।। अथाष्टमोऽध्यायः ।।
अर्जुन उवाच
किं तद् ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम।
अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते।।1।।
अर्जुनले भनेः हे पुरुषोत्तम ! ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत नामले के भनिएको हो र अधिदैव कस्लाई भनिन्छ ?(1)
अधियज्ञ कथं कोऽत्र देहेऽस्मिन्मधुसूदन।
प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभिः।।2।।
हे मधुसूदन ! यहाँ अधियज्ञ के हो ? र ऊ यो शरीरमा कसरी रहेको छ ? मृत्युकालमा युक्तचित्त भएका नियतात्माहरूबाट कसरी जानिन्छ ? (2)
श्रीभगवानुवाच
अक्षरं ब्रह्म परमं स्वभावोऽध्यातममुच्यते।
भूतभावोद् भवकरो विसर्गः कर्मसंज्ञितः।।3।।
श्री कृष्ण भगवान् भन्नुहुन्छः परम अक्षर 'ब्रह्म' हो, आफ्नो स्वरूप अर्थात् जीवात्मा 'अध्यात्म' नाम ले भनिन्छ तथा भूतहरूको भाव उत्पन्न करने वाला जुन त्याग हो, त्यो 'कर्म' नाम ले भनिन्छ |(3)
अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम्।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर।।4।।
उत्पत्ति विनाश धर्म भएका सबै पदार्थ अधिभूत हुन्, हिरण्यमय पुरुष अधिदैव हो र हे देहधारीहरूमा श्रेष्ठ अर्जुन ! यो शरीरमा म वासुदेव नै अन्तर्यामी रूपले अधियज्ञ हुँ |(4)
अन्तकाले च मामेव स्मरन्मुक्तवा कलेवरम्।
यः प्रयाति सं मद् भावं याति नास्त्यत्र संशयः।।5।।
जुन मनुष्य अन्तकालमा मलाई नै स्मरण गर्दै शरीर त्याग्दछ, त्यो मेरो साक्षात् स्वरूपमा प्राप्त हुन्छ – यसमा केही सन्देह छैन |(5)
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम्।
तं तमेवैति कौन्तेय सदा तद् भावभावितः।।6।।
हे कुन्तीपुत्र अर्जुन ! यी मनुष्य अन्तमरणकालमा जुन-जुन भावलाई स्मरण गर्दै शरीर त्याग गर्छ, त्यही त्यही भावलाई नै प्राप्त हुन्छ, किनभने त्यो सधै त्यही भावले भावित रहेको छ |(6)
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम्।।7।।
यसकारण हे अर्जुन ! तिमी सबै समयमा निरन्तर मेरो स्मरण गर र युद्ध पनि गर | यसप्रकार ममा अर्पण गरिएको मन-बुद्धिले युक्त भएर तिमी निःसंदेह ममा नै प्राप्त हुनेछौ |(7)
अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना।
परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन्।।8।।
हे पार्थ ! यो नियम हो कि परमेश्वरको ध्यान अभ्यासरूप योगले युक्त, अरु तिर नजाने चित्तले निरन्तर चिन्तन गरिरहेको मनुष्य परम प्रकाशरूप दिव्य पुरुषलाई अर्थात् परमेश्वरलाई नै प्राप्त हुन्छ|(8)
कविं पुराणमनुशासितार-
मणोरणीयांसमनुस्मरेद्यः।
सर्वस्य धातारमचिन्तयरूप-
मादित्यवर्णं तमसः परस्तात्।।9।।
प्रयाणकाले मनसाचलेन
भक्तया युक्तो योगबलेन चैव।
भ्रूवोर्मध्ये प्राणमावेश्य सम्यक्
स तं परं पुरुषमुपैति दिव्यम्।।10।।
जो पुरुष सर्वज्ञ, अनादि, सबैको नियन्ता, सूक्ष्म भन्दा अति सूक्ष्म, सबैलाई धारण-पोषण गर्ने वाला, अचिन्त्यस्वरूप, सूर्य जस्तै सदृश नित्य चेतन प्रकाशरूप र अविद्याबाट धेरै अलग, शुद्ध सच्चिदानन्दघन परमेश्वरलाई स्मरण याद गर्दछ, त्यस्ता भक्तियुक्त मानिस अन्तकालमा पनि योग बल ले भृकुटीको मध्यमा प्राणलाई राम्रो प्रकार स्थापित गरेर, फेरि निश्चल मनले स्मरण गर्दै ऊ दिव्यरूप परम पुरुष परमात्मामा नै प्राप्त हुन्छ |(9,10)
