।। अथ द्वितीयोऽध्यायः ।।
संजय उवाच
तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदनः।।१।।
संजयले भनेः यसरी करुणाले व्याप्त तथा आँसूले पूर्ण तथा व्याकुल नेत्र भएका शोकयुक्त अर्जुन प्रति भगवान् मधुसूदनले यो वचन बोले |(१)
श्रीभगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम्।
अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।2।।
क्लैब्यं मा स्म गमः पार्थ नैतत्त्वय्युपपद्यते।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्तवोत्तिष्ठ परंतप।।3।।
श्री भगवान् भन्दछन्ः हे अर्जुन ! तिमीलाई यो कुसमयमा यो मोह के कारणले प्राप्त भयो ? किनभने न यो श्रेष्ठ पुरुषों द्वारा आचरित छ, न स्वर्ग दिनेवाला छ । न कीर्ति पाइने खालकै छ । यसकारण हे अर्जुन ! नपुंसकतामा प्राप्त नहोउ, तिमीमा यो उचित लाग्दैन | हे परंतप ! हृदयको तुच्छ दुर्बलता त्यागेर युद्धको लागि खडा होउ | (2,3)
अर्जुन उवाच
कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन।
इषुभिः प्रतियोत्स्यामि पूजार्हावरिसूदन।।4।।
अर्जुनले भनेः हे मधुसूदन ! म रणभूमिमा कसरी बाणले भीष्म पितामह र द्रोणाचार्यको विरुद्ध लड़ूला? किनभने हे अरिसूदन ! वहाहरू दुवै जना पूजनीय हुनुहुन्छ |(4)
गुरुनहत्वा हि महानुभावा-
ञ्छ्रेयो भोक्तुं भैक्ष्यमपीह लोके।
हत्वार्थकामांस्तु गुरुनिहैव
भुंजीय भोगान् रुधिरप्रदिग्धान्।।५।।
यसैले यी महानुभाव गुरुजनहरूलाई न मारिकन म यो लोकमा भिक्षाको अन्न खानु कल्याणकारक समझन्छु, किनभने गुरुजन मारेर यो लोकमा अधैर्य ले भिजेको अर्थ र कामरूप भोग नै भोग्नु पर्छ |(५)
न चैतद्विद्मः कतरन्नो गरीयो-
यद्वा जयेम यदि वा नो जयेयुः।
यानेव हत्वा न जिजीविषाम-
स्तेऽवस्थिताः प्रमुखे धार्तराष्ट्राः।।६।।
हामी यो पनि जान्दैनौ कि हाम्रो लागि युद्ध गर्नु र युद्ध नगर्नु कुन चै श्रेष्ठ हो । अथवा यो जान्दैनौ कि उनीहरूलाई हामी जित्छौ या हामीलाई उनिहरूले जित्छन । तथा जस्लाई मारेर हामी जीउन चाहदैनौ तिनै हाम्रा आत्मीय धृतराष्ट्रुका पुत्र हाम्रो मुकाबलामा खडा छन् ।(६)
कार्पण्दोषोपहतस्वभावः
पृच्छामि त्वां धर्मसम्मूढचेताः।
यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे
शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम्।।7।।
यसकारण कायरतारूप दोषबाट उपहत स्वभाववाला तथा धर्म विषयमा मोहित चित्त भएको म तपाइँसँग सोध्छु कि जुन साधन निश्चित कल्याणकारक छ, त्यही मलाई भन्नुहोस् किनभने म तपाइँको शिष्य हूँ, यसकारण शरणमा छु मलाई शिक्षा दिनुहोस् |
न हि प्रपश्यामि ममापनुद्या-
द्यच्छोकमुच्छोषणमिन्द्रियाणाम्।
अवाप्य भूमावसपत्नमृद्धं-
राज्यं सुराणामपि चाधिपत्यम्।।८।।
