अध्याय १३ -
(क्षेत्र-क्षेत्रज्ञ को विषय)
अर्जुन उवाच
प्रकृतिं पुरुषं चैव क्षेत्रं क्षेत्रज्ञमेव च ।
एतद्वेदितुमिच्छामि ज्ञानं ज्ञेयं च केशव ॥ (१)
अर्जुन उवाच
प्रकृतिं पुरुषं चैव क्षेत्रं क्षेत्रज्ञमेव च ।
एतद्वेदितुमिच्छामि ज्ञानं ज्ञेयं च केशव ॥ (१)
भावार्थ : अर्जुनले सोधे - हे केशव! म हजुरसँग प्रकृति एवं पुरुष, क्षेत्र एवं क्षेत्रज्ञ और ज्ञान एवं ज्ञानहरूको लक्ष्यको विषयमा जान्न चाहन्छु । (१)
श्रीभगवानुवाच
इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतद्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तद्विदः ॥ (२)
इदं शरीरं कौन्तेय क्षेत्रमित्यभिधीयते ।
एतद्यो वेत्ति तं प्राहुः क्षेत्रज्ञ इति तद्विदः ॥ (२)
भावार्थ : श्री भगवान् ले भन्नुभयो - हे कुन्तीपुत्र! यो शरीरलाई नै क्षेत्र (कर्म-क्षेत्र) भनिन्छ र जो यो क्षेत्रलाई जानने वाला हो, ऊ क्षेत्रज्ञ (आत्मा) कहलिन्छ, तत्व रूप जान्ने वाला महापुरुषहरू द्वारा यस्तो भनिएको हो । (२)
क्षेत्रज्ञं चापि मां विद्धि सर्वक्षेत्रेषु भारत ।
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम ॥ (३)
क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं मतं मम ॥ (३)
भावार्थ : हे भरतवंशी! तिमी यी सबै शरीर रूपी क्षेत्रहरूको ज्ञाता निश्चित रूप ले मलाई नै संझ र यो शरीर तथा यसलाई जान्नु लाई नै ज्ञान भनिएको हो , यो मेरो मत हो । (३)
तत्क्षेत्रं यच्च यादृक्च यद्विकारि यतश्च यत् ।
स च यो यत्प्रभावश्च तत्समासेन मे श्रृणु ॥ (४)
स च यो यत्प्रभावश्च तत्समासेन मे श्रृणु ॥ (४)
भावार्थ : यो शरीर रूपी कर्म-क्षेत्र जस्तो भए पनि एवं जस्तो विकार वाला छ र जुन कारण ले उत्पन्न हुन्छ तथा ऊ जो यस क्षेत्रलाई जान्दछ र जो प्रभाव वाला छ उसको बारेमा संक्षिप्त रूपले मबाट सुन। (४)
ऋषिभिर्बहुधा गीतं छन्दोभिर्विविधैः पृथक् ।
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः ॥ (५)
ब्रह्मसूत्रपदैश्चैव हेतुमद्भिर्विनिश्चितैः ॥ (५)
भावार्थ : क्षेत्र र क्षेत्रज्ञ को बारे मा ऋषिहरू द्वारा अनेक प्रकार ले वैदिक ग्रंथहरूमा वर्णन गरिएको छ एवं वेदको मन्त्रहरू द्वारा पनि अलग-अलग प्रकार ले गाइएको छ र यस्लाई विशेष रूपले वेदान्त मा नीति-पूर्ण वचनहरू द्वारा कार्य-कारण सहित पनि प्रस्तुत गरिएको छ । (५)
महाभूतान्यहङ्कारो बुद्धिरव्यक्तमेव च ।
इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचराः ॥ (६)
इच्छा द्वेषः सुखं दुःखं सङ्घातश्चेतना धृतिः ।
एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम् ॥ (७)
इन्द्रियाणि दशैकं च पञ्च चेन्द्रियगोचराः ॥ (६)
इच्छा द्वेषः सुखं दुःखं सङ्घातश्चेतना धृतिः ।
एतत्क्षेत्रं समासेन सविकारमुदाहृतम् ॥ (७)
भावार्थ : हे अर्जुन! क्षेत्र पंच महाभूत (पृथ्वी, जल, अग्नि, वायु और आकाश), अहंकार, बुद्धि, प्रकृतिको अव्यक्त तीनै गुण (सत, रज, और तम), दस इन्द्रियाँ(कान, त्वचा, आँख, जीभ, नाक, हाथ, पैर, मुख, उपस्थ और गुदा), एक मन, पाँच इन्द्रियहरूको विषय (शब्द, स्पर्श, रूप, रस और गंध)। इच्छा, द्वेष, सुख, दुःख, चेतना और धारणा वाला यी समूहहरू नै विकार वाला पिण्ड रूप शरीर हो जसको बारेमा संक्षेपमा भनिएको छ । (६,७)
