'''अथाष्टादशोऽध्यायः'''
अर्जुन उवाच
अर्जुन उवाच
संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम्।
त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ॥१८- १॥
अर्जुनले भने : हे महाबाहु ! मलाई संन्यासको सारतत्व भन्नुहोस् र हे ऋषिकेश ! त्यागको मूल प्रयोजन बारे पनि वताउनुहोस् |

श्रीभगवानुवाच
काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदुः।
सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः ॥१८- २॥ श्रीभगवानले भन्नुभयो : विद्वान्हरूले सांसारिक कर्महरूको परित्यागलाई संन्यास भनेका छन् भने समस्त कर्मको फलासा छोड्नुलाई त्याग भनेका छन् |
त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिणः।
यज्ञदानतपःकर्म न त्याज्यमिति चापरे ॥१८- ३॥
एकथरी विद्वान्हरूले हरेक कर्म ब्यबधानकारी हुन्छ भन्ने ठानेर सबै कर्मबाट संन्यास लिनुपर्छ भन्छन् भने अरू केहीले यज्ञ, दान र तपस्याजस्ता कर्मलाई कदापि छोड्नुहुन्न भन्छन् |

निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम।
त्यागो हि पुरुषव्याघ्र त्रिविधः संप्रकीर्तितः ॥१८- ४॥
हे अर्जुन ! अव त्यागका विषयमा मेरो अभिमत सुन | हे पुरुषश्रेष्ठ ! शास्त्रमा तीन थरीका त्यागका बारेमा वर्णन गरिएको छ |

यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्।
यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ॥१८- ५॥
यज्ञ, दान तपस्या जस्ता कर्महरू छोड्न हुन्न, यी गर्नै पर्ने हुन् र यिनले मानिसलाई पवित्र तुल्याउँछन् |

एतान्यपि तु कर्माणि सङ्गं त्यक्त्वा फलानि च।
कर्तव्यानीति मे पार्थ निश्चितं मतमुत्तमम् ॥१८- ६॥
हे पार्थ ! यी सबै कर्महरू फलको आशा नराखिकन शुद्ध अन्त:कारणबाट गरिनुपर्छ | यही नै मेरो अन्तिम अभिमत हो |

नियतस्य तु संन्यासः कर्मणो नोपपद्यते।
मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ॥१८- ७॥
पूर्व-नियत गरिएका कर्महरू कहील्यै पनि छोड्नु हुन्न | यदि कसैले प्रमादवस आफ्नो पूर्व नियत कर्म छोड्छ भने यस्तो त्यागलाई तामसी त्याग भनिन्छ |

दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत्।
स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ॥१८- ८॥
र जसले आफ्ना लागि नियत गरिएको कर्तव्य शारीरिक दु:ख पाइने डरले परित्यागकर्महरू कर्तव्यको गर्दछ, त्यस्तो त्यागलाई राजसी त्याग भनिन्छ, यस्तो त्यागको कुनै प्रयोजन हुँदैन |

कार्यमित्येव यत्कर्म नियतं क्रियतेऽर्जुन।
सङ्गं त्यक्त्वा फलं चैव स त्यागः सात्त्विको मतः ॥१८- ९॥
हे अर्जुन ! जसले आफ्ना समस्त निर्धारित कर्महरू स्वकर्तव्यको भावनाले, फलको आशा नराखिकन सम्पन्न गर्दछ, यस्तो कर्म सात्विक हुन्छ |

न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते।
त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशयः ॥१८- १०॥
यस्तो मानिस बुद्धिमान्, सन्देहरहित, परमत्यागी, शुद्ध र शान्त हुन्छ उसका लागि सबै कर्महरू नदुखदायी हुन्छन् न् सुखदायी नै |

न हि देहभृता शक्यं त्यक्तुं कर्माण्यशेषतः।
यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ॥१८- ११॥
यस संसारमा एउटा देहधारी मानिसका लागि कर्म नगरिकन रहन सम्भव छैन | जसले आफ्ना समस्त कर्मफलको आशा त्यागेको छ, उही नै वास्तविक त्यागी कहलाउँछ |

अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम्।
भवत्यत्यागिनां प्रेत्य न तु संन्यासिनां क्वचित् ॥१८- १२॥
हरेक कर्म सुख,दुख अथवा दुवै प्रकारको मिश्रित फल प्रदान गर्ने हुन्छ र अत्यागीले ती सबै भोग्नुपर्ने पर्ने हुन्छ तर सन्यासीले यस्तो प्रतिफल भोगिरहनु पर्दैन |
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम्।

पञ्चैतानि महाबाहो कारणानि निबोध मे ।
सांख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ॥१८- १३॥
हे अर्जुन ! सांख्यदर्शनका अनुसार सम्पूर्ण कर्मका पाँचवटा कारण छन् | अब मबाट तिनीहरू बारे जान |
सांख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ॥१८- १३॥
हे अर्जुन ! सांख्यदर्शनका अनुसार सम्पूर्ण कर्मका पाँचवटा कारण छन् | अब मबाट तिनीहरू बारे जान |
अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम्।
विविधाश्च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ॥१८- १४॥
कर्मको मुख्य थलो शरीर, कर्ता, इन्द्रियहरू, फरक-फरक चाहनाहरू र अन्त्यमा ईश्वर यी पाँचवटा कर्मका प्रेरक तत्व हुन् |
शरीरवाङ्मनोभिर्यत्कर्म प्रारभते नरः।
न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतवः ॥१८- १५॥
मानिसले आफ्नो मन, बाणी र शरीरबाट राम्रो-नराम्रो जेजस्तो काम गर्छ, ती सबै उपरोक्त पाँच स्रोतबाट आएका हुन्छन् |

तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः।
पश्यत्यकृतबुद्धित्वान्न स पश्यति दुर्मतिः ॥१८- १६॥
यदि कुनै मानिसले प्रकृतिलाई कर्मको कारण नमानेर आँफुलाई कर्ता ठान्दछ भने ऊ मंद्बुद्धि हो |। उसले परमसत्यको साक्षात्कार गर्न सक्दैन |

यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते।
हत्वापि स इमाँल्लोकान्न हन्ति न निबध्यते ॥१८- १७॥
जुन अहंकाररहित छ र जसको बुद्धि कर्मप्रति अनासक्त छ, उसले यी समस्त योद्धाहरूको बध गरे पनि त्यसको कर्मफलबाट मुक्त रहन्छ |

ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना।
करणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रहः ॥१८- १८॥
ज्ञान, ज्ञानको विषय र ज्ञाता यी तीनवटा कर्मका प्रेरकतत्व तत्व हुन् भने कारण, कर्म र कर्ता यी तीनवटा तत्व कर्मका घटक हुन् |

ज्ञानं कर्म च कर्ता च त्रिधैव गुणभेदतः।
प्रोच्यते गुणसंख्याने यथावच्छृणु तान्यपि ॥१८- १९॥
प्रकृतिको फरक-फरक गुणका कारण ज्ञान, कर्म र कर्ताका तीन विभेद भएका हुन्, अव मबाट ती भेदहरूका विषयमा पनि सुन |

सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते।
अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम् ॥१८- २०॥
जुन ज्ञानबाट स्वभावत: छरिएर रहेको प्रकृतिमा अविनाशी र एकात्मकता अनुभूत हुन्छ त्यस्तो ज्ञानलाई सात्विक ज्ञान भनेर बुझ |

पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान्।
वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ॥१८- २१॥
तर जसले प्रकृतिका हरेक वस्तुलाई फरक-फरक स्वरूपमा बुझ्दछ, त्यस्तो बुझाई अर्थात् ज्ञानलाई तिमीले राजसी भनेर जान |

यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम्।
अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ॥१८- २२॥
अनि, यदि कसैले एउटै सामान्य बस्तुलाई अकारण नै एकमात्र कार्य हो भन्ने ठान्छ र त्यसैमा रमाउँछ भने यस्तो अयथार्थ र अल्प ज्ञानलाई तामसी भएको जान |

नियतं सङ्गरहितमरागद्वेषतः कृतम्।
अफलप्रेप्सुना कर्म यत्तत्सात्त्विकमुच्यते ॥१८- २३॥
फलको कुनै आसा नगरिकन, राग, द्वेष तथा संगरहित भएर हरहमेशा कर्तव्यनिष्ठ भएर गरिने कर्मलाई सात्विक भनिन्छ |

यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुनः।
क्रियते बहुलायासं तद्राजसमुदाहृतम् ॥१८- २४॥
जुन कर्म अहंकार र स्वेकीय इच्छापूर्तिको भावनाले परिश्रमपूर्वक सम्पन्न गरिन्छ, ती कर्महरू राजसी हुन्छन् |

अनुबन्धं क्षयं हिंसामनवेक्ष्य च पौरुषम्।
मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते ॥१८- २५॥
भावी बन्धनको पर्वाह नगरी, कसैलाई नाश पार्न, अनावश्यक बल प्रयोग गरी, हिंसात्मक र मोहग्रस्त अवस्थामा गरिएका समस्त कर्महरू तामसिक हुन्छन् |

मुक्तसङ्गोऽनहंवादी धृत्युत्साहसमन्वितः।
सिद्ध्यसिद्ध्योर्निर्विकारः कर्ता सात्त्विक उच्यते ॥१८- २६॥
जुन व्यक्तिले अनासक्त तथा अहंकाररहित भई धैर्यशीलता र उत्साहपूर्ण तवरले कार्यको सिद्धि अथवा असिद्धिको पर्वाह नगरी कर्म गर्दछ, त्यस्तो कर्ता सतोगुणी हुन्छ |

रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोऽशुचिः।
हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः ॥१८- २७॥
कर्म र त्यसको फलप्रति असक्त हुँदै कर्मको परिणाम उपभोग गर्न चाहने लोभी, इष्यालु, अपवित्र, सुखदुःखमा विचलित भइरहने कर्ता राजसी हुन्छ |

अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोऽलसः।
विषादी दीर्घसूत्री च कर्ता तामस उच्यते ॥१८- २८॥
कसैसंग नमिल्ने,भौतिकवादी, जिद्दी, कपटी, अर्काको अपकर गर्ने, अल्छी, चिन्तित र सुताहा कर्तालाई तामसी भनिन्छ |

बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं शृणु।
प्रोच्यमानमशेषेण पृथक्त्वेन धनंजय ॥१८- २९॥
हे धनन्जय ! प्रकृतिका तीन गुणअनुसार फरक-फरक रहेका धैर्य एवं ज्ञानका बिषयमा म तिमीलाई विस्तारपूर्वक भन्छु, सुन |

प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये।
बन्धं मोक्षं च या वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी ॥१८- ३०॥
हे पार्थ ! जुन बुद्धिद्वारा मानिसले स्वीकार गर्नु पर्ने र त्याग्नुपर्ने, गर्नु हुने र नहुने,डर सृजित गर्ने र अभय दिने तथा बन्धन-मुक्तिका बिषयमा राम्रो तवरले बुझ्दछ, यस्तो बुद्धि सात्विक हुन्छ |

यया धर्ममधर्मं च कार्यं चाकार्यमेव च।
अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी ॥१८- ३१॥
हे पार्थ ! धर्म-अधर्म र कार्य-अकार्यका बीचको फरक ठीक-ठीक तवरबाट छुट्याउँन नसक्ने बुद्धि राजसी- हुन्छ |

अधर्मं धर्ममिति या मन्यते तमसावृता।
सर्वार्थान्विपरीतांश्च बुद्धिः सा पार्थ तामसी ॥१८- ३२॥
अज्ञानरूप अन्धकारमा परेर धर्मलाई अधर्म ठान्ने र अधर्मलाई धर्म ठान्ने, सधैं विपरित कर्म गर्न प्रेरित गर्ने र भ्रमित रहने बुद्धि तामसी हुन्छ |

धृत्या यया धारयते मनःप्राणेन्द्रियक्रियाः।
योगेनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्त्विकी ॥१८- ३३॥
हे पार्थ ! जव योगका माध्यमबाट मनस र इन्द्रियहरू पूर्णतया नियन्त्रित हुन्छन्, त्यस्तो संकल्पलाई सात्विक भनिन्छ र यो अचल एवं अखण्ड हुन्छ |

