ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥
ॐ शांतिः शांतिः शांतिः ॥
॥ अथ ईशोपनिषत् ॥
ॐ ईशा वास्यमिद्ँ सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ॥ १॥
कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छत्ँ समाः ।
एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ॥ २॥
असुर्या नाम ते लोका अन्धेन तमसाऽऽवृताः ।
ता्स्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ॥ ३॥
अनेजदेकं मनसो जवीयो नैनद्देवा आप्नुवन्पूर्वमर्षत् ।
तद्धावतोऽन्यानत्येति तिष्ठत्तस्मिन्नपो मातरिश्वा दधाति ॥ ४॥
तदेजति तन्नैजति तद्दूरे तद्वन्तिके ।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यतः ॥ ५॥
यस्तु सर्वाणि भूतान्यात्मन्येवानुपश्यति ।
सर्वभूतेषु चात्मानं ततो न विजुगुप्सते ॥ ६॥
यस्मिन्सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः ।
तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ॥ ७॥
स पर्यगाच्छुक्रमकायमव्रण-
मस्नाविर्ँ शुद्धमपापविद्धम् ।
कविर्मनीषी परिभूः स्वयम्भू-
र्याथातथ्यतोऽर्थान् व्यदधाच्छाश्वतीभ्यः समाभ्यः ॥ ८॥
अन्धं तमः प्रविशन्ति येऽविद्यामुपासते ।
ततो भूय इव ते तमो य उ विद्याया्ँ रताः ॥ ९॥
अन्यदेवाहुर्विद्ययाऽन्यदाहुरविद्यया ।
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ॥ १०॥
विद्यां चाविद्यां च यस्तद्वेदोभय्ँ सह ।
अविद्यया मृत्युं तीर्त्वा विद्ययाऽमृतमश्नुते ॥ ११॥
अन्धं तमः प्रविशन्ति येऽसम्भूतिमुपासते ।
ततो भूय इव ते तमो य उ सम्भूत्या्ँ रताः ॥ १२॥
अन्यदेवाहुः सम्भवादन्यदाहुरसम्भवात् ।
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ॥ १३॥
सम्भूतिं च विनाशं च यस्तद्वेदोभय्ँ सह ।
विनाशेन मृत्युं तीर्त्वा सम्भूत्याऽमृतमश्नुते ॥ १४॥
हिरण्मयेन पात्रेण सत्यस्यापिहितं मुखम् ।
तत्त्वं पूषन्नपावृणु सत्यधर्माय दृष्टये ॥ १५॥
पूषन्नेकर्षे यम सूर्य प्राजापत्य
व्यूह रश्मीन् समूह तेजः ।
यत्ते रूपं कल्याणतमं तत्ते पश्यामि
योऽसावसौ पुरुषः सोऽहमस्मि ॥ १६॥
वायुरनिलममृतमथेदं भस्मांत्ँ शरीरम् ।
ॐ क्रतो स्मर कृत्ँ स्मर क्रतो स्मर कृत्ँ स्मर ॥ १७॥
अग्ने नय सुपथा राये अस्मान्
विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो
भूयिष्ठां ते नमौक्तिं विधेम ॥ १८॥
॥ इति ईशोपनिषत् ॥
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ॥
ॐ शांतिः शांतिः शांतिः ॥
ईशोपनिषद् नेपाली भाषामा
- संसारमा जे जति चराचर वस्तुहरु छन् ती सबैमा सर्वशक्तिमान, सर्वज्ञ, सर्वकल्याणयुक्त परमेश्वर व्याप्त छ । यदि भोगको आनन्द लिनु छ भने अनासक्त होउ अर्थात् अरुको हितमा त्याग गर्न सिक । किनभने यो (आफुले कमाएको)धन कसैको (आफ्नो) होइन ।१।
