।। अथ द्वादशोऽध्यायः ।।
अर्जुन उवाच
एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते।
ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः।।1।।
अर्जुन ले भनेः जो अनन्य प्रेमी भक्तजन पूर्वोक्त प्रकार निरन्तर तपाईको भजन ध्यानमा लागि रहेर तपाई सगुणरूप परमेश्वरलाई र अरु जो केवल अविनाशी सच्चिदानन्दघन निराकार ब्रह्मलाई मात्र अति श्रेष्ठ भावले भज्छन् – यी दुई प्रकारका उपासकमा अति उत्तम योगवेत्ता को हुन् ?
श्रीभगवानुवाच
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते।
श्रद्धया परयोपेतास्ते मे युक्ततमा मताः।।2।।
श्री भगवान् भन्नुहुन्छः ममा मनलाई एकाग्र गरेर निरन्तर मेरो भजन-ध्यानमा लागेका जो भक्तजन अतिशय श्रेष्ठ श्रद्धाले युक्त भएर म सगुणरूप परमेश्वरलाई भज्छन को, ती मलाई योगिहरूमा अति उत्तम योगी मान्य छ।(2)
ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते।
सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं ध्रुवम्।।3।।
संनियम्येन्द्रिग्रामं सर्वत्र समबुद्धयः
ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः।।4।।
क्लेशोऽधिकतरस्तेषामव्यक्तासक्तचेतसाम्।
अव्यक्ता हि गतिर्दुःखं देहवद्भिरवाप्यते।।5।।
परन्तु जो पुरुष इन्द्रियहरूको समुदायलाई राम्ररी वशमा गरेर मन बुद्धि भन्दा टाढा सर्वव्यापी, अकथीनयस्वरूप र सधै एकरस रहने, नित्य, अचल, निराकार, अविनाशी, सच्चिदानन्दघन ब्रह्मलाई निरन्तर एकीभावले ध्यान गरेर भज्दछन्, ती सम्पूर्ण भूतको हितमा रत र सबैमा समान भाव भएका योगी ममा नै प्राप्त हुन्छन् । ऊ सच्चिदानन्दघन निराकार ब्रह्ममा आसक्त चित्त भएका पुरुषहरूको साधन मा परिश्रम विशेष हो, किनभने देहाभिमानी द्वारा अव्यक्त-विषयक गति दुःखपूर्वक प्राप्त गरिन्छ ।(3,4,5)
ये तु सर्वाणि कर्माणि मयि संन्यस्य मत्पराः।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते।।6।।
तेषामहं समुद्धर्ता मृत्युसंसारसागरात्।
भवामि नचिरात्पार्थ मय्यावेशितचेतसाम्।।7।।
परन्तु जो मेरो परायण रहेका भक्तजन सम्पूर्ण कर्मलाई ममा अर्पण गरेर म सगुणरूप परमेश्वरलाई नै अनन्य भक्तियोगले निरन्तर चिन्तन गरेर भज्दछन् । हे अर्जुन ! ती ममा चित्त लगाउने प्रेमी भक्तलाई म शीघ्र नै मृत्युरूप संसार-समुद्रबाट उद्धार गर्ने वाला हुँ ।(6,7)
मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय।
निवसिष्यसि मय्येव अत ऊर्ध्वं न संशयः।।8।।
ममा मन को लगाएर ममा नै बुद्धि लगाउ । यो उपरान्त तिमी ममा निवास गर्नेछौ, यसमा कुनै पनि शंका छैन । (8)
अथ चित्तं समाधातुं शक्नोषि मयि स्थिरम्।
अभ्यासयोगेन ततो मामिच्छाप्तुं धनंजय।।9।।
यदि तिमी मनलाई ममा अचल स्थापन गर्न समर्थ छैनौ भने हे अर्जुन ! अभ्यासरूप योगद्वारा ममा प्राप्त हुनका लागि इच्छा गर।(9)
अभ्यासेऽप्यसमर्थोऽसि मत्कर्मपरमो भव।
मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि।।10।।
यदि तिमी उपर्युक्त अभ्यासमा पनि असमर्थ छौ भने केवल मेरो लागि कर्म गर्ने परायण होउ । यसप्रकार मेरो निमित्त कर्म गरिरहदा पनि मेरो प्राप्तिरूप सिद्धिमा नै प्राप्त हुन्छौ ।(10)
अथैतदप्यशक्तोऽसि कर्तुं मद्योगमाश्रितः।
सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान्।।11।।