यया तु धर्मकामार्थान्धृत्या धारयतेऽर्जुन।
प्रसङ्गेन फलाकाङ्क्षी धृतिः सा पार्थ राजसी ॥१८- ३४॥
हे अर्जुन | जुन धृतिले गर्दा मानिस धर्म, अर्थ र शारीरिक-वासनामा आशक्त हुन्छ, त्यस्तो धारणा राजसिक हुन्छ |

यया स्वप्नं भयं शोकं विषादं मदमेव च।
न विमुञ्चति दुर्मेधा धृतिः सा पार्थ तामसी ॥१८- ३५॥
हे पार्थ ! जुन संकल्प, सपना, डर, शोक, विषाद र मोहबाट माथि जान सक्दैन यस्तो अबौद्धिक धृतिलाई तामसी भनिन्छ |

सुखं त्विदानीं त्रिविधं शृणु मे भरतर्षभ।
अभ्यासाद्रमते यत्र दुःखान्तं च निगच्छति ॥१८- ३६॥
हे भरतश्रेष्ठ ! अब म तीन प्रकारका सुखका विषयमा भन्दछु सुन | सुमार्गमा प्राप्त हुने सुखमा सबै प्रकारका दु:खहरूको अन्त्य-निहित हुन्छ |

यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम्।
तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ॥१८- ३७॥
जो आरम्भमा बिष झैँ अनुभूत भए तापनि अन्त्यमा अमृत-सरह हुन्छ भने अन्तरात्मा एवं बुद्धिलाई आनन्द प्रदान गर्छ, त्यस्तो सुख सात्विक हुन्छ |

विषयेन्द्रियसंयोगाद्यत्तदग्रेऽमृतोपमम्।
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ॥१८- ३८॥
विषय र इन्द्रियहरूको सम्बन्धबाट उत्पन्न हुने सुख जुन आरम्भमा अमृत झैँ हुन्छ र अन्त्यमा विष झैँ दुखदायी हुन्छ, यस्तो सुख राजसिक हुन्छ |

यदग्रे चानुबन्धे च सुखं मोहनमात्मनः।
निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाहृतम् ॥१८- ३९॥
जुन सुख आरम्भदेखि अन्त्यसम्म आत्मालाई मोहित गरिरहन्छ र निद्रा, आलस्य र मोहबाट जसको उत्पत्ति हुन्छ, त्यस्तो सुख तामसी हुन्छ |

न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः।
सत्त्वं प्रकृतिजैर्मुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ॥१८- ४०॥
यो भौतिक-संसार वा स्वर्गका प्रत्येक जीवहरू प्रकृतिका यी तीनबटा गुणहरूको प्रभावबाट मुक्त छैनन् |

ब्राह्मणक्षत्रियविशां शूद्राणां च परन्तप।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणैः ॥१८- ४१॥
ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रहरू आफ्नै सह्जात प्राकृतिक गुणअनुसार फरक-फरक छन् |

शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च।
ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ॥१८- ४२॥
ब्राह्मणमा शम, दम, तप, पवित्रता, सहनशीलता, इमान्दारिता, ज्ञान, विज्ञान र आध्यात्मिकता यी सहजात प्राकृतिक गुण हुन्छन् |

शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम्।
दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ॥१८- ४३॥
वीरता, शक्ति, संकल्प, उद्यमशीलता, युद्धमा उत्साह, उदारता र नेतृत्व यी क्षत्रीका प्राकृतिक गुण हुन् |

कृषिगौरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम्।
परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ॥१८- ४४॥
कृषि, गौपालन र वाणिज्य विषयहरूको प्राकृतिक गुण हो भने अर्काको सेवा गर्नु शूद्रस्वभावहरूको स्वाभाविक कर्म हो |

स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः।
स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ॥१८- ४५॥
आ-आफ्नो प्रकृति वा स्वभावअनुसार कर्म नियत कर्म गरेमा मानिसले सिद्धि प्राप्त गर्छ | आफ्नो लागि नियत गरिएको कर्म गरेर मानिसले कसरी सफलता प्राप्त गर्न सक्छ, त्यो पनि सुन |

यतः प्रवृत्तिर्भूतानां येन सर्वमिदं ततम् ।
स्वकर्मणा तमभ्यर्च्य सिद्धिं विन्दति मानवः ॥१८- ४६॥
आफ्ना लागि नियत भएको प्राकृतिक स्वभावअनुसार कर्म गरेर भगवानको पूजा-आराधना गरेर मानिसले सिद्धि प्राप्त गर्दछ |

