ॐ अद्वैतपुरुषस्य न द्वितीयो भेदोsस्ति ।
स्थिरजङ्ममध्ये अद्वैतं ब्रह्म प्रकाशितम् ।
सर्वलोकमध्ये ब्रह्म द्विधा रूपं विचरति ।
चैतन्यचित्तेजसः अन्तरात्मा ।
मध्ये कैवल्यात्मा ।
एकैकं यथा रवितेजः ।
रविर्भवेत् तथा अखण्डितब्रह्म मायाजगत्त्रयं अवस्थात्रयं परमात्मनः एकं भवति ।
या बुद्धिर्गर्भमध्ये सा बुद्धिर्बाल्यावस्था न भवति ।
या बुद्धिर्बाल्यावस्था भवति सा बुद्धिर्यौवनावस्था न भवति ।
या बुद्धिर्यौवनावस्था सा बुद्धिर्यूनावस्था न भवति ।
जरावस्था कालसंप्रीकामेवधर्मक्रियते कारणं तत्त्वज्ञानं भवति ।
ज्ञानप्रबोधो यस्मिन्मध्ये मायामोहं परित्यज्य सर्वकर्मविनिर्मुक्तः स शब्दातीतोsपि जायते ।
अथेतोsपि अद्वैतपुरुषस्य पूर्णं ब्रह्म प्रतिभासितम् ।
यथा नदी जायते सागर एकोsपि सागरप्रतिभासितः तथा ब्रह्म सर्वान्तरात्मा मध्ये प्रकाशितम् ।
नाप्रसं संपुटं सत्वरजस्तमोगुणरहितं तत्त्वं चेति ।
यथा योगी वायुनिरोधनं उक्ताचरणगुरुराछिनोति किल्बिषम् ।
सर्वदिव्यदेहमध्ये परमात्मा प्रकाशितः विनिर्मुक्तभवसागरः स्वर्गे देव मध्ये
उत्तमस्वल्पस्य बुद्धिप्रकाशः अस्मिन्मध्ये मायामोहं परित्यजेत् ।
प्रकाशमध्ये माया करोति ।
तैलमध्ये यथा यथा मक्षिका एकदेहिमध्ये ब्रह्म दशधा रूपं विचरति ।
चक्षुः प्राणमनोबुद्धिपञ्चेन्द्रियाणि पञ्चतत्त्वानि तथा घटघट मध्ये बहुचन्द्रोsपि दृश्यते प्रकाशितः सर्वलोकमध्ये ब्रह्णो रूपं विचरति तथा घटघट मध्ये बहुचन्द्रोsपि दृश्यते ।
अद्वैतं कथितं येन पुरुषोsमूढो भवति ।
देवासुरमुनिमनुष्याणां अधः ऊर्ध्वं चतुर्दिशम् ।
भुवर्णायुदेवादाव्यदेहितेरसकारो दृष्यते रसकाराकारमध्ये भवति निराकारः
अकारउकार मध्ये ब्रह्म परिपूर्णं सत्यसत्यं वेदवाक्यं वेदशास्त्रप्रतिभासितं
कैवल्यं द्वैताद्वैतरहितं मनोमय आनन्दमयतत्त्वमयतेजोमयसर्वमयः
विष्णुवृक्षफलं उत्पन्नं परमहंसपूर्णोsपि जायते ।
ज्ञानं माता विज्ञानं पिता सगुणब्रह्म निर्गुणब्रह्मार्पितं अष्टमि च
निर्गुणावस्था ब्रह्म शरीरज्ञानलहरी ब्रह्मणः ।
ब्रह्मणो यज्ञोपवीतमनिष्टं गंभिरग्रहे क्षेमसर्ववैराग्यप्रभावेन
सन्तोषलाभसमस्तगुणोsपि जायते ।
परमहंस पुरुषस्य द्वितियं भेदं यथा जलरहिते भिन्नं प्राणप्रीतेयन् ।
द्वितीयवस्तुरहितः अखण्डितं वस्तु मध्ये प्रविष्टं अर्धस्थाने
अर्धमृचस्थाने आत्मा दृष्यते आत्मव्यापकं ब्रह्मज्ञानविज्ञानम् ।।
नेपालीमा अर्थः
अद्वैत पुरुषको दोस्रो भेद (रूप) छैन । स्थावर (जड), जङ्गम (चेतन) प्रत्येक पदार्थमा ब्रह नै प्रकाशित भै रहेको छ । सम्पूर्ण संसारमा ब्रह्म यही दुइ रूपमा विचरण गरिरहेको छ । (प्रकाशित भै रहेको छ ।) तेजस् अर्थात प्रकाश को अन्तरात्मा चैतन्य ज्ञान स्वरूप हो । मध्यमा कैवल्य स्वरूपवाला आत्मा विद्यमान छ । जसरी सूर्यको प्रत्येक प्रकाश (किरण) सूर्य नै हो, त्यसै गरी अखण्ड ब्रह्म, मायामय तीनै जगत र तीनै अवस्था एउटै परमात्माको विविध रूप हो । गर्भमा प्रणीको जुन बुद्धि हुन्छ त्यो बाल्यावस्थामा त्यस्तो हुदैन । बाल्यावस्थामा जुन बुद्धि हुन्छ त्यो युवावस्थामा हुदैन ।