भूमिमाथि निष्कण्टक धन-धान्यसम्पन्न राज्यको र देवताहरूको स्वामी इन्द्रपदलाई पाएर पनि म त्यो उपायलाई हेर्दिन जो मेरो इन्द्रियहरूलाई सुकाई शोकलाई मेटाउन सकोस्।
संजय उवाच
एवमुक्तवा हृषिकेशं गुडाकेशः परन्तप।
न योत्स्य इति गोविन्दमुक्तवा तूष्णीं बभूव ह।।9।।
सञ्जयले भने- हे राजन्! मोहनिशाजयी अर्जुनले हृदयका सर्वज्ञ श्रीकृष्णसँग यो भने कि ‘गोविन्द! म युद्ध गर्ने छैन।’ चुप लागे।
तमुवाच हृषिकेशः प्रहसन्निव भारत।
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः।।10।।
त्यसपछि हे राजन्! अन्तर्यामी योगेश्वर श्रीकृष्णले दुबै सेनाहरूका बीचमा त्यस शोकयुक्त अर्जुनलाई हाँस्दै यो वचन भन्नुभयो-
श्री भगवानुवाच
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्च भाषसे।
गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिताः।।11।।
श्री भगवान्ले भन्नुभयो ।
हे अर्जुन! तिमी शोक नगर्ने योग्यहरूको लागि शोक गर्छौ र पण्डितहरूको जस्तै वचन भन्छौ, तर बुद्धिसम्पन्न पण्डितजन जसका प्राण गइसक्यो उसको लागि तथा जसको प्राण गएको छैन उसको लागि पनि शोक गर्दैनन् ।
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः।
न चैव न भविष्यामः सर्वे वयमतः परम्।।12।।
हुनत यस्तो पनि छैन कि म अथवा सद्गुरु कुनै समयमा थिएन अथवा तिमी अनुरागी अधिकारी अथवा ‘जनाधिपाः’- राजाहरू अर्थात् राजसी वृत्तिमा पाइने अहं थिएन र यस्तो पनि छैन कि अगाडि हामी सबै रहनेछैनौं।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति।।13।।
जुन प्रकारले जीवात्माको यस शरीरमा कुमार, युवा र बुद्धावस्था हुन्छ, | त्यसैप्रकार अर्को-अर्को शरीरको प्राप्तिमा धीर पुरुष मोहित हुँदैनन्।
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदुःखदाः।
आगमापायिनोऽनित्यास्तांस्तितिक्षस्व भारत।।14।।
हे कुन्तीपुत्र! सुख-दु:ख, सर्दी र गर्मी दिने इन्द्रियहरू र विषयहरूको सँयोग नै अनित्य छन्, क्षणभङ्गुर छन्। अत: भरतवंशी अर्जुन! तिमी यसको त्याग वा सहन गर।
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ।
समदुःखसुखं धीरं सोऽमृतत्वाय कल्पते।।15।।
किनकि हे पुरुषश्रेष्ठ! दुःख-सुखलाई समान ठान्ने जुन धीर पुरुषलाई इन्द्रिय र विषयहरूको सँयोगले व्यथित गर्न पाउदैन्, त्यो मृत्युभन्दा पर अमृतत्व प्राप्तिको योग्य हुन्छ।
नासतो विद्यते भावो नाभावो विद्यते सतः।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभिः।।16।।
अर्जुन! असत् वस्तुको अस्तित्व छैन, त्यो छँदैछैन, त्यसलाई रोक्न सकिदैन र सत्यको तीनवटै कालमा अभाव छैन, त्यसलाई समाप्त गर्न सकिन्न। यस प्रकार तत्त्वज्ञानी पुरुषद्वारा यी दुबैलाई तत्त्व देखेका हुन् | (16)
अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम्।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति।।17।।
