पाँचौ अध्यायः कर्मसंन्यासयोग

।। अथ पंचमोऽध्यायः ।।
अर्जुन उवाच
संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चतम्।।1।।

अर्जुनले भनेः हे कृष्ण ! तपाइँ कर्म संन्यासको र फेरि कर्मयोगको प्रशंसा गर्नुहुन्छ | यसकारण यी दुवै साधनमा जुन एउटा मेरो लागि भली भाँति निश्चित कल्याणकारक साधन हो, त्यो भन्नुहोस्  |(1)

श्रीभगवानुवाच
संन्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ।
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते।।2।।

भगवान् श्री ले भन्नुभयोः कर्मसंन्यास र कर्मयोग – यी दुइटै नै परम कल्याण गर्ने वाला हुन्, परन्तु यी दुइटा मध्ये पनि कर्मसंन्यास भन्दा कर्मयोग साधनमा सुगम सजिलो भएकाले श्रेष्ठ छ |(2)

ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न कांक्षति।
निर्द्वन्द्वो हि महाबाहो सुखं बंधात्प्रमुच्यते।।3।।

हे अर्जुन ! जुन पुरुष कसैसँग द्वेष गर्दैन र न कुनै केहीको आकांक्षा गर्दछ, त्यो कर्मयोगी सधै संन्यासी नै बुझ्न योग्य छन्, किनकि राग-द्वेषादि द्वन्द्व रहित पुरुष सुखपूर्वक संसारबन्धनबाट मुक्त भै जान्छन् |(3)

सांख्योगौ पृथग्बालाः प्रवदन्ति न पण्डिताः।
एकमप्यास्थितः सम्यगुभयोर्विन्दते फलम्।।4।।

उपर्युक्त संन्यास र कर्मयोगलाई मूर्ख लोग पृथक-पृथक फल दिन्छ भन्छन्, किनभने दुइटा मध्ये एउटामा पनि सम्यक प्रकारले स्थित पुरुष दुइटैको फलस्वरूप परमात्मामा नै प्राप्त हुन्छन् |(4)

यत्सांख्यैः प्राप्यते स्थानं तद्योगैरपि गम्यते।
एकं सांख्यं य योगं च यः पश्यति स पश्यति।।5।।

ज्ञानयोगी द्वारा जुन परम धाम प्राप्त गरिन्छ, कर्मयोगी द्वारा पनि त्यही प्राप्त गरिन्छ यसकारण जो पुरुष ज्ञानयोग र कर्मयोगको फलरूपमा एक देख्दछ, उसैले यथार्थ देख्दछ |(5)

संन्यासस्तु महाबाहो दुःखमाप्तुमयोगतः।
योगयुक्तो मुनिर्ब्रह्म नचिरेणाधिगच्छति।।6।।

परन्तु हे अर्जुन ! कर्मयोग बिना हुने संन्यास अर्थात् मन, इन्द्रिय र शरीर द्वारा हुने सम्पूर्ण कर्ममा कर्तापन त्यागेर प्राप्त गर्न कठिन छ र भगवत्स्वरूपलाई मनन गर्ने कर्मयोगी परब्रह्म परमात्मा लाई शीघ्र नै प्राप्त भै जान्छ ।(6)

योगयुक्तो विशुद्धात्मा विजितात्मा जितेन्द्रियः।
सर्वभूतात्मभूतात्मा कुर्वन्नपि न लिप्यते।।7।।

जस्को मन आफ्नो वशमा छ, जो जितेन्द्रिय र विशुद्ध अन्तःकरण वाला तथा सम्पूर्ण प्राणीको आत्मरूप परमात्मा नै जसको आत्मा हो, यस्ता कर्मयोगी कर्म गरिराखेता पनि त्यसमा लिप्त हुदैनन्  |(7)

नैव किंचित्करोमीति युक्तो मन्येत तत्त्ववित्।
पश्यञ्शृण्वन्स्पृशञ्जिघ्रन्नश्नन्गच्छन्स्वपञ्श्वसन्।।8।।

प्रलयपन्विसृजन्गृहणन्नुन्मिषन्निमिषन्नपि।
इन्द्रियाणीन्द्रियार्थेषु वर्तन्त इति धारयन्।।9।।

तत्त्वलाई जानेका सांख्ययोगी ता देख्दै, सुन्दै, स्पर्श गर्दै, सूँघ्दै, भोजन गर्दै, गमन गर्दै, सुत्दै, श्वास लिदै, बोल्दै, त्याग्दै, ग्रहण गर्दै तथा आँखा खोल्दै र निदाउदै, सबै इन्द्रिय आफ्नू आफ्नू अर्थ पूरा गरिरहेका छन्  – यस्तो बुझेर निःसंदेह यो मान्छन् कि म केही पनि गर्दिन  |

ब्रह्मण्याधाय कर्माणि सङ्गं त्यक्तवा करोति यः।
लिप्यते न स पापेन पद्मपत्र मिवाम्भसा।।10।।

