर्वत्र व्याप्त मेरो अध्यासबाट यो माया (त्रिगुणमयी प्रकृति, अष्टधा मूल प्रकृति र चेतन दुबै) चराचरसहित संसारलाई रच्दछ, जो क्षुद्र कल्प हो र यसै कारणले यो संसार आवागमनको चक्रमा घुमिरहन्छ।

                     अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम्।
परं भावमजानन्तो मम भूतमहेश्वरम्।।11।।
मेरो परम भावलाई नबुझ्ने मूढ़ मानिसहरू मनुष्यको शरीर धारण गरेको म सम्पूर्ण भूतको महान ईश्वरलाई तुच्छ सम्झन्छन् अर्थात् आफ्नू योगमायाले संसारको उद्धारको लागि मनुष्यरूपमा विचरण गरिरहेको म परमेश्वरलाई साधारण मनुष्य मान्दछन्।(11)

मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः।
राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः।।12।।
तिनीहरू व्यर्थ आशा, व्यर्थ कर्म र व्यर्थ ज्ञान भएका विक्षिप्तचित्त अज्ञानीजन राक्षसी, आसुरी र मोहिनी प्रकृतिलाई नै धारण गरिरहन्छन् ।(12)

महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः।
भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम्।।13।।
परन्तु हे कुन्तीपुत्र ! दैवी प्रकृतिमा आश्रित महात्माजन मलाई सबै भूतको सनातन कारण र नाशरहित अक्षरस्वरूप जानेर अनन्य मनले युक्त भएर निरन्तर भजन मार्फत सम्झन्छन् भज्दछन्।(13)

सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रताः।
नमस्यन्तश्च मां भक्तया नित्ययुक्ता उपासते।।14।।
ती दृढ़ निश्चय भएका भक्तजन निरन्तर मेरो नाम र गुणको कीर्तन गर्दै, म प्राप्तिका लागि यत्न गर्दै र मलाई बारम्बार प्रणाम नमस्कार गर्दै सधै मेरो ध्यानमा युक्त भएर अनन्य प्रेमले मेरो उपासना गर्दछन् ।(14)

ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते।
एकत्वेन पृथक्तवेन बहुधा विश्वतोमुखम्।।15।।
दोस्रो ज्ञानयोगी म निर्गुण-निराकार ब्रह्मलाई ज्ञानयज्ञद्वारा अभिन्नभावले पूजन गर्दै पनि मेरो उपासना गर्छन् र अरु मनुष्य धेरै प्रकारले स्थित मेरो विराटस्वरूप परमेश्वरको पृथक भावले उपासना गर्दछन् ।(15)

अहं क्रतुरहं यज्ञः स्धाहमहमौषधम्।
मंत्रोऽहमहमेवाज्यमहमग्निरहं हुतम्।।16।।

क्रतु म हुँ, यज्ञ म हुँ, स्वधा म हुँ, औषधि म हुँ, मंत्र म हुँ, घृत म हुँ, अग्नि म हुँ र हवनरूप क्रिया पनि मैं नै हुँ।(16)

पिताहमस्य जगतो माता धाता पितामहः।
वेद्यं पवित्रमोंकार ऋक्साम यजुरेव च।।17।।
इस सम्पूर्ण जगत का धाता अर्थात् धारण करने वाला और कर्मों के फल को देने वाला, पिता माता, पितामह, जानने योग्य, पवित्र ओंकार तथा ऋग्वेद, सामवेद और यजुर्वेद भी मैं ही हूँ।(17)

गतिर्भर्ता प्रभुः साक्षी निवासः शरणं सुहृत्।
प्रभवः प्रलयः स्थानं निधानं बीजमव्ययम्।।18।।
प्राप्त हुन योग्य परम धाम, भरण-पोषण गर्ने वाला, सबैका स्वामी, शुभाशुभलाई देखने वाला, सबै का वासस्थान, शरण लीन योग्य, प्रत्युपकार न चाहेर हित गर्ने वाला, सबैको उत्पत्ति-प्रलय हेतु, स्थितिको आधार, निधान र अविनाशी कारण पनि म नै हुँ ।(18)