नाशरहित त त्यो हो, जसमा यो सम्पूर्ण जगत् व्याप्त छ। यस ‘अव्ययस्य’- अविनाशीलाई विनाश गर्न कोही समर्थ छैन ।
अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत।।18।।
अविनाशी, अप्रमेय, नित्यस्वरूप आत्माका यी सबै शरीर नाशवान् भनिएका छन्। यसैले भरतवंशी अर्जुन! तिमी युद्ध गर।
य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम्।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते।।19।।
जसले यस आत्मालाई मर्ने योग्य मान्छन तथा जसले यस आत्मालाई मरेको ठान्दन्छ, ती दुबैले नै आत्मालाई जान्दैनन्;किनकि यो आत्मा न कसैलाई मार्छ न कसैद्वारा मारिन्छ नै ।
न जायते म्रियते वा कदाचि-
न्नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे।।20।।
यो आत्मा कुनै कालमा न जन्मिन्छ र न मर्छ, किनकि यसले वस्त्र नै फेरि रहन्छ। न यो आत्मा भएर अरू केही हुनेछ; किनकि यो अजन्मा हो, नित्य छ, शाश्वत र पुरातन छ। शरीर नष्ट भए पनि यो नष्ट हुँदैन्।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्।
कथं स पुरुषः पार्थ कं घातयति हन्ति कम्।।21।।
पार्थिव शरीरलाई रथ बनाएर ब्रह्मरूपी लक्ष्यमा अचूक निशाना लगाउने पृथापुत्र अर्जुन! जो पुरुष यस आत्मालाई नाशरहित,नित्य, अजन्मा र अव्यक्त ठान्दछ, त्यो पुरुषले कसरी कसैलाई मार्छ वा मराउछ ?
वासांसि जीर्णानि यथा विहाय
नवानि गृहणाति नरोऽपराणि।
तथा शरीराणि विहाय जीर्णा-
न्यन्यानि संयाति नवानि देही।।22।।
जस्तै मानिस ‘जीर्णानि वासांसि’- जीर्ण-शीर्ण पुराना वस्त्रहरू त्यागेर नयाँ वस्त्रहरू ग्रहण गर्दछ, ठीक त्यसैप्रकार यो जीवात्मा पुरानो शरीरलाई त्यागेर अर्को नयाँ शरीर धारण गर्दछ।
नैनं छिदन्ति शस्त्राणि नैनं दहति पावकः
न चैनं क्लेयन्तयापो न शोषयति मारुतः।।23।।
अर्जुन! यस आत्मालाई शस्त्रादिले काट्दैन, अग्नि यसलाई डढाउन सक्दैन, पानी यसलाई भिजाउन सक्दैन र न वायुले यसलाई सुकाउन सक्छ।
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च।
नित्यः सर्वगतः स्थानुरचलोऽयं सनातनः।।24।।
यो आत्मा अच्छेद्य छ- यसमा प्वाल पार्न सकिदैन, यो अदाह्य छ यसलाई डढाउन सकिदैन, यो अक्लेद्य छ यसलाई भिजाउन सकिदैन, आकाशले यसलाई आफूमा समाहित गर्न सक्दैन। यो आत्मा नि:सन्देह अशोष्य, सर्वव्यापक,अचल, स्थिर रहने र सनातन छ।
अव्यक्तोऽयमचिन्तयोऽयमविकार्योऽयमुच्यते।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि।।25।।
आत्मा अव्यक्त छ, आत्मा अचिन्त्य छ र यो आत्मा विकाररहित भनिन्छ | हे अर्जुन ! यो आत्मालाई उपर्युक्त प्रकारले जाने पछि तिमी शोक गर्ने योग्य रहेनौ अर्थात् तिमीले शोक गर्नु उचित हैन |
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम्।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि।।26।।