यौवनावस्थामा जुन बुद्धि हुन्छ त्यो प्रौढावस्थामा हुदैन । काललाई प्रतिक्षा गर्ने जरावस्थाले नै धर्ममा प्रवृत्त गर्दछ, तत्त्वज्ञान यसैकारण हुन्छ । जसमा ज्ञानको उदय हुन्छ, ऊ माया मोहलाई त्यागेर सम्पूर्ण कर्मवाट मुक्त हुन्छ । ऊ शब्दातित (जस्को यथार्थ वर्णन सम्भव छैन) पनि हुन्छ । यो स्थितिवाला अद्वैत पुरुषको लागि पूर्ण ब्रह्म (एकाकार रूपमा) प्रतिभासित हुनेछ । जस्तो सागरमा मिलेर नदी पनि एक मात्र सागर हुन्छ । त्यस्तै सबै आत्मामा प्रकाशित ब्रह्म पनि एकमात्र ब्रह्मरूपमा प्रतिभासित हुन्छ । सत्त्व रज र तम यी तीन गुणरहित कुनै पनि पदार्थ प्रकट हुदैन । शास्त्र निहित आचरण गर्नेवाला व्यत्ति, श्वासमा नियन्त्रण गर्न सक्ने योगीको जस्तो आफ्नू दुष्कृत्यहरू छिन्न भिन्न गर्दछ । सबैको दिव्य देहमा परमात्मा नै प्रकाशित भैरहनु भएको छ । यस्तो ज्ञान भए पछि जीव भवसागरवाट मुक्त हुन्छ । स्वर्गमा देवहरुको बीच रहने सानो ठूलो सबै बुद्धिमा तत्त्वज्ञानको प्रकाश हुन्छ । अतः यो लोकमा माया मोह त्याग्नु नै उचित हो ।
प्रकाशमा पनि माया नै काम गर्छ । तेलमा विचरण गर्नेवाला झिंगा जस्तै ब्रह्म पनि एउटै जीवात्माको शरीरमा दश रूपमा विचरण गर्छ । जस्तो चक्षु, प्राण, मन, बुद्धि पाँच इन्द्रियहरू सबै पञ्चतत्त्वमय हुन् । जसरी चन्द्रमा जलले भरिएको प्रत्येक घटमा अनेकौं भएर प्रतिबिम्बत हुन्छ, त्यसरीनै सम्पूर्ण जगतमा प्रत्येक अन्तस्करणमा ब्रह्म नै विभिन्न रूपमा प्रकाशित भैरहेको हुनुहुन्छ । अद्वैतको जुन वर्णन गरिएको छ त्यस अनुरुप अमूढ मोह रहित हुन्छ । देव, राक्षस, मनुष्य तथा तल माथी सर्वत्र ब्रह्नै प्रकाशित भैरहनु भएको छ । रसकारको (रसस्वरूप सगुण ब्रह्म) सकार हुन्छ । अकार उकारको ब्रह्म निराकार हो । जो परिपूर्ण ब्रह्म हो । सत्यको पनि सत्य, वेदज्ञानको वाचक, वेदशास्त्रद्वारा प्रतिभासित, कैवल्यस्वरूप, द्वैताद्वैतरहित, मनोमय, आनन्दमय, तत्त्वमय, तेजोमय, सर्वात्मक, विष्णु, वृक्षमा फल उत्पन्न भएमा पूर्ण परमहंश हुन्छ । यस्तो स्थतिमा ज्ञान नै माता, विज्ञान नै पिता सगुण ब्रह्म निर्गुण ब्रह्ममा लीन हुन्छ । यो आठौ निर्गुणावस्था हो । यो ब्रह्म शरीर ज्ञानको लहर हो । ब्रह्मको लागि यज्ञोपवित अभीष्ट हैन । अद्वैत ब्रह्मको गम्भिर ज्ञान उपलब्धिले सम्पूर्ण योगक्षेम हुन्छ । वैराग्यको प्रभावले सन्तोष, लाभ एवं समस्त गुणहरू प्राप्ति हुन्छ । परमहंश पुरुषको द्वितीय भेद त्यस्तो हुन्छ जस्तो जलविहिन पात्रमा चन्द्र सूर्य को प्रतिबिम्ब जल भन्दा भिन्न प्रतित हुन्छ । द्वितीय वस्तुको ज्ञानरहित(एकात्मज्ञान युक्त) अखण्ड वस्तु हृदयमा प्रविष्ट आत्मा अर्द्ध ऋचा जस्तै समान देखिन्छ । ब्रह्मका सम्पूर्ण ज्ञान विज्ञान आत्मा समान व्यापक छ ।
।। इति अद्वैतोपनिषत् समाप्ता ।।
No comments:
Post a Comment