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात्।
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ॥१८- ४७॥
अर्काको राम्रो ब्यबसाय अपनाउँनु भन्दा पनि केही कमसल नै भए तापनि आफ्नै स्वभाव अनुरूपको कर्म गर्नु बेस हुन्छ | आफ्नो प्रकृतिअनुसार काम गर्दा कहील्यै पनि दुख हुँदैन |

सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत्।
सर्वारम्भा हि दोषेण धूमेनाग्निरिवावृताः ॥१८- ४८॥
हे कुन्तीपुत्र ! केही त्रुटीपूर्ण भए तापनि आफ्नो स्वभावसंग मिल्दो कर्म छोड्नु हुँदैन, किनभने धुवाले आगोलाई ढाकेझैँ हरेक कार्यमा कुनै नकुनै दोष हुन्छ नै |

असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः।
नैष्कर्म्यसिद्धिं परमां संन्यासेनाधिगच्छति ॥१८- ४९॥
अनासक्त बुद्धि भएको, पूर्णरूपले मनलाई नियन्त्रण गरेको र चाहनारहित व्यक्तिले त्यागको अभ्यासका माध्यमबाट परमपद प्राप्त गर्छ |

सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे।
समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ॥१८- ५०॥
हे अर्जुन ! अव उसले कसरी ज्ञानको सर्वोच्चता अर्थात् ब्रह्मपद प्राप्त गर्छ, यो कुरा मबाट संक्षेपमा सुन |

बुद्ध्या विशुद्ध्या युक्तो धृत्यात्मानं नियम्य च।
शब्दादीन्विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ॥१८- ५१॥
जब मानिसको बौद्धिक दृष्टिकोण सफा हुन्छ र मन पूर्णतया एकाग्र हुन्छ, शब्दादि इन्द्रिय अनुभूति समाप्त हुन्छन् र आत्मा रागद्वेसबाट माथि उठ्छ |

विविक्तसेवी लघ्वाशी यतवाक्कायमानसः।
ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रितः ॥१८- ५२॥
अनि पूर्णतया एकान्त ठाउँमा निवास गर्दछ, थोरै भोजन गर्छ, शरीर मन र बोलीमा नियन्त्रण गर्दछ र हरहमेशा स्वात्म केन्द्रीत रहन्छ |

अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम्।
विमुच्य निर्ममः शान्तो ब्रह्मभूयाय कल्पते ॥१८- ५३॥
अहंकार, बल, घमण्ड, काम-वासना, रीस, संग्रहरहित, अभिमान त्यागेको त्यस्तो व्यक्तिलाई ब्रह्मपद प्राप्त गरेको मान्न सकिन्छ |

ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति।
समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् ॥१८- ५४॥
ब्रह्म साक्षात्कार गरेको र हरहमेशा आनन्दमा रहने, शोक र ईच्छारहित अनि, समस्त प्राणीमा समान दृष्टिकोण भएको मानिसले मेरो अपरा भक्ति प्राप्त गर्छ |

भक्त्या मामभिजानाति यावान्यश्चास्मि तत्त्वतः।
ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ॥१८- ५५॥
भक्तिका माध्यमबाट मात्रै मानिसले मेरो असली स्वरुप चिन्न सक्छ | यसरी मलाई तात्विक रूपमा बुझेपछि ऊ ममा प्रवेश गर्दछ |

सर्वकर्माण्यपि सदा कुर्वाणो मद्व्यपाश्रयः।
मत्प्रसादादवाप्नोति शाश्वतं पदमव्ययम् ॥१८- ५६॥
यस्ता साधकले मेरो संरक्षणमा रहेर सबैथरीका काम गर्दै मेरो कृपाले अविनाशी तथा नित्य धाम प्राप्त गर्छन् |

चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्परः।
बुद्धियोगमुपाश्रित्य मच्चित्तः सततं भव ॥१८- ५७॥
पूर्ण-चेतनामा रहेर मेरै लागि समस्त कर्म गर र बुद्धियोगको आश्रयमा रहेर निरन्तर मैमा मन लगाऊ |