(ज्ञान को विषय)
अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः ॥ (८)
अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम् ।
आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रहः ॥ (८)
भावार्थ : विनम्रता (मान-अपमान के भाव नहुनु ), दम्भहीनता (कर्तापन को भाव नहुनु), अहिंसा (कसैलाई पनि कष्ट नदिने भाव), क्षमाशीलता(सबै खाले अपराधहरूका निम्ती क्षमा दिने भाव ), सरलता (सत्य नछिपाउने नलुकाउने भाव), पवित्रता (मन र शरीर ले शुद्ध भएको भाव), गुरु-भक्ति (श्रद्धा सहित गुरु को सेवा गर्ने भाव), दृड़ता (संकल्पमा स्थिर रहने भाव) र आत्म-संयम (इन्द्रियहरूलाई वशमा राख्ने भाव)। (८)
इन्द्रियार्थेषु वैराग्यमनहङ्कार एव च ।
जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम् ॥ (९)
जन्ममृत्युजराव्याधिदुःखदोषानुदर्शनम् ॥ (९)
भावार्थ : इन्द्रिय-विषयहरू (शब्द, रूप, रस, गन्ध, स्पर्श) प्रति वैराग्य को भाव । मिथ्या अहंकार (शरीरको स्वरूप जान्नु) नगर्ने भाव । जन्म, मृत्यु, बुढा़पा, रोग, दुःख र आफ्नो दुर्गुणहरूलाई पटक पटक चिन्तन गर्ने भाव। (९)
असक्तिरनभिष्वङ्ग: पुत्रदारगृहादिषु ।
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ॥ (१०)
नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ॥ (१०)
भावार्थ : पुत्र, स्त्री, घर र अन्य भौतिक वस्तु प्रति आसक्त न हुनुको भाव । शुभ र अशुभ को प्राप्तिमा पनि निरन्तर एक समान रहने भाव। (१०)
मयि चानन्ययोगेन भक्तिरव्यभिचारिणी ।
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि ॥ (११)
विविक्तदेशसेवित्वमरतिर्जनसंसदि ॥ (११)
भावार्थ : मेरो अतिरिक्त अन्य कुनै वस्तुलाई प्राप्त न गर्ने भाव । विचलित न भै मेरो भक्तिमा स्थिर रहने भाव । शुद्ध एकान्त स्थानमा रहने भाव र सांसारिक भोगमा लिप्त मनुष्यहरू प्रति आसक्ति को भाव नहुनु। (११)
अध्यात्मज्ञाननित्यत्वं तत्वज्ञानार्थदर्शनम् ।
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोऽन्यथा ॥ (१२)
एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यदतोऽन्यथा ॥ (१२)
भावार्थ : निरन्तर आत्म-स्वरूपमा स्थित रहने भाव र तत्व-स्वरूप परमात्मा संग साक्षात्कार गर्ने भाव । यही सबैलाई म द्वारा ज्ञान भनिएको छ र यस्को अतिरिक्त जे जती छ त्यो सबै अज्ञान हो। (१२)
(क्षेत्रज्ञ को ज्ञान)
ज्ञेयं यत्तत्वप्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते ।
अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्यते ॥ (१३)
ज्ञेयं यत्तत्वप्रवक्ष्यामि यज्ज्ञात्वामृतमश्नुते ।
अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्यते ॥ (१३)
भावार्थ : हे अर्जुन! जो जान्ने योग्य छ अब म उसको विषय मा बताउछु जस्लाई जानेर मृत्युमा प्राप्त हुने वाला मनुष्य अमृत-तत्वमा प्राप्त हुन्छ । जसको जन्म कहिले पनि हुदैन जो कि मेरो अधीन रहने वाला हो । ऊ न कर्ता हो र न कारण हो, उस्लाई परम-ब्रह्म (परमात्मा) भनिएको छ । (१३)
सर्वतः पाणिपादं तत्सर्वतोऽक्षिशिरोमुखम् ।
सर्वतः श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ॥ (१४)
सर्वतः श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ॥ (१४)