यदक्षरं वेदविदो वदन्ति
विशन्ति यद्यतयो वीतरागाः।
यदिच्छन्तो ब्रह्मचर्यं चरन्ति
तत्ते पदं संग्रहेण प्रवक्ष्ये।।11।।
वेद वेत्ता विद्वान जुन सच्चिदानन्दघनरूप परम पदलाई अविनाशी भन्छन्, आसक्तिरहित संन्यासी महात्माजन जस्मा प्रवेश गर्छन् र जुन परम पद चाहेर मन पराएर ब्रह्मचारीहरू ब्रह्मचर्य को आचरण गर्दछन्, त्यही परम ब्रह्मपदका विषयमा म तिमीलाई संक्षेपमा भन्नेछु |(11)
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च।
मूर्ध्न्याधायात्मनः प्राणमास्थितो योगधारणाम्।।12।।
ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन्।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम्।।13।।
सबै इन्द्रिय द्वार निरोध गरेर, मनलाई हृदयदेशमा स्थिर गरेर, फेरि यसरी बाचेको मन द्वारा प्राणलाई मस्तकमा स्थापित गरेर, परमात्मसम्बन्धी योगधारणामा स्थित भएर जो ॐ यो एक अक्षररूप ब्रह्म उच्चारण गर्दै र त्यस्को अर्थस्वरूप म निर्गुण ब्रह्मलाई चिन्तन गर्दै शरीरलाई त्यागेर जान्छ, त्यो मानिस परम गतिमा प्राप्त हुन्छ |(12,13)
अनन्यचेताः सततं यो मां स्मरति नित्यशः।
तस्याहं सुलभः पार्थ नित्युक्तस्य योगिनः।।14।।
हे अर्जुन ! जुन पुरुष ममा अनन्यचित्त भएर सधै नै निरन्तर म पुरुषोत्तमलाई स्मरण गर्दछ, ती नित्य-निरन्तर ममा युक्त भएका योगीका लागि म सुलभ छु, अर्थात् म उस्लाई सहज नै प्राप्त भै जान्छु हुन्छु |(14)
मामुपेत्य पुनर्जन्म दुःखालयमशाश्वतम्।
नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः।।15।।
परम सिद्धिमा प्राप्त महात्माजन ममा प्राप्त भएर दुःखको घर तथा क्षणभंगुर पुनर्जन्ममा प्राप्त हुदैनन् |(15)
आब्रह्मभुवनाल्लोकाः पुनरावर्तिनोऽर्जुन।
मामुपेत्य तु कौन्तेय पुनर्जन्म न विद्यते।।16।।
हे अर्जुन ! ब्रह्मलोकका सबै लोक पुनरावर्ती छन्, परन्तु हे कुन्तीपुत्र ! ममा प्राप्त भएर पुनर्जन्म हुदैन, किनभने म कालातीत हुँ र यी सबै ब्रह्मादि लोक काल द्वारा सीमित भएकाले अनित्य छ|(16)
सहस्रयुगपर्यन्तमहर्यद्ब्रह्मणो विदुः।
रात्रिं युगसहस्त्रान्तां तेऽहोरात्रविदो जनाः।।17।।
ब्रह्माको जुन एक दिन छ, त्यस्को एक हजार चतुर्युग सम्मको अवधि र रात्रीको पनि एक हजार चतुर्युग सम्मको अवधिवा जो मनुष्य तत्त्वले जान्दछ, ती योगीजन कालको तत्वलाई जान्दछ बुझ्दछ(17)
अव्यक्ताद्व्यक्तयः सर्वाः प्रभवन्त्यहरागमे।
रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्तसंज्ञके।।18।।
सम्पूर्ण चराचर भूतगण ब्रह्माको दिनको प्रवेशकालमा अव्यक्तबाट अर्थात् ब्रह्माको सूक्ष्म शरीरबाट उत्पन्न हुन्छन् र ब्रह्माको रात्रीको प्रवेशकालमा त्यो अव्यक्त नामक ब्रह्माको सूक्ष्म शरीरमा लीन भै जान्छ |(18)
भूतग्रामः स एवायं भूत्वा भूत्वा प्रलीयते।
रात्र्यागमेऽवशः पार्थ प्रभवत्यहरागमे।।19।।
हे पार्थ ! त्यही भूतसमुदाय उत्पन्न भै रहेर प्रकृतिको वशमा भएको रात्रिको प्रवेशकालमा लीन हुन्छ र दिनको प्रवेशकालमा फेरि उत्पन्न हुन्छ |
परस्तस्मात्तु भावोऽव्यक्तोऽव्यक्तात्सनातनः।
यः स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति।।20।।
त्यो अव्यक्त भन्दा धेरै पर टाढा अर्को अर्थात् विलक्षण जुन सनातन अव्यक्त भाव छ, त्यो परम दिव्य भाव सबै भूतहरू नष्ट हुँदा पनि नष्ट हुँदैन |(20)