किन्तु यदि तिमी आत्मालाई सधै जन्मनेवाला तथा सधै मरने वाला मान्छौ भने पनि हे महाबाहो! तिमी यसरी शोक गर्न योग्य छैनौ | शोक गर्नु पर्ने कुनै कारण छैन । (26)
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि।।27।।
किनकी यो मान्यताको अनुसार जन्मेकाको मृत्यु निश्चित छ र मरेकाहरूको पुनर्जन्म निश्चित छ । जन्म मृत्यु अवश्यंभावी छन् कुनै उपाय छैन यसकारण पनि तिमी शोक गर्ने योग्य छैनौ | (27)
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना।।28।।
हे अर्जुन ! सम्पूर्ण प्राणी जन्म भन्दा पहिले अप्रकट थिए र मरे पछि पनि अप्रकट हुन्छ, केवल बीचमा मात्रै प्रकट छ यस्तो स्थितिमा शोक किन गर्ने । (28)
आश्चर्यवत्पश्यति कश्चिदेन-
माश्चर्यवद्वदति तथैव चान्यः।
आश्चर्यवच्चैनमन्यः श्रुणोति
श्रुत्वाप्येनं वेद न चैव कश्चित्।।29।।
कोही एक महापुरुषले आत्मालाई आश्चर्य मानेर हेर्दछ र त्यस्तै अर्को महापुरुष यस्को तत्त्वहरू आश्चर्य मानेर वर्णन गर्छ तथा अर्को कोही अधिकारी पुरुष यसलाई आश्चर्य मानेर सुन्छ र कोही कोही सुनेर पनि यसलाई जान्दैनन् ।(29)
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत।
तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि।।30।।
हे अर्जुन ! आत्मा सबैको शरीरमा सधै नै अवध्य छ | यसकारण सम्पूर्ण प्राणिहरूको लागि तिमी शोक गर्न योग्य छैनौ । (30)
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि।
धम् र्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते।।31।।
तथा आफ्नो धर्मलाई हेरेर पनि तिमी डराउन वा भय गर्न योग्य छैनौ अर्थात् तिमीले डराउनु हुदैन भय मान्नु हुदैन किनभने क्षेत्रियहरूको लागि धर्मयुक्त युद्ध भन्दा अब्बल राम्रो अर्को कुनै कल्याणकारी कर्तव्य छैन | (31)
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम्।
सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम्।।32।।
हे पार्थ ! आफै प्राप्त भएको स्वर्गको खुला द्वार रूपी यस प्रकारको युद्धलाई भाग्यवान् क्षत्रिय हरूले मात्र पाउछन् | (32)
अथ चेत्त्वमिमं धम् र्यं संग्रामं न करिष्यसि।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि।।33।।
किन्तु यदि तिमीले यो धर्मयुक्त युद्ध गरेनौ भने स्वधर्म र कीर्ति गुमाएर पापमा प्राप्त हुनेछौ । (33)
अकीर्तिं चापि भूतानि कथयिष्यन्ति तेऽव्ययाम्।
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते।।34।।
तथा सबै जना तिम्रो धेरै समय सम्म हुने अपकीर्ति सुनाउने छन् र माननीय पुरुषका लागि अपकीर्ति मृत्यु भन्दा पनि ठूलो हुन्छ |(34)
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथाः।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम्।।35।.