भावार्थ : ऊ परमात्मा सबै तिरबाट हात खुट्टा वाला छ, ऊ सबैतिरबाट आँखा, टाउको तथा मुख वाला छ, ऊ सबैतिरबाट सुन्ने वाला छ र ऊ नै संसारमा सबै वस्तुहरूमा व्याप्त भएर स्थित छ । (१४)
सर्वेन्द्रियगुणाभासं सर्वेन्द्रियविवर्जितम् ।
असक्तं सर्वभृच्चैव निर्गुणं गुणभोक्तृ च ॥ (१५)
असक्तं सर्वभृच्चैव निर्गुणं गुणभोक्तृ च ॥ (१५)
भावार्थ : ऊ परमात्मा समस्त इन्द्रियहरूको मूल स्रोत हो, फेरि पनि ऊ सबै इन्द्रियहरूबाट पर स्थित रहन्छ । ऊ सबैको पालन-कर्ता भएर पनि अनासक्त भावमा स्थित रहन्छ र ऊ नै प्रकृतिको गुण (सत, रज, तम) बाट पर स्थित भएर पनि समस्त गुणको भोक्ता हो। (१५)
बहिरन्तश्च भूतानामचरं चरमेव च ।
सूक्ष्मत्वात्तदविज्ञयं दूरस्थं चान्तिके च तत् ॥ (१६)
सूक्ष्मत्वात्तदविज्ञयं दूरस्थं चान्तिके च तत् ॥ (१६)
भावार्थ : ऊ परमात्मा चर-अचर सबै प्राणीहरूको भित्र र बाहिर पनि स्थित छ, उस्लाई अति-सूक्ष्म भएको कारण इन्द्रिय द्वारा जान्न सकिदैन , ऊ अत्यन्त दूर भएता पनि सबै प्राणीहरूको अत्यन्त नजिक पनि ऊ नै स्थित छ। (१६)
अविभक्तं च भूतेषु विभक्तमिव च स्थितम् ।
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ॥ (१७)
भूतभर्तृ च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ॥ (१७)
भावार्थ : ऊ परमात्मा सबै प्राणीहरूमा अलग-अलग स्थित भएर पनि एउटा रूपमा नै स्थित रहन्छ, यद्यपि ऊ नै समस्त प्राणीहरू को ब्रह्मा-रूप ले उत्पन्न गर्ने वाला हो । विष्णु-रूप ले पालन गर्ने वाला हो र रुद्र-रूप ले संहार गर्ने वाला हो। (१७)
ज्योतिषामपि तज्ज्योतिस्तमसः परमुच्यते ।
ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ॥ (१८)
ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ॥ (१८)
भावार्थ : परमात्मा सबै प्रकाशित हुने वस्तुहरूको प्रकाश को मूल स्रोत भएर पनि अन्धकारबाट पर स्थित रहन्छ, उ नै ज्ञान-स्वरूप (आत्मा) हो, उ नै जान्नु योग्य (परमात्मा) हो, उ नै ज्ञान स्वरूप (आत्मा) द्वारा प्राप्त गर्नु पर्ने लक्ष्य हो र उ नै सबैको हृदयमा विशेष रूपले स्थित रहन्छ। (१८)
इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासतः ।
मद्भक्त एतद्विज्ञाय मद्भावायोपपद्यते ॥ (१९)
मद्भक्त एतद्विज्ञाय मद्भावायोपपद्यते ॥ (१९)
भावार्थ : यस प्रकार कर्म-क्षेत्र (शरीर), ज्ञान-स्वरूप (आत्मा) र जान्ने योग्य(परमात्मा) को स्वरूप को संक्षेपमा वर्णन गरिएको छ , मेरा भक्तले यो सबै जाने पछि मेरो स्वभावमा प्राप्त हुन्छन्। (१९)
(ज्ञानसहित प्रकृति-पुरुष का विषय)
प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ॥ (२०)
प्रकृतिं पुरुषं चैव विद्ध्यनादी उभावपि ।
विकारांश्च गुणांश्चैव विद्धि प्रकृतिसम्भवान् ॥ (२०)
भावार्थ : हे अर्जुन! यो प्रकृति (भौतिक जड़ प्रकृति) एवं पुरुष (परमात्मा) यी दुबैलाईनै तिमी निश्चित रूप ले अनादि सम्झ र राग-द्वेष आदि विकार प्रकृति को तीन गुणहरू बाटै उत्पन्न भएको भनेर बुझ । (२०)
कार्यकरणकर्तृत्वे हेतुः प्रकृतिरुच्यते ।
पुरुषः सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते ॥ (२१)
पुरुषः सुखदुःखानां भोक्तृत्वे हेतुरुच्यते ॥ (२१)
