केनोपनिषद

शांति पाठ
ॐ आप्यायन्तु ममाङ्गानि वाक्प्राणश्चक्षुः
श्रोत्रमथो बलमिन्द्रियाणि च सर्वाणि।
सर्वं ब्रह्मौपनिषदं माऽहं ब्रह्म निराकुर्यां मा
मा ब्रह्म निराकारोदनिराकरणमस्त्वनिराकरणं मेऽस्तु।
तदात्मनि निरते य उपनिषत्सु धर्मास्ते मयि सन्तु ते मयि सन्तु ॥
हे ईश ! मेरा अंग सबै परिपूर्ण र बलवान हुन्, आँखा , कान, प्राण , बोली , बल इन्द्रियहरू मा महान हुन ।
उपनिषदमा प्रतिपाद्य ब्रह्मसँग, गहन मम सम्बन्ध होस, होस त्रिविध तापहरूको निवृत्ति, परब्रह्म तत्त्व प्रबंध होस

प्रथम खंड

ॐ केनेषितं पतति प्रेषितं मनः केन प्राणः प्रथमः प्रैति युक्तः।
केनेषितां वाचमिमां वदन्ति चक्षुः श्रोत्रं क उ देवो युनक्ति ॥१॥
यो मन कसको इच्छाले प्रेरित भएर आफ्नू विषयहरूमा झुक्छ गिर्छ ? यो प्राण कोद्वारा प्रयुक्त भएर चल्छ ? यो वाणी को द्वारा इच्छा गरेर बोल्दछ ? कुन देवता नेत्र तथा कानलाई प्रेरित गर्दछ  ?

श्रोत्रस्य श्रोत्रं मनसो मनो यद् वाचो ह वाचं स उ प्राणस्य प्राणः ।
चक्षुषश्चक्षुरतिमुच्य धीराः प्रेत्यास्माल्लोकादमृता भवन्ति ॥२॥
जुन कानहरूको पनि कान, मनको नि मन र वाणी को पनि वाणी हो, उही प्राणको पनि प्राण र चक्षुको पनि चक्षु हो । यो तथ्यलाई  जानेर धीर पुरुष मृत्यु  पश्चात मुक्त भएर अमर भै जान्छन् ।

न तत्र चक्षुर्गच्छति न वाग्गच्छति नो मनः ।
न विद्मो न विजानीमो यथैतदनुशिष्यात् ॥३॥
ऊ ब्रह्म सम्म आंखा, वाणी र मन पुग्नै सक्दैनन् । अतः ऊ ब्रह्मको  विषयमा शिष्यलाई कुन प्रकारले उपदेश दिनु पर्छ, यो हामी जान्दैनौ; यो हाम्रो बुद्धिमा आउदैनन् । उ विदित एवं अविदित भन्दा अन्य नै हो , यस्तो हामीले आफ्ना पूर्व मानिसहरूबाट सुनेका छौ, जसले हामीलाई उस्को उपदेश दिएका थिए ।
यद्वाचाऽनभ्युदितं येन वागभ्युद्यते ।
तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥४॥
जो वाणीले प्रकाशित हुन सक्दैन, किंतु जस्बाट वाणी प्रकाशित हुन्छ उसैलाई ब्रह्म समझ्नु पर्दछ । यी जुन विशेष नाम युक्त ईश्वर (जस्तो इंद्र, अग्नि, वायु, विष्णु, रुद्र आदि) लाई मानिसहरू उपासना गर्दछन्, तिनीहरू कोही पनि ब्रह्म हैनन् ।
यन्मनसा न मनुते येनाहुर्मनो मतम् ।
तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥५॥
जसको विषयमा मन मनन गर्न सक्दैन, परंतु जसको सत्ताले  मन मनन गर्ने सामर्थ्य राख्दछ, यस्तो भनिन्छ कि, उसलाई ब्रह्म सम्झ । जुन विशेष नामयुक्त ईश्वरलाई मानिस  उपासना गर्दछन् , ऊ ब्रह्म हैन।
यच्चक्षुषा न पश्यति येन चक्षूँषि पश्यति ।
तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥६॥
जसलाई कोही आँखा देख्न सक्दैन, किंतु जसको सहायताले आँखा आफ्नू विषयलाई देख्दछ, उसैलाई ब्रह्म सम्झ, जुन विशेष नामयुक्त ईश्वरलाई मानिस  उपासना गर्दछन् , ऊ ब्रह्म हैन।