र जसको दृष्टिमा तिमी पहिले सम्मानित थियौ अब तिनीहरूबाटै अब लघुता प्राप्त हुनेछ, ती महारथीहरूले तिमीलाई भय वा डरको कारण युद्धबाट भागेको ठान्नेछन् |(35)
अवाच्यवादांश्च बहून् वदिष्यन्ति तवाहिताः।
निन्दन्तस्तव सामर्थ्यं ततो दुःखतरं नु किम्।।36।।
तिम्रा वैरीहरूले तिम्रो सामर्थ्यको निन्दा गर्नेछन् र तिमीलाई भन्न योग्य नभएका धेरै वचनहरू पनि भन्नेछन् । त्यो भन्दा ठूलो दुख अरू के हुन सक्छ ?(36)
हतो व प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः।।37।।
या तिमी युद्धमा मारिन्छौ र स्वर्गलाई प्राप्त हुन्छौ अथवा संग्राममा जीतेर पृथ्वीको राज्यहरू भोग्नेछौ | यसकारण हे अर्जुन ! तिमी युद्धको लागि निश्चय गरेर उठ |(37)
सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।38।।
जय-पराजय, लाभ-हानि र सुख-दुःखहरूलाई बराबर सम्झेर, युद्धको निम्ति तयार होउ | यसप्रकार युद्ध गरेर तिमी पापका निम्ति प्राप्त हुनेछैन |(38)
एषा तेऽभिहिता सांख्ये बुद्धिर्योगे त्विमां श्रृणु।
बुद्धया युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि।।39।।
हे पार्थ ! यो बुद्धि तिम्रो लागि ज्ञानयोगको विषयमा भनियो अब तिमी यसको कर्मयोगको विषय मा सुन, जुन बुद्धिले युक्त भएर तिमी कर्मको बन्धनलाई भलीभाँति त्याग दिनेछौ अर्थात् सर्वथा नष्ट गर्नेछौ |(39)
नेहाभिक्रमनाशोऽस्ति प्रत्यवायो न विद्यते।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात्।।40।।
यो कर्मयोगमा आरम्भको अर्थात् बीजको नाश हुदैन र उलटो फलरूप दोष पनि छैन, बल्कि यो कर्मयोगरूप धर्मको थोरै पनि साधन जन्म मृत्युरूप महान भयले रक्षा गर्नेछन् | (40)
व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम्।।41।।
हे अर्जुन ! यो कर्मयोगमा निश्चयात्मिका बुद्धि एउटै हुन्छ । किन्तु अस्थिर विचार भएका विवेकहीन सकाम मनुष्यहरूको बुद्धिहरू निश्चय नै भेद भेदवाला र अनन्त हुन्छ |(41)
हे अर्जुन ! वेद उपर्युक्त प्रकारका तीनै गुणहरूको कार्यरूप सबै भोग र तिनको साधनहरूको प्रतिपादन गर्ने बाला हो, यसैले तिमी ती भोग र तिनका साधनहरूमा आसक्तिहीन, हर्ष-शोकादि द्वन्द्व रहित, नित्यवस्तु परमात्मामा स्थित योग-क्षेम नचाहानेे र स्वाधीन अन्तःकरणवाला होउ |(45)बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम्।।41।।
हे अर्जुन ! यो कर्मयोगमा निश्चयात्मिका बुद्धि एउटै हुन्छ । किन्तु अस्थिर विचार भएका विवेकहीन सकाम मनुष्यहरूको बुद्धिहरू निश्चय नै भेद भेदवाला र अनन्त हुन्छ |(41)
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः।।42।।
वेदवादरताः पार्थ नान्यदस्तीति वादिनः।।42।।
कामात्मानः स्वर्गपरा जन्मकर्मफलप्रदाम्।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति।।43।।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति।।43।।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम्।
व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते।।44।।