भावार्थ : जसबाट कार्य उत्पन्न गरिन्छ र जोबाट कार्य सम्पन्न गरिन्छ उस्लाई नै भौतिक प्रकृति भनिएको हो, र जीव (प्राणी) सुख तथा दुःख को भोग को कारण भनिएको छ। (२१)
पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।
कारणं गुणसंगोऽस्य सदसद्योनिजन्मसु ॥ (२२)
कारणं गुणसंगोऽस्य सदसद्योनिजन्मसु ॥ (२२)
भावार्थ : भौतिक प्रकृतिमा स्थित भएका कारण नै प्राणी, प्रकृतिको तीनै गुणले उत्पन्न पदार्थहरूको भोग गर्दछ र प्रकृतिको गुणका साथ संगति को कारण नै जीव उत्तम र अधम योनिको पुनर्जन्ममा प्राप्त हुदै रहन्छ । (२२)
उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वरः ।
परमात्मेति चाप्युक्तो देहेऽस्मिन्पुरुषः परः ॥ (२३)
परमात्मेति चाप्युक्तो देहेऽस्मिन्पुरुषः परः ॥ (२३)
भावार्थ : सबै शरीरहरूको पालन-पोषण गर्ने वाला परमेश्वर नै भौतिक प्रकृति को भोक्ता साक्षी-भावमा स्थित भएर अनुमति दिने वाला हो, जो कि यो शरीर मा आत्मा को रूपमा स्थित भएकाले परमात्मा भनिएको हो। (२३)
य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणैः सह ।
सर्वथा वर्तमानोऽपि न स भूयोऽभिजायते ॥ (२४)
सर्वथा वर्तमानोऽपि न स भूयोऽभिजायते ॥ (२४)
भावार्थ : जुन मनुष्य यस प्रकार जीव को प्राकृतिक गुण जान्दछ ऊ वर्तमान मा जुनसुकै परिस्थितिमा स्थित हुदाँ पनि सबै प्रकारले मुक्त रहन्छ र ऊ फेरि कुनै पनि जन्ममा प्राप्त हुदैन। (२४)
ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना ।
अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे ॥ (२५)
अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे ॥ (२५)
भावार्थ : केही मनुष्य ध्यान-योगमा स्थित भएर परमात्मालाई आफ्नो भित्री हृदय मा देख्छन, केही मनुष्य वैदिक कर्मकाण्डको अनुशीलन द्वारा र अन्य मनुष्य निष्काम कर्म-योग द्वारा परमात्मामा प्राप्त हुन्छन। (२५)
अन्ये त्वेवमजानन्तः श्रुत्वान्येभ्य उपासते ।
तेऽपि चातितरन्त्येव मृत्युं श्रुतिपरायणाः ॥ (२६)
तेऽपि चातितरन्त्येव मृत्युं श्रुतिपरायणाः ॥ (२६)
भावार्थ : केही यस्ता मनुष्य पनि छन् जो आध्यात्मिक ज्ञानलाई जान्दैनन् परन्तु तिनीहरू अन्य महापुरुषबाट परमात्माको विषय सुनेर उपासना गर्ने गर्छन्, परमात्माको विषयमा सुन्ने इच्छा गरेको कारण ती मनुष्य पनि मृत्यु रूपी संसार-सागर निश्चित रूपले पार गरेर जान्छन् । (२६)
यावत्सञ्जायते किञ्चित्सत्त्वं स्थावरजङ्गमम् ।
क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्धि भरतर्षभ ॥ (२७)
क्षेत्रक्षेत्रज्ञसंयोगात्तद्विद्धि भरतर्षभ ॥ (२७)
भावार्थ : हे भरतवंशी अर्जुन! यो संसारमा जे जो केही उत्पन्न हुन्छ र जुनसुकै चर-अचर प्राणी अस्तित्वमा छ, ती सबैको तिमी क्षेत्र (जड़ प्रकृति) र क्षेत्रज्ञ (चेतन प्रकृति) को संयोग ले नै उत्पन्न भएको सम्झ। (२७)
समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम् ।
विनश्यत्स्वविनश्यन्तं यः पश्यति स पश्यति ॥ (२८)
विनश्यत्स्वविनश्यन्तं यः पश्यति स पश्यति ॥ (२८)
भावार्थ : जो मनुष्य समस्त नाशवान शरीरमा अविनाशी आत्माको साथ अविनाशी परमात्मा लाई समान भाव ले स्थित देख्दछ तेही वास्तविक सत्यलाई यथार्थ रूपमा देख्दछ । (२८)
समं पश्यन्हि सर्वत्र समवस्थितमीश्वरम् ।
न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम् ॥ (२९)