यदि मेरो प्राप्ति रूप योगमा आश्रित भएर उपर्युक्त साधन गर्न पनि तिमी असमर्थ छौ भने मन बुद्धि आदि सँग विजय प्राप्त गर्ने वाला भएर सबै कर्मको फल त्याग गर।(11)
श्रेयो हि ज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते।
ध्यानात्कर्मफलत्यागस्त्यागाच्छान्तिरनन्तरम्।।12।।
मर्म नजानेर गरिएको अभ्यास भन्दा ज्ञान श्रेष्ठ हो। ज्ञानले म परमेश्वरको स्वरूप को ध्यान श्रेष्ठ हो र ध्यान भन्दा पनि सबै कर्म फलको त्याग नै श्रेष्ठ हो किनकी त्यागले तत्काल नै परम शान्ति हुन्छ ।(12)
अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च।
निर्ममो निरहंकारः समदुःखसुखः क्षमी।।13।।
संतुष्टः सततं योगी यतात्मा दृढनिश्चयः।
मय्यर्पितमनोबुद्धिर्यो मद् भक्तः स मे प्रियः।।14।।
जो पुरुष सबै भूतमा द्वेषभाव रहित, स्वार्थरहित, सबैको प्रेमी र हेतुरहित दयालु छ तथा ममता बाट रहित, अहंकार रहित, सुख-दुःखों को प्राप्तिमा सम र क्षमावान छ अर्थात् अपराध गर्नेहरूलाई पनि अभय दिने गर्छ, तथा जो योगी निरन्तर सन्तुष्ट छ, मन इन्द्रिय सहित शरीरलाई वशमा गरेको छ र ममा दृढ़ निश्चयवाला छ – त्यस्ता ममा अर्पण गरिएको मन -बुद्धिवाला भक्त मलाई प्रिय प्यारो छ ।(13,14)
यस्मान्नोद्विजते लोको लोकान्नोद्विजते च यः।
हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मे प्रियः।।15।।
जसवाट कोही पनि जीव उद्वेगमा प्राप्त हुदैन र जो स्वयं पनि कुनै जीवबाट उद्वेगमा प्राप्त हुदैन तथा जो हर्ष, अमर्ष, भय र उद्वेगादि रहित छ – ती भक्त मलाई प्रिय छन्। (15)
अनपेक्षः शुचिर्दक्ष उदासीनो गतव्यथः।
सर्वारम्भपरित्यागी यो मदभक्तः स मे प्रियः।।16।।
जो पुरुष आकांक्षाले रहित, बाहिर-भित्रबाट शुद्ध, चतुर, पक्षपातले रहित र दुःखबाट टाढिएको छ – ती सबै आरम्भ त्यागी मेरा भक्त मलाई प्रिय छन्।(16)
यो न हृष्यति न द्वेष्टि न शोचति न कांक्षति।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः।।17।।
जो न कहिल्यै हर्षित हुन्छ, न द्वेष गर्छ, न शोक गर्छ, न कामना गर्छ तथा जो शुभ र अशुभ सम्पूर्ण कर्म त्यागी छ – ती भक्तियुक्त मानिस मलाई प्रिय छ।(17)
समः शत्रौ च मित्रे च तथा मानापमानयोः।
शीतोष्णसुखदुःखेषु समः सङ्गविवर्जितः।।18।।
तुल्यनिन्दास्तुतिर्मौनी संतुष्टो येन केनचित्।
अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः।।19।।
जो शत्रु-मित्रमा र मान-अपमानमा सम छ तथा सर्दी, गर्मी र सुख-दुःखादि द्वन्द्वमा सम हुन्छ र आसक्तिले रहित छ। जो निन्दा-स्तुतिलाई समान समझिने, मननशील र जे जसरी पनि शरीरको निर्वाह हुदा सधै नै सन्तुष्ट छ हुन्छ र बस्ने ठाउ स्थानको ममता र आसक्तिले रहित छ – ती स्थिरबुद्धि भक्तिमान पुरुष मलाई प्रिय छन्।(18,19)
ये तु धर्म्यामृतमिदं यथोक्तं पर्युपासते।
श्रद्दधाना मत्परमा भक्तास्तेऽतीव मे प्रियाः।।20।।
परन्तु जो श्रद्धायुक्त पुरुष मेरो परायण भएर यी माथि भनिएका धर्ममय अमृतलाई निष्काम प्रेमभावले सेवन गर्दछन्, यी भक्त मलाई अतिशय प्रिय छन् ।(20)
ॐ तत्सदिति श्रीमद् भगवद् गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे भक्तियोगो नाम द्वादशोऽध्यायः ।।12।।
6 | |
No comments:
Post a Comment