हे अर्जुन ! जो भोगमा तन्मय रहन्छन् जो कर्मफलको प्रशंसक वेदवाक्यहरूमा प्रीति राख्छन्, जसको बुद्धिमा स्वर्ग नै परम प्राप्य वस्तु हो र जस्लाई स्वर्ग भन्दा ठूलो अर्को वस्तु छैन - यस्ऐतो भन्साने छन् ती अविवेकीहरु देखावाको लागि यस्तो भन्छन् र जन्मरूप कर्मफल दिने र भोग तथा ऐश्वर्य प्राप्तिको लागि नाना प्रकारका धेरै क्रियाहरूको वर्णन गर्छन् । त्यो वाणी द्वारा जसको चित्त हरण गरिएको छ, जो भोग र ऐश्वर्यमा अत्यन्त आसक्त छ, ती पुरुषहरूको परमात्मामा निश्चयात्मिका बुद्धि हुदैन | (42, 43, 44)व्यवसायात्मिका बुद्धिः समाधौ न विधीयते।।44।।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान्।।45।।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान्।।45।।
यावारनर्थ उदपाने सर्वतः सम्प्लुतोदके।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानतः।।४६।।
सबै तिरबाट परिपूर्ण जलाशय प्राप्त भए पछि सानो जलाशयमा मनुष्यको जति प्रयोजन रहन्छ, ब्रह्मलाई तत्त्व भनेर जान्ने वाला ब्राह्मणको सम्पूर्ण वेदमा त्यतिनै प्रयोजन हुन्छ |(४६)
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतूर्भूर्माते सङ्गोऽस्त्वकर्मणि।।४७।।
तिम्रो कर्म गर्नमा नै अधिकार छ, कर्मको फलमा छदै छैन । यसैले तिमी कर्मको फलको हेतु नहोउ तथा तिम्रो कर्म नगर्ने मा पनि आसक्त न होउ |(47)
योगस्थः कुरु कर्माणि सङ्गं त्यक्तवा धनंजय।
सिद्धयसिद्धयोः समो भूत्वा समत्वं योग उच्यते।।४८।।
हे धनंजय ! तिमी आसक्तिलाई त्यागेर तथा सिद्धि और असिद्धि मा समान बुद्धिवाला भएर योगमा स्थित भएको कर्तव्य कर्म गर, समत्वभाव नै योग कहलिन्छ | (४८)
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनंजय।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः।।४९।।
यो समत्व बुद्धियोग भन्दा सकाम कर्म अत्यन्त नै निम्न श्रेणी को हो | यसकारण हे धनंजय ! तिमी समबुद्धिमा नै रक्षाको उपाय खोज अर्थात् बुद्धियोगको नै आश्रय ग्रहण गर, किनकी फललाई नै हेतु मान्नेहरू अत्यन्त दरिद्र दीन हुन्छन |(४९)
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम्।।५०।।
समबुद्धियुक्त पुरुष पुण्य र पाप दुइटै लाई यो लोकमा नै त्याग्छन् अर्थात् तीबाट मुक्त हुन्छन् | यसवाट तिमी समत्वरूप योगमा लाग | यो समत्वरूप योग नै कर्ममा कुशलता छ अर्थात् यो कर्मबन्धनबाट छूटने उपाय हो|(५०)
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्तवा मनीषिणः।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम्।।51।।
किनकी समबुद्धिले युक्त ज्ञानीजन कर्मबाट उत्पन्न हुने फललाई त्यागेर जन्मरूप बन्धनबाट मुक्त भएर निर्विकार परम पदमा प्राप्त हुनेछन् |(५१)
यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च।।५२।।
जुन कालमा तिम्रो बुद्धि मोहरूप दलदललाई भली भाँति पार गर्दछ, त्यो समय तिमी सुनेका र सुन्न आउन बाँकी यो लोक र परलोक सम्बन्धी सबै भोगबाट वैराग्यमा प्राप्त हुनेछन् |(५२)
श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि।।५३।।
भाँति-भाँति को वचन सुनेर विचलित भएको तिम्रो बुद्धि जब परमात्मामा अचल तथा स्थिर भएर रोकिनेछ, तब तिमी योगमा प्राप्त हुनेछौ अर्थात् तिम्रो परमात्मासँग नित्य संयोग हुनेछ |
अर्जुन उवाच
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव।
स्थितधीः किं प्रभाषेत किमासीत व्रजेत किम्।।54।।