यच्छ्रोत्रेण न शृणोति येन श्रोत्रमिदं श्रुतम् ।
तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥७॥
जसलाई कुनै कान सुन्दैन, परंतु जसको सहायताले कान सुन्ने कार्य गर्दछ, उसैलाई ब्रह्म सम्झ । जुन विशेष नामयुक्त ईश्वरलाई मानिस  उपासना गर्दछन् , ऊ ब्रह्म हैन।
यत्प्राणेन न प्राणिति येन प्राणः प्रणीयते ।
तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥८॥

जुन नासिकामा स्थित प्राण, वायुको विषय बन्न सक्दैन, अपितु जसबाट प्राण आफ्नू विषय (सूंघना) काम गर्दछन्, उसैलाई ब्रह्म सम्झ । जुन विशेष नामयुक्त ईश्वरलाई मानिस  उपासना गर्दछन् , ऊ ब्रह्म हैन।


द्वितीय खंड 


यदि मन्यसे सुवेदेति दहरमेवापि नूनं त्वं वेत्थ ब्रह्मणो रूपम् ।
यदस्य त्वं यदस्य देवेष्वथ नु मीमाँस्येमेव ते मन्ये विदितम् ॥१॥
यदि तिमी  सम्झन्छौ कि तिमी ईश्वरलाई जान्दछौ, त निश्चय नै तिमी ब्रह्मको अल्प रूप नै जान्दछौ । उसको जुन रूप तिमी जान्दछौ र जुन रूप देवताहरूमा जानिन्छ, त्यो पनि अल्प नै हो । अतः तिम्रो लागि ब्रह्म विचार गर्न योग्य छ ।उसको विचार एकांतमा गर्ने अनेक शिष्यले भने कि , ‘उस्ले अब ईश्वरलाई जानिसक्यो ।
नाहं मन्ये सुवेदेति नो न वेदेति वेद च ।
यो नस्तद्वेद तद्वेद नो न वेदेति वेद च ॥२॥
म न यो मान्छु कि म ब्रह्मलाई राम्ररी जानिसकेको छु र न यो सम्झन्छु उसलाई जान्दै जान्दिन । यसकारण म उसलाई जान्दछु पनि अनि जान्दिन पनि । हामी शिष्यहरूमा ब्रह्मको विषयमा जसको यस्तो धारणा छ कि म उस्लाई  जान्दछु पनि अनि जान्दिन पनि, ऊ नै ब्रह्मलाई जान्दछ ।

यस्यामतं तस्य मतं मतं यस्य न वेद सः ।
अविज्ञातं विजानतां विज्ञातमविजानताम् ॥३॥
ब्रह्म जसलाई ज्ञात छैन, उसलाई नै ज्ञात छ । जसलाई ज्ञात छ, उस्लाई ज्ञात छैन  । किनभने ऊ जान्ने हरूका लागि नजानिएको र नजान्नेहरूका लागि जानिएको छ । अन्य वस्तुहरु समान नदेखिएको कारण ऊ इंद्रियहरूको विषय बन्दैन ।
प्रतिबोधविदितं मतममृतत्वं हि विन्दते ।
आत्मना विन्दते वीर्यं विद्यया विन्दतेऽमृतम् ॥४॥
सबै इंद्रियहरू ब्रह्म को सत्ताले नै कार्य गर्दछन्, अतः प्रत्येक इंद्रियको विषयले उसको नै बोध हुन्छ, यसैबाट ऊ जानिन्छ, यो नै उसको ज्ञान हो । यही ब्रह्मज्ञानले अमरता प्राप्त हुन्छ । अमरता स्वयंबाट नै प्राप्त हुन्छ ; विद्या  केवल अज्ञानको अंधकार हटाउने कार्यमा सहायक सिद्ध हुन्छ ।

इह चेदवेदीदथ सत्यमस्ति न चेदिहावेदीन्महती विनष्टिः ।
भूतेषु भूतेषु विचित्य धीराः प्रेत्यास्माल्लोकादमृता भवन्ति ॥५॥

यदि यो जन्ममा ब्रह्मलाई जानियो भने ठीक छ । यदि यस्तो भएन भने प्राणीको लागि सर्वाधिक हानि को कुरा हो । ज्ञानी मानिस प्रत्येक प्राणीमा ब्रह्मको सत्ता  देखेर, मृत्यु  पश्चात् अमर हुन्छन् ।