जुन पुरुष सबै कर्मलाई परमात्मामा अर्पण गरेर र आसक्ति त्यागेर कर्म गर्दछ, त्यो पुरुष जलबाट कमलको पात सरह पापमा लिप्त हुदैन |(10)

कायेन मनसा बुद्धया केवलैरिन्द्रियैरपि।
योगिनः कर्म कुर्वन्ति सङ्गं त्यक्तवात्मशुद्धये।।11।।

कर्मयोगी ममत्वबुद्धिरहित केवल इन्द्रिय, मन, बुद्धि र शरीर द्वारा आसक्तिलाई त्यागेर अन्तःकरणको शुद्धिका निम्ति कर्म गर्दछन् |(11)

युक्तः कर्मफलं त्यक्तवा शान्तिमाप्नोति नैष्ठिकीम्।
अयुक्तः कामकारेण फले सक्तो निबध्यते।।12।।

कर्मयोगी कर्मको फललाई त्याग गरेर भगवत्प्राप्तिरूप शान्तिको प्राप्त हुन्छन् र सकाम पुरुष कामनाको प्रेरणाले फलमा आसक्त भएर बाधिन्छन्  |

सर्वकर्माणि मनसा संन्यस्यास्ते सुखं वशी।
नवद्वारे पुरे देही नैव कुर्वन्न कारयन्।।13।।

अन्तःकरण जस्को वशमा छ यस्तो सांख्ययोगको आचरण गर्ने पुरुष  नगरेर र नगराएर नै नवद्वारयुक्त शरीर रूपी घरमा सबै कर्म मनले त्यागेर आनन्दपूर्वक सच्चिदानंदघन परमात्माको स्वरूपमा स्थित रहन्छ |(13)

न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभुः।
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते।।14।।

परमेश्वर मनुष्यका निम्ति न कर्तापनको, न कर्मतिर  न कर्मफल संयोगको रचना गर्छन, किन्तु स्वभावले नै यी सबैको उद्भव गरिराखेको छ  |(14)

नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभुः।
अज्ञानेनावृत्तं ज्ञानं तेन मुह्यन्ति जन्तवः।।15।।

सर्वव्यापी परमेश्वर न कसैको पापकर्म र न कसैको शुभकर्म नै ग्रहण गर्छन्, किन्तु अज्ञान द्वारा ज्ञान ढाकिएको छ, ती नै ले सबै अज्ञानी मनुष्य मोहित भइरहेका छन् |(15)

ज्ञानेन तु तदज्ञानं येषां नाशितमात्मनः।
तेषामादित्यवज्ज्ञानं प्रकाशयति तत्परम्।।16।।

परन्तु जस्को त्यो अज्ञान परमात्माको तत्त्वज्ञान द्वारा नष्ट गरिएको छ, उस्को त्यो ज्ञान सूर्य जस्तै सदृश ऊ सच्चिदानंदघन परमात्मालाई प्रकाशित गरिरहाल्छ |(16)

तद् बुद्धयस्तदात्मानस्तन्निष्ठास्तत्परायणाः।
गच्छन्त्यपुनरावृत्तिं ज्ञाननिर्धूतकल्मषाः।।17।।

जस्को मन तद्रूप भइ रहेको छ, जस्को बुद्धि तद्रूप भइ रहेको छ र सच्चिदानन्दघन परमात्मामा जस्को निरन्तर एकीभावमा स्थिति छ, यस्ता तत्परायण पुरुष ज्ञान द्वारा पापरहित भएर अपुनरावृत्ति अर्थात् परमगतिको प्राप्त हुन्छन् |(17)

विद्याविनयसंपन्ने ब्राह्मणे गवि हस्तिनी।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः।।18।।

ती ज्ञानीजन विद्या र विनययुक्त ब्राह्मणमा तथा गौ, हाथी, कुत्ते र चाण्डाल मा पनि समदर्शी हुन्छन् |(18)

इहैव तैर्जितः सर्गो येषां साम्ये स्थितं मनः।
निर्दोषं हि समं ब्रह्म तस्माद् ब्रह्मणि ते स्थिताः।।19।।

जस्को मन समभावमा स्थित छ, तिनिहरू द्वारा जीवित अवस्थामा नै सम्पूर्ण संसार जीती सकेका छन्, किनकी सच्चिदानन्दघन परमात्मा निर्दोष र सम हुन्, यसले ऊ सच्चिदानन्दघन परमात्मा मा नै स्थित छ |(19)

न प्रहृष्येत्प्रियं प्राप्य नोद्विजेत्प्राप्य चाप्रियम्।
स्थिरबुद्धिरसंमूढो ब्रह्मविद् ब्रह्मणि स्थितः।।20।।

जुन पुरुष प्रियलाई प्राप्त गरेर हर्षित हुदैन र अप्रियलाई प्राप्त गरेर उद्विग्न हुदैन, त्यो स्थिरबुद्धि, संशयरहित, ब्रह्मवेत्ता पुरुष सच्चिदानन्दघन परब्रह्म परमात्मामा एकीभावले नित्य स्थित छ |(20)

बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम्।
स ब्रह्मयोगयुक्तात्मा सुखमक्षयमश्नुते।।21।।

बाहिरको विषयमा आसक्तिरहित अन्तःकरण भएका साधक आत्मामा स्थित जुन ध्यानजनित सात्त्विक आनन्द हो, उसलाई प्राप्त हुन्छ | तदनन्तर ऊ सच्चिदानंदघन परब्रह्म परमात्माको ध्यानरूप योगमा अभिन्नभावले स्थित पुरुष अक्षय आनन्दलाई अनुभव गर्दछ |(21)

ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते।
आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः।।22।।

जुन यी इन्द्रिय तथा विषयको संयोगले उत्पन्न हुने सबै भोग छन्, यद्यपि विषयी पुरुषलाई जुन सुखरूप भास्दछ त्यो पनि दुःखकै हेतु हो र आदि-अन्तवाले अर्थात् अनित्य हो | यसकारण हे अर्जुन !बुद्धिमान विवेकी पुरुष त्यस्तोमा रमाउदैनन् |(22)

शक्नोतीहैव यः सोढुं प्राक्शरीरविमोक्षणात्।
कामक्रोधोद् भवं वेगं स युक्तः स सुखी नरः।।23।।

जुन साधक यो मनुष्य शरीरमा, शरीरको नाश हुनु भन्दा पहिले नै  काम-क्रोधले उत्पन्न हुने वेगलाई सहन समर्थ भै हाल्छन्, त्यही पुरुष योगी हो र त्यही सुखी हो |(23)

योऽन्तःसुखोऽन्तरारामस्तथान्तर्ज्योतिरेव यः।
स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोऽधिगच्छति।।24।।

जुन पुरुष अन्तरात्मामा नै सुखी छ, आत्मामा नै रमण गर्दछ तथा जो आत्मामा नै ज्ञानवाला छ, त्यो सच्चिदानन्दघन परब्रह्म परमात्मा साथ एकीभावलाई प्राप्त सांख्योगी शान्त ब्रह्मलाई प्राप्त हुन्छ |(24)

लभन्ते ब्रह्मनिर्वाणमृषयः क्षीणकल्मषाः।
छिन्नद्वैधा यतात्मानः सर्वभूतहिते रताः।।25।।

जसको सबै पाप नष्ट भै सके, जसको सबै संशय ज्ञान द्वारा निवृत्त भै सके, जो सम्पूर्ण प्राणीहरूको हितमा रत छ र जस्को जीतेको मन निश्चलभावसाथ परमात्मामा स्थित छ, ऊ ब्रह्मवेत्ता पुरुष शान्त ब्रह्मलाई प्राप्त हुन्छ |(25)

कामक्रोधवियुक्तानां यतीनां यतचेतसाम्।
अभितो ब्रह्मनिर्वाणं वर्तते विदितात्मनाम्।।26।।

काम क्रोध रहित, सचेत शुद्ध चित्त भएका, परब्रह्म परमात्मासँग साक्षात्कार गरेका ज्ञानी पुरुषका लागि  सबै तिरबाट शान्त परब्रह्म परमात्मा नै परिपूर्ण छन् |(26)

स्पर्शान्कृत्वा बहिर्बाह्यांश्चक्षुश्चैवान्तरे भ्रुवोः।
प्राणापानौ समौ कृत्वा नासाभ्यन्तरचारिणौ।।27।।

यतेन्द्रियमनोबुद्धिर्मुनिर्मोक्षपरायणः।
विगतेच्छाभयक्रोधो यः सदा मुक्त एव सः।।28।।

बाहिरका विषय भोगहरू को चिन्तन नगरेर  आखाको दृष्टि भृकुटी बीचमा केन्द्रित गरेर तथा नासिकामा विचरण गर्ने प्राण र अपान वायुलाई सम गरेर, जस्को इन्द्रियहरू, मन र बुद्धि जीतिएको छ, यस्ता जो मोक्षपरायण मुनी योगी इच्छा, भय र क्रोध रहित भएका छन्, ती सदा मुक्त नै छन् |(27,28)

भोक्तारं यज्ञतपसां सर्वलोकमहेश्वरम्।
सुहृदं सर्वभूतानां ज्ञात्वा मां शान्तिमृच्छति।।29।।

मेरा भक्तहरू मलाई सबै यज्ञ र तप भोगेका, सम्पूर्ण लोकका ईश्वरहरूको ईश्वर तथा सम्पूर्ण भूत-प्राणीहरूका सुहृद् अर्थात् स्वार्थरहित दयालु र प्रेमी, यस्तो तत्त्वले जानेर शान्तिलाई प्राप्त हुन्छन् |(29)
ॐ तत्सदिति श्रीमद् भागवद् गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे कर्मसंन्यासयोगो नाम पंचमोऽध्यायः | |5 | |
यसप्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीता को
श्रीकृष्ण-अर्जुन संवाद मा 'कर्मसंन्यास योग' नामक पाँचवाँ अध्याय संपूर्ण भयो |




No comments:

Post a Comment