सत्रौं अध्याय - श्रद्धाको प्रकार
(श्रद्धा र शास्त्रविपरीत घोर तप गरने वालाको विषय)
अर्जुन उवाचये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विताः।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तमः॥भावार्थ : अर्जुनले भने - हे कृष्ण! जो मनुष्य शास्त्र विधिलाई त्यागेर श्रद्धाले युक्त भएर देवादिको पूजा आजा गर्छन् , तिनीहरूको स्थिति कुन हो ? सात्त्विकी हो अथवा राजसी तामसी?॥1॥
श्रीभगवानुवाच
त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा।
सात्त्विकी राजसी चैव तामसी चेति तां श्रृणु॥भावार्थ : श्री भगवान् ले भन्नभयो - मनुष्य मा शास्त्रीय संस्काररहित केवल स्वभाववाट उत्पन्न श्रद्धा (अनन्त जन्ममा गरिएको कर्मले सञ्चित संस्कारबाट उत्पन्न भएको श्रद्धालाई ''स्वभावजा'' श्रद्धा भनिन्छ ।) सात्त्विकी र राजसी तथा तामसी- श्रद्दा तीन प्रकारका हुन्छन् । यो बारे मबाट सुन ॥2॥
सत्त्वानुरूपा सर्वस्य श्रद्धा भवति भारत।
श्रद्धामयोऽयं पुरुषो यो यच्छ्रद्धः स एव सः॥भावार्थ : हे भारत! सबै मनुष्यको श्रद्धा उसको अन्तःकरण अनुरूप हुन्छ। यो पुरुष श्रद्धामय छ, यसकारण जो पुरुष जस्तो श्रद्धावाला छ, ऊ स्वयं पनि त्यही हो ॥3॥
यजन्ते सात्त्विका देवान्यक्षरक्षांसि राजसाः।
प्रेतान्भूतगणांश्चान्ये जयन्ते तामसा जनाः॥भावार्थ : सात्त्विक पुरुष देवको पूजा गर्छन्, राजस पुरुष यक्ष र राक्षसलाई तथा अन्य जो तामस मनुष्य हुन्छ, ती प्रेत र भूतगणको पूजा गर्छन् ॥4॥
अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जनाः।
दम्भाहङ्कारसंयुक्ताः कामरागबलान्विताः॥भावार्थ : जो मनुष्य शास्त्र विधि रहित केवल मनःकल्पित घोर तप गर्छन् तथा दम्भ र अहंकारयुक्त एवं कामना, आसक्ति र बलको अभिमानले युक्त हुन्छन् ॥5॥
कर्शयन्तः शरीरस्थं भूतग्राममचेतसः।
मां चैवान्तःशरीरस्थं तान्विद्ध्यासुरनिश्चयान्॥भावार्थ : जो शरीर रूपमा स्थित भूत समुदायलाई र अन्तःकरणमा स्थित म परमात्मालाई कृश गर्छन् (शास्त्र विरुद्ध उपवासादि घोर आचरण द्वारा शरीर सुकाउनु एवं भगवान् को अंशस्वरूप जीवात्मालाई क्लेश दिनु, भूत समुदाय र अन्तर्यामी परमात्मा लाई ''कृश गर्नु'' हो।), ती अज्ञानीलाई तिमी आसुर स्वभाव भएका भन्ने जान्नु॥6॥
(आहार, यज्ञ, तप र दानको पृथक-पृथक भेद)
आहारस्त्वपि सर्वस्य त्रिविधो भवति प्रियः।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं श्रृणु॥भावार्थ : भोजन पनि सबैको आफ्नू-आफ्नू प्रकृति अनुसार तीन प्रकार ले प्रिय हुन्छन्। तथा त्यस्तै यज्ञ, तप र दान पनि तीन-तीन प्रकारको हुन्छ । यी पृथक्-पृथक् भेदलाई तिमी मबाट सुन ॥7॥
आयुः सत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः।
रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः॥भावार्थ : आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रीति बढाउने, रसयुक्त, चिल्लो र स्थिर रहने (जुन भोजनको सार शरीरमा धेरै समय रहन्छ, त्यसलाई स्थिर रहने भनिन्छ ।) तथा स्वभावैले मनलाई मनपर्ने प्रिय- यस्तो आहार अर्थात् भोजनको पदार्थ सात्त्विक पुरुषलाई प्रिय हुन्छ ॥8॥
कट्वम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः।
आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः॥भावार्थ : तीतो, अमिलो, लवणयुक्त, धेरै तातो, पिरो, बासी, दुखाउने र दुःख, चिन्ता तथा रोग उत्पन्न गर्ने आहार अर्थात् भोजनको पदार्थ राजस पुरुषलाई प्रिय हुन्छ ॥9॥