तपाम्यहमहं वर्षं निगृह्णाम्युत्सृजामि च।
अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन।।19।।
म नै सूर्यरूपले तापिन्छु, वर्षालाई आकर्षण गर्दछु र त्यस्लाई बर्षाउछु । हे अर्जुन ! म नै अमृत र मृत्यु हुँ र सत् असत् पनि म नै हुँ ।(19)

त्रैविद्या मां सोमपाः पूतपापा
यज्ञैरिष्ट्वा स्वर्गतिं प्रार्थयन्ते।
ते पुण्यमासाद्य सुरेन्द्रलोक-
मश्नन्ति दिव्यान्दिवि देवभोगान्।।20।।
तीनै वेदोंमा विधान गरिएको सकाम कर्म गर्नेहरू, सोम रस पिउनेहरू, पाप रहित मानिस मलाई यज्ञ द्वारा पूजेर स्वर्गको प्राप्ति चाहन्छन्, ती मानिस आफ्नू पुण्यको फलरूप स्वर्गलोकमा प्राप्त भएर स्वर्गमा दिव्य देवताहरूको भोगहरू भोग्छन् ।

ते तं भुक्तवा स्वर्गलोकं विशालं
क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति।
एवं त्रयीधर्ममनुप्रपन्ना
गतागतं कामकामा लभन्ते।।21।।
ती यो विशाल स्वर्गलोकलाई भोगेर पुण्य क्षीण भएपछि मृत्युलोकमा प्राप्त हुन्छन् । यसप्रकार स्वर्गको साधनरूप तीनै वेदमा भनिएको सकाम कर्मको आश्रय लिनेवाला र भोगको कामना भएका मनिस पटक-पटक आवागमनमा प्राप्त हुन्छन्, अर्थात् पुण्यको प्रभावले स्वर्गमा जान्छन् र पुण्य क्षीण भए पछि मृत्युलोकमा आउछन् ।(21)

अनन्याश्चिन्तयन्तो मां ये जनाः पर्युपासते।
तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्।।22।।
जो अनन्य प्रेम भक्तजन म परमेश्वरलाई निरन्तर चिन्तन गर्दै निष्काम भावले भज्दछन्, ती नित्य-निरन्तर मेरो चिन्तन गर्ने मानिसको योगक्षेम म स्वयं प्राप्त गरि दिन्छु ।(22)

येऽप्यन्यदेवता भक्ता यजन्ते श्रद्धयान्विताः।
तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम्।।23।।
हे अर्जुन यद्यपि श्रद्धाले युक्त जुन सकाम भक्त अरु देवता हरूलाई पूज्दछन्, तिनीहरू पनि मलाई नै पूज्दछन्, किन्तु तिनीहरूको पूजा अविधिपूर्वक अर्थात् अज्ञानपूर्वक हो ।(23)

अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च।
न तु मामभिजानन्ति तत्त्वेनातश्चयवन्ति ते।।24।।
किनभने सम्पूर्ण यज्ञको भोक्ता र स्वामी म नै हुँ, परन्तु ती म परमेश्वरलाई तत्त्वले जान्दैनन्, यसैले लड्दछन् झर्दछन् अर्थात् पुनर्जन्ममा प्राप्त हुन्छन् ।(25)

यान्ति देवव्रता देवान्पितृन्यान्ति पितृव्रताः।
भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्।।25।।
देवतालाई पूज्नेहरू देवताहरूलाई नै प्राप्त हुन्छन्, पितृ माता पितालाई पूज्नेहरू माता पितामा नै प्राप्त  हुन्छन्, भूतलाई पूज्नेहरू भूतमा नै प्राप्त हुन्छन् र मेरो पूजन गर्ने वाला भक्त ममा नै प्राप्त हुन्छन् । यसकारण मेरा भक्तहरूको पुनर्जन्म हुदैन ।(25)