अव्यक्तोऽक्षर इत्युक्तस्तमाहुः परमां गतिम्।
यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम।।21।।
जुन अव्यक्त 'अक्षर' यो नामले भनिएको छ, त्यही अक्षर नामक अव्यक्तभावलाई परम गति भनिन्छ तथा जुन सनातन अव्यक्तभावमा प्राप्त भएर मनुष्य फर्की वापस आउदैन, त्यो मेरो परम धाम हो |(21)
पुरुषः स परः पार्थ भक्तया लभ्यस्तवनन्यया।
यस्यान्तःस्थानि भूतानि येन सर्वमिदं ततम्।।22।।
हे पार्थ ! जुन परमात्माको अन्तर्गत सर्वभूत छ र जुन सच्चिदानन्दघन परमात्माबाट यो समस्त जगत परिपूर्ण छ, त्यो सनातन अव्यक्त परम पुरुष त अनन्य भक्तिले नै प्राप्त हुने योग्य छ |(22)
यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिनः
प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ।।23।।
हे अर्जुन ! जुन कालमा शरीर त्यागेका योगीजन वापस न फर्किने गतिमा वा जुन कालमा गएका हुन् त्यहीमा वापस फर्किने गतिमा प्राप्त हुन्छन्, त्यो काल अर्थात् दुइटै मार्ग भन्दछु |(23)
अग्निर्ज्योतिरहः शुक्लः षण्मासा उत्तरायणम्।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः।।24।।
जुन मार्गमा ज्योतिर्मय अग्नि-अभिमानी देवता छ, दिनको अभिमानी देवता छ, शुक्लपक्षको अभिमानी देवता छ र उत्तरायणका छः महीनाको अभिमानी देवता छ, त्यो मार्गमा मरेर गएका ब्रह्मवेत्ता योगीजन उपर्युक्त देवता द्वारा क्रमैवाट लगेर ब्रह्ममा प्राप्त हुन्छन् |(24)
धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम्।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते।।25।।
जुन मार्गमा धूमाभिमानी देवता छ, रात्रि अभिमानी देवता छ तथा कृष्णपक्षको अभिमानी देवता छ र दक्षिणायनको छः महीनाको अभिमानी देवता छ, त्यो मार्गमा मरेर गएका सकाम कर्म गर्ने योगी उपर्युक्त देवताहरू द्वारा क्रमैले गएका चन्द्रमाको ज्योतिमा प्राप्त भएर स्वर्गमा आफ्नू शुभ कर्म को फल भोगेर फर्कि आउछन् |(25)
शुक्लकृष्णे गती ह्येते जगतः शाश्वते मते।
एकया यात्यनावृत्तिमन्ययावर्तते पुनः।।26।।
किनभने जगतको यी दुइ प्रकारको – शुक्ल र कृष्ण अर्थात् देवयान र पितृयान मार्ग सनातन मानिएको छ | जस्मा एउटा द्वारा गएकाहरू – जस्लाई फर्कि आउनु पर्दैन, त्यो परम गतिमा प्राप्त हुन्छ र अर्को द्वारा गएकाहरू फर्कि आउछन् अर्थात् जन्म-मृत्युमा प्राप्त हुन्छन् |(26)
नैते सृती पार्थ जानन्योगी मुह्यति कश्चन।
तस्मात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन।।27।।
हे पार्थ ! यसप्रकार यी दुवै मार्गलाई तत्त्वले जानेर कोही पनि योगी मोहित हुदैन | यसकारण हे अर्जुन ! तिमी सबै कालमा समबुद्धिरूप योगबाट युक्त होउ अर्थात् निरन्तर म प्राप्तिका लागि साधना गर्ने होउ |(27)
वेदेषु यज्ञेषु तपुःसु चैव
दानेषु यत्पुण्यफलं प्रदिष्टम्।
अत्येति तत्सर्वमिदं विदित्वा
योगी परं स्थानमुपैति चाद्यम्।।28।।
योगी पुरुष यो रहस्यलाई तत्त्वले जानेर वेद पढ़नेमा तथा यज्ञ, तप र दानादि गर्नेमा जुन पुण्यफल भनिएको छ, ती सबैलाई निःसंदेह उल्लंघन गर्छ र सनातन परम पदमा प्राप्त हुन्छ |(28)
ॐ तत्सदिति श्रीमद् भगवद् गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे
श्रीकृष्णार्जुनसंवादे अक्षरब्रह्मयोगो नामाऽष्टमोऽध्याय | |8 | |
No comments:
Post a Comment