यातयामं गतरसं पूति पर्युषितं च यत्।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्॥भावार्थ : जुन भोजन रसरहित, दुर्गन्धयुक्त, बासी हुन्छ तथा जुन अपवित्र पनि छ, यो भोजन तामस पुरुषलाई प्रिय हुन्छ ॥10॥
अफलाकाङ्क्षिभिर्यज्ञो विधिदृष्टो य इज्यते।
यष्टव्यमेवेति मनः समाधाय स सात्त्विकः॥भावार्थ : शास्त्र विधिद्वारा निर्धारित , यज्ञ गर्नु कर्तव्य हो- यसप्रकार मनमा समाधान गरेर, फल नचाहने पुरुषद्वारा गरिन्छ , त्यो सात्त्विक यज्ञ हो॥11॥
अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत्।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम्॥भावार्थ : परन्तु हे अर्जुन! केवल दम्भको निम्ति देखाउनका निम्ति अथवा फललाई पनि दृष्टिमा राखेर जुन यज्ञ गरिन्छ , त्यस्तो यज्ञलाई तिमी राजस भनेर जान्नु॥12॥
विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम्।
श्रद्धाविरहितं यज्ञं तामसं परिचक्षते॥भावार्थ : शास्त्रविधि नभएको, अन्नदान नगरिएको, मन्त्रहरू बिना , बिना दक्षिणा र बिना श्रद्धा गरिएको यज्ञलाई तामस यज्ञ भनिन्छ ॥13॥
देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम्।
ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्यते॥भावार्थ : देवता, ब्राह्मण, गुरु (यहाँ 'गुरु' शब्द ले माता, पिता, आचार्य र वृद्ध एवं आफू भन्दा ठूलो, सबैलाई सम्झनुपर्छ ।) र ज्ञानीजनको पूजा, पवित्रता, सरलता, ब्रह्मचर्य और अहिंसा- लाई शरीर- सम्बन्धी तप भनिन्छ ।॥14॥
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत्।
स्वाध्यायाभ्यसनं चैव वाङ्मयं तप उच्यते॥भावार्थ : उद्वेग नगर्ने, प्रिय र हितकारक एवं यथार्थ भाषण हो (मन र इन्द्रिय द्वारा जस्तो अनुभव गरिन्छ, ठीक त्यस्तै भन्नु 'यथार्थ भाषण' हो।) तथा वेद-शास्त्र पाठ गर्नु एवं परमेश्वरको नाम-जप गर्नु अभ्यास हो- यस्लाई वाणी-सम्बन्धी तप भनिन्छ ॥15॥
मनः प्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः।
भावसंशुद्धिरित्येतत्तपो मानसमुच्यते॥भावार्थ : मनको प्रसन्नता, शान्तभाव, भगवद् चिन्तन गर्ने स्वभाव, मनको निग्रह र अन्तःकरणको भावमा स्पष्ट पवित्रता, यसप्रकार यो मन सम्बन्धी तप भनिन्छ॥16॥
श्रद्धया परया तप्तं तपस्तत्त्रिविधं नरैः।
अफलाकाङ्क्षिभिर्युक्तैः सात्त्विकं परिचक्षते॥भावार्थ : फलको चाहना नराख्ने योगी पुरुषोंद्वारा परम श्रद्धाले गरिएको माथि उल्लेख गरिएको तीन प्रकारका तपलाई सात्त्विक भनिन्छ ॥17॥
सत्कारमानपूजार्थं तपो दम्भेन चैव यत्।
क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम्॥भावार्थ : जुन तप सत्कार, मान र पूजाको लागि तथा कुनै स्वार्थी स्वभावले या पाखण्ड द्वारा गरिन्छ, त्यो अनिश्चित ('अनिश्चित फलवाला' त्यस्लाई भनिन्छ जसको फल प्राप्त हुन शंका हुन्छ।) एवं क्षणिक फलवाला तप राजस भनिन्छ ॥18॥
मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः।
परस्योत्सादनार्थं वा तत्तामसमुदाहृतम्॥भावार्थ : जुन तप मूढ़तापूर्वक हठ ले, मन, वाणी र शरीरको पीड़ा सहित अथवा अरूलाई अनिष्ट गर्नको निम्ति गरिन्छ ।- त्यस्तो तपलाई तामस भनिएको छ ॥19॥
दातव्यमिति यद्दानं दीयतेऽनुपकारिणे।
देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम्॥भावार्थ : दान दिनु नै कर्तव्य हो- यस्तो भावले जो दान देश तथा काल (जुन देश-कालमा जुन वस्तुको अभाव छ, त्यही देश-काल, उही वस्तु द्वारा प्राणिहरूको सेवा गर्नुलाई योग्य मानिन्छ ।) र पात्रलाई (भोको, अनाथ, दुःखी, रोगी र असमर्थ तथा भिक्षुक आदि लाई अन्न, वस्त्र र ओषधि एवं जुन वस्तुको अभाव जस्लाई हुन्छ , त्यो वस्तु द्वारा सेवा पाउनेलाई योग्य पात्र मानिन्छ र श्रेष्ठ आचरण गर्ने विद्वान् ब्राह्मणजन धनादि सबै प्रकारका पदार्थहरू द्वारा सेवा पाउनेलाई योग्य पात्र मानिन्छ।) प्राप्त हुँदा उपकार नगर्ने लाई दिइन्छ, त्यस्तो दान सात्त्विक भनिएको हो ॥20॥
यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुनः।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम्॥भावार्थ : किन्तु जुन दान क्लेशपूर्वक (जस्तो प्रायः वर्तमान समयमा चन्दा-चिट्ठा आदि मा धन दिइन्छ।) तथा प्रत्युपकार वा केही लोभको प्रयोजनको लागि अथवा फल पाइयोस भन्ने दृष्टिले (अर्थात् मान बड़ाई, प्रतिष्ठा र स्वर्गादिको प्राप्तिको लागि अथवा रोगादिको निवृत्तिको लागि।) दिइन्छ, त्यो दान राजस भनिएको छ ॥21॥
अदेशकाले यद्दानमपात्रेभ्यश्च दीयते।
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम्॥भावार्थ : जुन दान सत्कार नगरी अथवा तिरस्कारपूर्वक अयोग्य देश-कालमा कुपात्रलाई दिइन्छ , त्यस्तो दानलाई तामस भनिएको छ ॥22॥
(ॐ तत्सत् प्रयोग को व्याख्या)
ॐ तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविधः स्मृतः।
ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिताः पुरा॥भावार्थ : ॐ, तत्, सत्- यस्तो यी तीन प्रकारलाई सच्चिदानन्दघन ब्रह्मको नाम भनिएको हो, यसले सृष्टिको आदिकालमा ब्राह्मण र वेद तथा यज्ञादि लेखिए रचिए ॥23॥
तस्मादोमित्युदाहृत्य यज्ञदानतपः क्रियाः।
प्रवर्तन्ते विधानोक्तः सततं ब्रह्मवादिनाम्॥भावार्थ : यसकारण वेद-मन्त्रको उच्चारण गर्ने श्रेष्ठ पुरुषको शास्त्र विधिले तोकिएको यज्ञ, दान र तपरूप क्रियाहरू सधै 'ॐ' यो परमात्माको नाम उच्चारण गरेर मात्र आरम्भ हुन्छ ॥24॥
तदित्यनभिसन्दाय फलं यज्ञतपःक्रियाः।
दानक्रियाश्चविविधाः क्रियन्ते मोक्षकाङ्क्षिभिः॥भावार्थ : तत् अर्थात् 'तत्' नाम भनिने परमात्माको नै यो सबै हो- यस भावले फल चाहना नराखी नाना प्रकारको यज्ञ, तपरूप क्रियाहरू तथा दानरूप क्रियाहरू कल्याणको इच्छा भएको पुरुषद्वारा गरिन्छ ॥25॥
सद्भावे साधुभावे च सदित्यतत्प्रयुज्यते।
प्रशस्ते कर्मणि तथा सच्छब्दः पार्थ युज्यते॥भावार्थ : 'सत्'- यसप्रकार यी परमात्माको नाम सत्यभावमा र श्रेष्ठ भावमा प्रयोग गरिनु पर्छ तथा हे पार्थ! उत्तम कर्म मा पनि 'सत्' शब्द प्रयोग गरिन्छ ॥26॥
यज्ञे तपसि दाने च स्थितिः सदिति चोच्यते।
कर्म चैव तदर्थीयं सदित्यवाभिधीयते॥भावार्थ : तथा यज्ञ, तप र दानमा जो स्थिति हुन्छ, वहा पनि 'सत्' यस प्रकार भनिन्छ र ऊ परमात्माको लागि गरिएको कर्म निश्चयपूर्वक सत्- यसरी भनिएको हुन्छ । ॥27॥
अश्रद्धया हुतं दत्तं तपस्तप्तं कृतं च यत्।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह॥भावार्थ : हे अर्जुन! श्रद्धाविना गरिएको हवन, दिएको दान एवं तप र जुनसुकै पनि शुभ कर्म किन नहोस् - ती सबैलाई 'असत्'- यसकारण भनिन्छ कि, ती सबै कार्य न यो लोकमा लाभदायक हुन्छ र न मरे पछि नै लाभदायक हुन्छ ॥28॥
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्री कृष्णार्जुनसंवादे श्रद्धात्रयविभागयोगो नाम सप्तदशोऽध्याय : ॥17॥
6 | |
No comments:
Post a Comment