- स्वस्थ र निश्चिन्त रहेर दीर्घायु बांच्ने इच्छा भने त्याग गर्नु पर्छ । अर्का शब्दमा ईश्वरकालागि (व्यक्तिगत स्वार्थकालागि होइन), परमार्थ र परोपकारकालागि काम गर्नु पर्छ ।२।
- तर जसले केवल आफ्ना स्वार्थकालागि काम गर्छ, त्यस्ता मानिसले (त्यसले यस जीवनमा केही भौतिक सुख पाइ हाले पनि) यो शरीर छुटेपछि अन्धकार पूर्ण योनिमा जन्म लिन्छ । यसको अर्थ हो उसको मानसिक जीवन अन्धकारपूर्ण हुन्छ । यस्ता मानिसले मानसिक उच्चता प्राप्त गर्न सक्दैन र निरन्तर निम्न र निम्नतर मानसिक स्तरको हुंदै जान्छ ।३।
- (किनभने) ब्रह्माण्डमा सबभन्दा उच्च शक्ति भनेका परमेश्वर हुन् । जुन अचल छन् । एक मात्र छन् ।मनभन्दा गतिमान छन् । सृष्टिपूर्वका जानकार छन् । ज्ञानस्वरुप छन् । जुन परमेश्वरको संकल्पले नै वायु, पानी आदि दृश्य जगत निर्माण हुन्छ,लार्ई देवताहरुले पनि जान्न सक्दैनन् । ४।
- यस्ता अव्यक्त ईश्वर हाम्रौ नजीकभन्दा नजीक छन् । टाढाभन्दा टाढा छन् । सदा अचल छन् । सदा प्रवाहमान छन् । पूर्ण छन् । केवल एक मात्र छन् । अनन्त रुपमा छन् ।। ५।
- जसले संपूर्ण सृष्टिलाई आफु भित्र देख्दछ, त्यसले आफु स्वयंलाई संपूर्ण प्राणीहरुमा अनुभव गर्दछ । तसर्थ कसै प्रति घृणा, रागद्वेष गर्दैन । ईश्वरको अनुभव गर्नेले केवल आफ्नो स्वार्थकालागि मात्र काम गर्दैन ।६।
- जुन अवस्थामा, व्यक्तिरुप चैतन्यले अनुभवद्वारा (सुनेर पढेर होइन) संपूर्ण विश्व आत्म चैतन्य देख्छ, ईश्वरभन्दा जगत ईश्वर तत्व भिन्न छैन भन्ने अनुभव हुन्छ । त्यस स्थितिमा म शरीर हूं, शरीर मेरो हो, शरीरसंग संबन्धित पदार्थहरु मेरा हुन् भन्ने भावना र संयोग वियोगको, सुख दुख रहंदैनन् । अनि विश्वसंग एकत्व भाव अनुभव हुन जान्छ ।७।
- संपूर्ण विश्व ब्रह्माण्ड आफुमा देख्ने र आफुलाई संपूर्ण विश्व ब्रह्माण्डमा व्याप्त भएको अनुभव गर्ने शरीरधारी व्यक्ति ऐश्वर्यमय नाडी जालरहित, भौतिक शरीर रहित, शुद्धः निर्मल पापपुण्यले स्पर्श गर्न नसक्ने परमेश्वरलाई साधकहरुले अनुभव गर्न सक्छन् ।८।
- जसको मात्र पदार्थवादी दृष्टिकोण रहन्छ, त्यस्ता व्यक्तिहरु, गहन अन्धकारतर्फ जान्छन् । जो व्यक्तिहरु, विद्यामा, शब्द ज्ञान, श्रुत ज्ञान, पदार्थ ज्ञान मै, तल्लीन रहन्छन् । त्यस्ता व्यक्तिहरु त्यो भन्दा पनि गहन अन्धकारमा प्रवेश गर्दछन् ।९।
- विद्याको उचित अनुष्ठान गर्नाले अर्थात् वास्तविक ज्ञानको उपलब्धि गर्नाले अर्कै किसिमको परिणाम हुन्छ । अर्कातिर अविद्याको मार्गमा जानाले सांसारिक इच्छापूर्तिकालागि मात्र कर्म गर्नाले भिन्नै किसिमको फल प्राप्त हुन्छ । १०।