तृतीय खंड


ब्रह्म ह देवेभ्यो विजिग्ये तस्य ह ब्रह्मणो विजये देवा अमहीयन्त ।
त ऐक्षन्तास्माकमेवायं विजयोऽस्माकमेवायं महिमेति ॥१॥ 

तद्धैषां विजज्ञौ तेभ्यो ह प्रादुर्बभूव तन्न व्यजानत किमिदं यक्षमिति॥२॥

तेऽग्निमब्रुवञ्जातवेद एतद्विजानीहि किमिदं यक्षमिति तथेति ॥३॥

तदभ्यद्रवत्तमभ्य वदत्कोऽसीत्यग्निर्वा ।
अहमस्मीत्यब्रवीज्जातवेदा वा अहमस्मीति ॥४॥

तस्मिँस्त्वयि किं वीर्यमित्यपीदँ सर्वं दहेयं यदिदं पृथिव्यामिति ॥५॥

तस्मै तृणं निदधावेतद्दहेति । तदुपप्रेयाय सर्वजवेन तन्न शशाक ।
दग्धुं स तत एव निववृते नैतदशकं विज्ञातुं यदेतद्यक्षमिति ॥६॥

अथ वायुमब्रुवन्वायवेतद्विजानीहि किमेतद्यक्षमिति तथेति ॥७॥

तदभ्यद्रवत्तमभ्यवदत्कोऽसीति वायुर्वा ।
अहमस्मीत्यब्रवीन्मातरिश्वा वा अहमस्मीति ॥८॥

तस्मिँस्त्वयि किं वीर्यमित्यपीदँ सर्वमाददीय यदिदं पृथिव्यामिति ॥९॥

तस्मै तृणं निदधावेतदादत्स्वेति तदुपप्रेयाय सर्वजवेन तन्न ।
शशाकादतुं स तत एव निववृते नैतदशकं विज्ञातुं यदेतद्यक्षमिति ॥१०॥

अथेन्द्रमब्रुवन्मघवन्नेतद्विजानीहि किमेतद्यक्षमिति ।
तथेति तदभ्यद्रवत्तस्मात्तिरोदधे ॥११॥

स तस्मिन्नेवाकाशे स्त्रियमाजगाम बहुशोभमानामुमाँ ।
हैमवतीं ताँहोवाच किमेतद्यक्षमिति ॥१२॥

चतुर्थ खंड 


सा ब्रह्मेति होवाच ब्रह्मणो वा एतद्विजये ।
महीयध्वमिति ततो हैव विदाञ्चकार ब्रह्मेति ॥१॥

तस्माद्वा एते देवा अतितरामिवान्यान्देवान्यदग्निर्वायुरिन्द्रस्ते ।
ह्येनन्नेदिष्ठं पस्पर्शुस्ते ह्येनत्प्रथमो विदाञ्चकार ब्रह्मेति ॥२॥

तस्माद्वा इन्द्रोऽतितरामिवान्यान्देवान्स ह्येनन्नेदिष्ठं ।
पस्पर्श स ह्येनत्प्रथमो विदाञ्चकार ब्रह्मेति ॥३॥

तस्यैष आदेशो यदेतद्विद्युतो व्यद्युतदाइतीन् ।
न्यमीमिषवदा इत्यधिदैवतम् ॥४॥

अथाध्यात्मं यद्देतद्गच्छतीव च मनोऽनेन ।
चैतदुपस्मरत्यभीक्ष्णँ सङ्कल्पः ॥५॥

तद्ध तद्वनं नाम तद्वनमित्युपासितव्यं स य ।
एतदेवं वेदाभि हैनँ सर्वाणि भूतानि संवाञ्छन्ति ॥६॥

उपनिषदं भो ब्रूहीत्युक्ता त उपनिषद्ब्राह्मीं वाव त उपनिषदमब्रूमेति ॥७॥

तसै तपो दमः कर्मेति प्रतिष्ठा वेदाः सर्वाङ्गानि सत्यमायतनम् ॥८॥

यो वा एतामेवं वेदापहत्य पाप्मानमनन्ते ।
स्वर्गे लोके ज्येये प्रतितिष्ठति प्रतितिष्ठति ॥९॥

No comments:

Post a Comment