अर्जुन भन्दछन् - हे केशव ! समाधिमा स्थित परमात्मामा प्राप्त भाको स्थिरबुद्धि पुरुषको के लक्षण हो ? ती स्थिरबुद्धि पुरुष कसरी बोल्छन्, कसरी बस्छन् र कसरी हिड्छन् ?(54)
श्रीभगवानुवाच
प्रजहाति यदा कामान्सर्वान्पार्थ मनोगतान्।
आत्मन्येवात्मना तुष्टः स्थितप्रज्ञस्तदोच्यते।।55।।
श्री भगवान् ले भनेः हे अर्जुन ! जुन कालमा यो पुरुष मनमा स्थित सम्पूर्ण कामना लाई भली भाँति त्याग्छ र आत्मासँग आत्मामा नै संतुष्ट रहन्छन्, यस कालमा तिन्लाई स्थितप्रज्ञ भनिनेछ |(55)
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः।
वीतरागभयक्रोधः स्थितधीर्मुनिरुच्यते।।56।।
दुःखहरू प्राप्ति भएपछि जसको मनमा उद्वेग हुदैन, सुखको प्राप्तिमा जो सर्वथा निःस्पृह छ तथा जसको राग, भय र क्रोध नष्ट भै सके, यस्तोलाई मुनि स्थिरबुद्धि भनिएको छ |
यः सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम्।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता।।५७।।
जो पुरुष सर्वत्र स्नेह रहित भयो त्यो त्यो शुभ या अशुभ वस्तुमा प्राप्त भएर न प्रसन्न हुन्छ र न द्वेष गर्दछ उसको बुद्धि स्थिर हुन्छ | (५७)
यदा संहरते चायं कूर्मोऽङ्गनीव सर्वशः।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।५८।।
र जसरी कछुवा सबै तिरबाट आफ्नो अंगहरू समेट्छ, त्यसरी नै जब यी पुरुष इन्द्रियहरूलाई विषयहरूवाट सबै दृष्टिले हराउछ वा स्वतन्त्र हुन्छ, तब उसको बुद्धि स्थिर छ | (यस्तो भएको हुन्छ) |
विषया विनिवर्तन्ते निराहारस्य देहिनः।
रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते।।५९।।
इन्द्रियहरू द्वारा विषयहरू ग्रहण नगर्ने पुरुषको केवल विषय निवृत्त् भइ जान्छ, परन्तु तिनिहरूमा रहेको आसक्ति निवृत्त हुदैन | यो स्थितप्रज्ञ पुरुषको आसक्ति पनि परमात्माको साक्षात्कार गरेर निवृत्त भइ जान्छ | (५९)
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चितः।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मनः।।६०।।
हे अर्जुन ! आसक्तिको नाश नभएका कारण यो प्रमथन स्वभाव भएका इन्द्रियाँ यत्न गरेर बुद्धिमान पुरुषको मनलाई नै बलात् हरण गर्छ |(६०)
तानि सर्वाणि संयम्य युक्त आसीत मत्परः।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता।।61।।
यसकारण साधकहरूले ती सम्पूर्ण इन्द्रियहरूलाई वशमा गरेर समाहित चित्त भएर परमात्मा परायण भएर ध्यानमा बस्नु, किनकी जो पुरुषको इन्द्रियहरू वशमा हुन्छन्, तिनीहरूकै बुद्धि स्थिर भै जान्छ | (६१)
ध्यायतो विषयान्पुंसः सङ्गस्तेषूपजायते।
सङ्गात्संजायते कामः कामात्क्रोधोऽभिजायते।।६२।।
विषयहरूको चिन्तन गर्ने वाला पुरुषहरू ती विषयहरूमा आसक्त भै जान्छन्, आसक्तिबाट ती विषयहरूको कामना उत्पन्न हुन्छ र कामनामा विघ्न वाधा परे पछि क्रोध उत्पन्न हुन्छ |(६२)
क्रोधाद् भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति।।६३।।
क्रोधबाट अत्यन्त मूढ़भाव उत्पन्न भै जान्छ, मूढ़भावबाट स्मृतिमा भ्रम पैदा भइ हाल्छ, स्मृतिमा भ्रम भए पछि बुद्धि अर्थात् ज्ञानशक्तिको नाश भै जान्छ र बुद्धि नाश भए पछि यो पुरुष आफ्नु स्थितिबाट तल झर्छ |(६३)
रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन्।
रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन्।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति।।64।।