- जो मनुष्य, ज्ञानमार्ग र कर्मानुष्ठान आदि सबै रहस्य जान्दछ, त्यसले निष्काम कर्म अनुष्ठानद्वारा, मृत्यु के रहेछ भन्ने कुरा जानेर, ज्ञानस्वरुप परमात्मालाई प्राप्त गर्दछ । यस्तो मानिसको भावनामा स्वार्थ र क्षुद्रता हुंदैन । किनभने व्यक्ति अव्यक्तको अभिव्यक्ति मात्र हो भन्ने अनुभवमा पुगेर निःशोक निर्भय हुन जान्छ ११।
- जो, दृश्य जगतका पदार्थकै चाहनामा (सकाम कर्म अुष्ठान) आराधना गर्दछन् । अज्ञानमय, भोग योनिलाई नै सबै कुरा ठान्दछन् । उनीहरु बारम्बार त्यस्तै जीवनमा जन्म मरणको चक्रमा पर्दछन् ।१२।
- अव्यक्त परमेश्वरको उपासना गर्नाले, भिन्नै किसिमको फल प्राप्त हुन्छ । ईशतत्वमा प्रतिष्ठित भएर शरीरधारी हुंदा हुंदै पनि ऊ ब्रह्मज्ञ हुन्छ । लोक कल्याणकालागि अहर्निश संलग्न रहन्छ । तर व्यक्त विषयको, आफुलाई व्यक्ति ठानेर उपासना गर्दछ भने स्वर्गादि तथा अन्यान्य भोगरुप फल प्राप्त हुन्छ ।१३।
- जुन साधकले, अव्यक्त परमेश्वरलाई र व्यक्त ब्रह्म अर्थात् शरीरलाई दुवैलाई विवेकले तत्व वेत्ताहरुको सत्संगद्वारा, अनुभवमा ल्याउंछ भने विनाशशील, मरणशील जगतबाट, जन्म मरणको भ्रमबाट, मुक्त भएर, ईश्वर तत्वमा प्रतिष्ठित भएर सनातन आफ्नो स्वरुपमा स्थित हुन्छ । १४।
- बाहरी दृश्य जगतका आकर्षणले गर्दा सच्चिदानन्दस्वरुप परमात्माको दर्शन हुन सकेको छैन ।) त्यस कारण सत्य र धर्मको, दर्शनकालागि जे जति अवरोधहरु छन् ती सबै (अधिष्ठात्री देवता) हजुरले, हटाइ दिनुहोस् । १५।
- सबैको पोष गर्ने एक मात्र तत्वदर्शी सर्व नियन्ता तपाईंले सूर्यस्वरुपभइ प्रजापतिस्वरुप प्रकाश किरणहरु एकत्र गर्नु होस् । र संपूर्ण प्रकाश समूहलाई आफुमा समेट्नु होस् । सूर्यको आत्मस्वरुप पनि परमेश्वर नै हुन् र त्यही प्रकाशको एक अंश म पनि हूं । यो अनुभव भए पछि ईश्वर एकत्वको अनुभव हुन जान्छ ।१६।
- यो अक्षर तत्व हो । यो (पाञ्चभौतिक) शरीर नाशवान छ । यसको परिणति पंचतत्वमा मिल्नु हो । तर प्राणवायु चैतन्य समष्टि सनातनरुपले रहेको छ । यसको विनाश हुंदैन । हे सच्चिदानन्द परमात्मा, प्रत्येकले यज्ञादि कर्मानुष्ठानद्वारा ठीक समयमा र ठीक विधिले तपाईंको स्मरण गरुन् । किनकि शरीर अनित्य छ केवल ईश्वर चैतन्य मात्र नित्य छ । यो कुरा सबैले याद गर्नु पर्छ । १७।
- हे अग्नि देवता, हामीलाई परमप्रभु परमेश्वरको आराधना र प्रार्थना गर्न र असल मार्गमा अवलम्बन गरी सो मार्गबाट लिएर जानुहोस् । हे देव, तपाईंले मेरा सम्पूर्ण कर्महरु राम्ररी थाहा पाउनु भएको छ । किनभने ईश्वरलाई अज्ञात केही छैन । (तसर्थ) मेरो यस मार्गलाई प्रतिबन्ध गर्ने (जुन) पापहरु छन्, तिनीहरुलाइ पन्छाई दिनुहोस् । तपाईंलाई यो कुरा बारम्बार अनुरोध गर्दछु । बारम्बार नमस्कार गर्दछु ।१८।
source https://ne.wikipedia.org/wiki
No comments:
Post a Comment