न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम् ॥ (२९)
भावार्थ : जो मनुष्य सबै चर-अचर प्राणीमा समान भावले एउटै परमात्मालाई समान रूपले स्थित देख्दछ ऊ आफ्नो मनद्वारा आफूले आफैलाई कहिलै नष्ट गर्दैन, यस प्रकार ऊ मेरो परम-धाममा प्राप्त हुन्छ। (२९)
प्रकृत्यैव च कर्माणि क्रियमाणानि सर्वशः ।
यः पश्यति तथात्मानमकर्तारं स पश्यति ॥ (३०)
यः पश्यति तथात्मानमकर्तारं स पश्यति ॥ (३०)
भावार्थ : जो मनुष्य समस्त कार्य सबै प्रकारले प्रकृति द्वारा नै सम्पन्न भएको देख्दछ र आत्मालाई अकर्ता देख्दछ, त्यो नै यथार्थ रूपले देख्दछ । (३०)
यदा भूतपृथग्भावमेकस्थमनुपश्यति ।
तत एव च विस्तारं ब्रह्म सम्पद्यते तदा ॥ (३१)
तत एव च विस्तारं ब्रह्म सम्पद्यते तदा ॥ (३१)
भावार्थ : जब जो मनुष्य सबै प्राणीको अलग-अलग भावहरूमा एउटै परमात्मालाई नै स्थित भएको देख्दछ र ऊ एउटा परमात्माबाट नै समस्त प्राणीहरूको विस्तार देख्दछ, तब ऊ परमात्मामा नै प्राप्त हुन्छ । (३१)
अनादित्वान्निर्गुणत्वात्परमात्मायमव्ययः ।
शरीरस्थोऽपि कौन्तेय न करोति न लिप्यते ॥ (३२)
शरीरस्थोऽपि कौन्तेय न करोति न लिप्यते ॥ (३२)
भावार्थ : हे कुन्तीपुत्र! यो अविनाशी आत्मा आदि-रहित र प्रकृतिको गुण भन्दा पर भएका कारण शरीरमा स्थित भएता पनि न केही गर्दछ र न कर्म उसँग लिप्त हुन्छ । (३२)
यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते ।
सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ॥ (३३)
सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ॥ (३३)
भावार्थ : जस प्रकार सबै ठाउँ व्याप्त आकाश आफ्नो सूक्ष्म प्रकृतिको कारण कुनै वस्तुसँग लिप्त हुदैन, त्यसै प्रकार शरीरको सबै ठाउँ स्थित आत्मा पनि शरीरको कार्यसँग कहिल्यै लिप्त हुदैन। (३३)
यथा प्रकाशयत्येकः कृत्स्नं लोकमिमं रविः ।
क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ॥ (३४)
क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ॥ (३४)
भावार्थ : हे भरतवंशी अर्जुन! जसप्रकार एउटा सूर्य यस सम्पूर्ण ब्रह्माण्डलाई प्रकाशित गर्दछ, त्यसैप्रकार शरीरमा स्थित एउटै आत्मा सम्पूर्ण शरीरलाई आफ्नो चेतनाले प्रकाशित गर्दछ। (३४)
क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचक्षुषा ।
भूतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम् ॥ (३५)
भूतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम् ॥ (३५)
भावार्थ : जुन मनुष्य यस प्रकार शरीर र शरीरको स्वामीको फरकलाई आफनो ज्ञानको आखाले देख्दछ ऊ जीव प्रकृतिबाट मुक्त हुने विधि जानेर मेरो परम-धाममा प्राप्त हुन्छ। (३५)
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायांयोगशास्त्रे श्रीकृष्णार्जुनसंवादे क्षेत्रक्षेत्रज्ञविभागयोगो नाम त्रयोदशोऽध्यायः॥
यस प्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीता को श्रीकृष्ण-अर्जुन संवाद मा क्षेत्र-क्षेत्रज्ञ विभाग-योग नाम को तेरहवाँ अध्याय संपूर्ण
6 | |यस प्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीता को श्रीकृष्ण-अर्जुन संवाद मा क्षेत्र-क्षेत्रज्ञ विभाग-योग नाम को तेरहवाँ अध्याय संपूर्ण
No comments:
Post a Comment