पत्रं पुष्पं फलं तोयं यो मे भक्तया प्रयच्छति।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः।।26।।
जो कोही भक्त मेरो लागि प्रेमले पत्र, पुष्प, फल, जल आदि अर्पण गर्दछ, शुद्धबुद्धि निष्काम प्रेमी भक्तद्वारा प्रेमपूर्वक अर्पण गरिएको ती पत्र-पुष्पादि म सगुणरूपले प्रकट भएर प्रीतिसहित खान्छु ।(26)

यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत्।
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम्।।27।।
हे अर्जुन ! तिमी जुन कर्म गर्दछौ, जे खान्छौ, जे हवन गर्दछौ, जे दान दिन्छौ र जे तप गर्छौ ती सबै ममा अर्पण गर ।(27)

शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैः।
संन्यासयोगयुक्तात्मा विमुक्तो मामपैष्यसि।।28।।
यसप्रकार जस्मा सबै कर्म म भगवानमा अर्पण हुन्छ – यस्ता सन्यासयोगले युक्त चित्तवाला मानिस शुभाशुभ फलरूप कर्मबन्धनले मुक्त भइ जान्छ र तीबाट मुक्त भएर ममा नै प्राप्त हुन्छ ।(28)

समोऽहं सर्वभूतेष न मे द्वेष्योऽस्ति न प्रियः।
ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम्।।29।।
म सबै भूतमा समभावले व्यापक छु। न कोही मेरो अप्रिय छ र न प्रिय छ परन्तु जो कोही भक्त मलाई प्रेमले भज्दछन्, ती ममा छन् र म पनि उनिहरूमा प्रत्यक्ष प्रकट छु।(29)

अपि चेत्सुदुराचारो भजते मामनन्यभाक्।
साधुरेव स मन्तव्यः सम्यग्व्यवसितो हि सः।।30।।
यदि कोही अतिशय दुराचारी पनि अनन्यभावले मेरो भक्त भएर मलाई भज्दछ भने ती साधु मान्न योग्य छन्, किनभने ऊ यथार्थ निश्चयवाला छ अर्थात् उस्ले भली भाँति निश्चय गरिसकेको छ कि परमेश्वरको भजन बराबर अन्य केही पनि छैन् ।(30)

क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति।
कौन्तेय प्रति जानीहि न मे भक्तः प्रणश्यति।।31।।
त्यो शीघ्र नै धर्मात्मा हुइ जान्छ र सधै रहने वाला परम शान्तिमा प्राप्त हुन्छ । हे अर्जुन !तिमी निश्चयपूर्वक सत्य जान कि मेरा भक्तहरू नष्ट हुदैनन् ।(31)

मां हि पार्थ व्यापाश्रित्य येऽपि स्युः पापयोनयः।
स्त्रियो वैश्यास्तथा शूद्रास्तेऽपि यान्ति परां गतिम्।।32।।
हे अर्जुन ! स्त्री, वैश्य, शूद्र तथा पापयोनि-चाण्डालादि जो कोही पनि छन्, तिनीहरू पनि मेरो शरण परेर परम गतिमा प्राप्त हुन्छन् ।(32)

किं पुनर्ब्राह्मणाः पुण्या भक्ता राजर्षयस्तथा।
अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम्।।33।।
फेरि यसमा त भन्नु नै के छ र ? जो पुण्यशील ब्राह्मण तथा राजर्षि भगवान् मेरो शरण परेर परम गतिमा प्राप्त हुन्छन् । यसकारण तिमी सुखरहित र क्षणभंगुर यो मनुष्य शरीरमा प्राप्त भएर निरन्तर मेरो नै भजन गर।(33)

मन्मना भव मद् भक्तो मद्याजी मां नमस्कुरु।
मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणः।।34।।
ममा मनवाला होउ, मेरो भक्त बन, मेरो पूजा गर्ने वाला होउ, मलाई प्रणाम गर। यसप्रकार आत्मालाई ममा नियुक्त गरेर मेरो परायण भएर तिमी ममा नै प्राप्त हुन्छौ ।(34)
ॐ तत्सदिति श्रीमद् भगवद् गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे राजविद्याराजगुह्य योगो नाम नवमोऽध्यायः।।9।।

No comments:

Post a Comment