मच्चित्तः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि।
अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्ष्यसि ॥१८- ५८॥
यदि तिम्रो चित्त पूर्णतया ममा आश्रित छ भने मेरो कृपाले सबै प्रकारका असजिलाहरू पार गर्नेछौ | यदि तिमी आत्मकेन्द्रीत छौ र आत्माको आवाज सुनेनौ भने तिम्रो विनाश हुनेछ |

यदहंकारमाश्रित्य न योत्स्य इति मन्यसे।
मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ॥१८- ५९॥
यदि अहंकारी भएर लडाई गर्दिन भनिरहन्छौ भने तिमी आफ्नो प्राकृतिक स्वभाव विपरित छौ र प्रकृतिले पुन: त्यसैका लागि प्रेरित गर्नेछ |

स्वभावजेन कौन्तेय निबद्धः स्वेन कर्मणा।
कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोऽपि तत् ॥१८- ६०॥
हे कौन्तेय ! तिमी अहिले स्वभावत: पूर्वकर्मको प्रभावमा रुल्मुलिएकाले मोहित छौ र आफ्नो मूलकर्म गर्न चाहिरहेका छैनौ तर तिमीले नचाहे तापनि स्वभावअनुसारको कर्म गर्नै पर्नेछ |

ईश्वरः सर्वभूतानां हृद्देशेऽर्जुन तिष्ठति।
भ्रामयन्सर्वभूतानि यन्त्रारूढानि मायया ॥१८- ६१॥
हे अर्जुन ! ईश्वर समस्त प्राणीहरूका हृदयमा विराजमान छ र तिनलाई आफ्नो मायाले कठपुतली झैं नचाइरहेको छ |

तमेव शरणं गच्छ सर्वभावेन भारत।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम् ॥१८- ६२॥
हे भारत ! तिमी पूर्णरूपले तिनकै शरणमा जाऊ, तिनकै कृपाले तिमीले परमशान्ति र अविनाशी पद प्राप्त गर्नेछौं |

इति ते ज्ञानमाख्यातं गुह्याद्गुह्यतरं मया।
विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ॥१८- ६३॥
यस प्रकार मैले तिमीलाई अत्यन्त गोपनीय ज्ञानका विषयमा बताए | यसका विषयमा आफ्नो अन्तरात्माले मनन गर र तिमीलाई जस्तो उचित लाग्छ, त्यही गर |

सर्वगुह्यतमं भूयः शृणु मे परमं वचः।
इष्टोऽसि मे दृढमिति ततो वक्ष्यामि ते हितम् ॥१८- ६४॥
तिमी मेरो ज्यादै मिल्ने साथी भएकोले फेरी तिम्रोमन मलाई कल्याणका लागि असाध्यै गोप्य ज्ञानको कुरा भन्छु, त्यो सुन |

मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु।
मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोऽसि मे ॥१८- ६५॥
मेरै चिन्तन गर, भक्त बन, पूजा गर र मैलाई नमस्कार गर | यसो गरे तिमीले मलाई प्राप्त गर्नेछौं | मेरो प्रिय साथी भएकोले म तिमीसंग यो प्रतिज्ञा गर्दछु |

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज।
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥१८- ६६॥
सबै थरिका धर्मकर्म छोडेर मेरो शरणमा जाऊ, मैले तिमीलाई सबै थरिका पापबाट उन्मुक्ति दिने छु, नडराऊ |

इदं ते नातपस्काय नाभक्ताय कदाचन।
न चाशुश्रूषवे वाच्यं न च मां योऽभ्यसूयति ॥१८- ६७॥
तिमीले यो गोप्य ज्ञान आत्म-अनुशासन नभएका, मसंग विनाकारण शत्रुता गर्ने र अभक्तलाई कुनै पनि हालतमा नबताउँनु |

य इमं परमं गुह्यं मद्भक्तेष्वभिधास्यति।
भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशयः ॥१८- ६८॥
जसले मेरा अनन्य भक्तलाई यस गोपनीय ज्ञानको उपदेश दिन्छ, त्यसले मेरो परमभक्ति पाउँने र मलाई प्राप्त गर्नेछ |