परन्तु आफ्नो अधीन गरिएका अन्तः करणवाला साधक आफ्नो वशमा राखिएका, राग-द्वेषरहित इन्द्रिय द्वारा विषयमा विचरण गर्दै अन्तःकरणको प्रसन्नतामा प्राप्त हुन्छ |(64)
प्रसादे सर्वदुःखानां हानिरस्योपजायते।
प्रसन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते।।65।।
अन्तःकरणमा प्रसन्नता भएपछि यसमा सम्पूर्ण दुःखहरूको अभाव हुन्छ र ती प्रसन्न चित्तभएका कर्मयोगीको बुद्धि शीघ्र नै सबैतिरबाट हटेर परमात्मामा नै भली भाँति स्थिर भै जान्छ |(65)
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना।
न चाभावयतः शान्तिरशान्तस्य कुतः सुखम्।।६६।।
नजीतेर हारेका मन र इन्द्रिय भएका पुरुषमा निश्चयात्मिका बुद्धि हुदैन र त्यो अयुक्त मनुष्यको अन्तःकरणमा भावना पनि हुदैन तथा भावनाहीन मनुष्यले शान्ति पाउदैन र शान्तिरहित मनुष्यले सुख कसरी भेट्न सक्छ ?(६६)
इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि।।67।।
किनकी जसरी जलमा तैरने नाउलाई वायुले हरण गर्छ, त्यस्तै नै विषयमा विचरण गर्ने इन्द्रिय मध्ये मन जुन इन्द्रियको साथ बस्दछ त्यो एउटै इन्द्रिय यो अयुक्त पुरुषको बुद्धि हरण गर्दछ |(67)
तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वशः।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।68।।
यसकारण हे महाबाह ! जुन पुरुषको इन्द्रियहरू इन्द्रियको विषयमा सबै प्रकारबाट निग्रह गरिएको हुन्छ, उसैको बुद्धि स्थिर छ |(68)
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः।।69।।
सम्पूर्ण प्राणिको लागि जो रात्रिको समान छ, नित्य ज्ञानस्वरूप परमानन्द को प्राप्तिमा स्थितप्रज्ञ योगी जागा हुन्छ र जुन नाशवान सांसारिक सुखको प्राप्तिमा सबै प्राणी जागरूक हुन्छन्, परमात्मा तत्त्वलाई जान्ने मुनिको लागि त्यो रात्रिको समान छ |
आपूर्यमाणमचलप्रतिष्ठं
आपूर्यमाणमचलप्रतिष्ठं
समुद्रमापः प्रविशन्ति यद्वत्।
तद्वत्कामा यं प्रविशन्ति सर्वे
स शान्तिमाप्नोति न कामकामी।।70।।
जसरी सबै नदिहरूको जल सबै तिरबाट परिपूर्ण अचल प्रतिष्ठावाला समुद्रमा विचलित नगरेर नै मिली जान्छन्, त्यसरी नै सबै भोग स्थितप्रज्ञ पुरुषमा कुनै किसिमको विकार उत्पन्न नगरिकनै मिल्छन्, त्यही पुरुष परम शान्तिलाई प्राप्त हुन्छ, भोगहरूको चाहना राख्नेहरू हैन | (70)
विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः।
विहाय कामान्यः सर्वान्पुमांश्चरति निःस्पृहः।
निर्ममो निरहंकारः स शान्तिमधिगच्छति।।71।।
जो पुरुष सम्पूर्ण कामनाहरू त्यागेर ममतारहित, अहंकाररहित र स्पृहारहित भएर विचार विचरण गर्छ, त्यही शान्तिमा प्राप्त हुन्छ अर्थात् त्यो शान्तिमा प्राप्त छ |(71)
एषा ब्राह्मी स्थितिः पार्थ नैनां प्राप्य विमुह्यति।
स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति।।72।।
हे अर्जुन ! यो ब्रह्ममा प्राप्त भएका पुरुषको स्थिति हो | यसमा प्राप्त भएर योगी कहिल्यै मोहित हुदैन र अन्तकालमा पनि यो ब्राह्मी स्थितिमा स्थित भएर ब्रह्मानन्दमा प्राप्त भइ जान्छ |
ॐ तत्सदिति श्रीमदभगवदगीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे सांख्ययोगो नाम द्वितीयोऽध्यायः | |2 | |
No comments:
Post a Comment