न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तमः।
भविता न च मे तस्मादन्यः प्रियतरो भुवि ॥१८- ६९॥
मेरो लागि यस संसारमा सो मानिस भन्दा प्यारो अर्को छैन भने भविष्यमा पनि एत्तिको प्यारो अरू कुनै मानिस हुनेछैन |

अध्येष्यते च य इमं धर्म्यं संवादमावयोः।
ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः ॥१८- ७०॥
जसले हामी बीच भएको यस धार्मिक-संवादलाई सुन्छ, त्यसले आफ्नो विवेकरूप यज्याले मेरो आराधना गरेको ठहर्छ भन्ने मेरो विचार छ |

श्रद्धावाननसूयश्च शृणुयादपि यो नरः।
सोऽपि मुक्तः शुभाँल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ॥१८- ७१॥
जसले यो संवादलाई द्येषरहित र श्रद्धायुक्त भएर सुन्छ, त्यो मानिस सबै प्रकारका पापहरुबाट मुक्त भई धर्मात्माहरूले निवास गर्ने शुभलोक प्राप्त गर्छ |

कच्चिदेतच्छ्रुतं पार्थ त्वयैकाग्रेण चेतसा।
कच्चिदज्ञानसंमोहः प्रनष्टस्ते धनंजय ॥१८- ७२॥
हे पार्थ, हे धनन्जय ! तिमीले मन एकाग्र गरेर मलाई सुन्यो | तिमीमा रहेको अज्ञान र मोह मासियो कि मासिएको छैन ?

अर्जुन उवाच नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत।
स्थितोऽस्मि गतसन्देहः करिष्ये वचनं तव ॥१८- ७३॥
अर्जुनले भने : हे अच्युत ! तपाईंको कृपाले मेरो मोह मासियो र मैले फेरी स्मृति प्राप्त गरें | मेरा सबै सन्देहहरू समाप्त भई मेरो बुद्धि स्थिर भएको छ | म हजुरको हरेक आज्ञा मान्न तयार छु |

संजय उवाच
इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः।
संवादमिममश्रौषमद्भुतं रोमहर्षणम् ॥१८- ७४॥
संजयले भने : यसरी मैले महापुरुष वासुदेव कृष्ण र अर्जुनका बीचमा भएको संवाद सुने | त्यसले मेरो शरीर रोमान्चित भइरहेको छ |

व्यासप्रसादाच्छ्रुतवानेतद्गुह्यमहं परम्।
योगं योगेश्वरात्कृष्णात्साक्षात्कथयतः स्वयम् ॥१८- ७५॥
मेरा गुरु वेदव्यासको कृपाले योगेश्वर श्रीकृष्ण र अर्जुनका बीचमा भएको यो रहस्यपूर्ण संबाद मैले प्रत्यक्ष सुने |

राजन्संस्मृत्य संस्मृत्य संवादमिममद्भुतम्।
केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहुः ॥१८- ७६॥
हे राजा ! जब म केशव र अर्जुनका बीचमा भएको त्यो अद्भुत एवं पुण्यदायी सम्बाद सम्झन्छु, त्यस बखत घरिघरी हर्षले भरिपूर्ण हुन्छ |

तच्च संस्मृत्य संस्मृत्य रूपमत्यद्भुतं हरेः।
विस्मयो मे महान राजन्हृष्यामि च पुनः पुनः ॥१८- ७७॥
हे राजा ! घरिघरी श्रीकृष्णको त्यो अतिअद्भुत र आश्चर्यजनक रूप सम्झेर म हर्षित भइरहन्छु |

यत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः।
तत्र श्रीर्विजयो भूतिर्ध्रुवा नीतिर्मतिर्मम ॥१८- ७८॥
जहाँ योगेश्वर श्रीकृष्ण छन् र जहाँ महान् धनुर्धारी अर्जुन छन्, त्यहीं समग्र सम्पत्ति, बिजय, परम आनन्द र सम्पूर्ण नैतिकताले बास गर्छन् भन्ने मेरा बुद्धिको पक्का निष्कर्ष छ |
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे मोक्षसंन्यासयोगो नामाष्टादशोऽध्यायः ॥१८॥

॥ हरि: ॐ तत् सत् ॥
6 | |
No comments:
Post a Comment