श्रीभगवानुवाच
अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः ।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ॥ (१)भावार्थ : श्री भगवान् ले भन्नुभयो - हे भरतवंशका अर्जुन! परमात्मामा पूर्ण विश्वास गरेको भाव (निर्भयता), अन्त:करणमा शुद्धता भएको भाव (आत्मशुद्धि), परमात्मा प्राप्तिको ज्ञानमा दृड़ स्थित भाव (ज्ञान-योग), समर्पणको भाव (दान), इन्द्रियहरूलाई संयमित राख्ने भाव (आत्म-संयम), नियत-कर्म गरेको भाव (यज्ञ-परायणता), स्वयंलाई जानेको चिनेको भाव (स्वाध्याय), परमात्मा प्राप्तिको भाव (तपस्या) र सत्यलाई नलुकाउने भाव (सरलता)। (१)
अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।
दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम् ॥ (२)
भावार्थ : कसैलाई पनि कष्ट नपुर्याउने भाव (अहिंसा), मन र वाणीले एउटै भएको भाव (सत्यता), रीष क्रोध रोक्ने भाव (क्रोधविहीनता), कर्तापनको अभाव (त्याग), मनको चंचलता रोक्ने भाव (शान्ति), कसैको पनि निन्दा नगरेको भाव (छिद्रान्वेषण), समस्त प्राणीहरूप्रति करुणाको भाव (दया), लोभबाट मुक्त भएको भाव (लोभविहीनता), इन्द्रियहरू र विषयवस्तुको संयोग भएता पनि आसक्त नभएको भाव (अनासक्ति), मदको अभाव (कोमलता), गलत कार्य भएमा लाजको भाव र असफलतामा विचलित नहुने भाव (दृड़-संकल्प)। (२)
तेजः क्षमा धृतिः शौचमद्रोहोनातिमानिता ।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ॥ (३)
भावार्थ : ईश्वरीय तेज हुनु, अपराधीलाई माफ गरिदिने भाव (क्षमा), कुनै पनि परिस्थितिमा विचलित नहुने भाव (धैर्य), मन र शरीर शुद्ध रहेको भाव (पवित्रता), कसैलाई पनि ईर्ष्या नगर्ने भाव र सम्मान नखोज्ने भाव यी सबै दैवीय स्वभाव (गुण) द्वारा उत्पन्न हुने मनुष्यको लक्षण हुन् । (३)
दम्भो दर्पोऽभिमानश्च क्रोधः पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ॥ (४)
भावार्थ : हे पृथापुत्र! पाखण्ड, घमण्ड, अभिमान, क्रोध, निष्ठुरता र अज्ञानता यी सबै आसुरी स्वभाव (गुण)द्वारा उत्पन्न हुने मनुष्यको लक्षण हो । (४)
दैवी सम्पद्विमोक्षाय निबन्धायासुरी मता ।
मा शुचः सम्पदं दैवीमभिजातोऽसि पाण्डव ॥ (५)
भावार्थ : दैवीय गुण मुक्तिको कारण बन्दछ र आसुरी गुण बन्धनको कारण मानिन्छ, हे पाण्डुपुत्र अर्जुन! तिमी शोक नगर, किनभने तिमी दैवीय गुणहरूले युक्त भएर उत्पन्न भएका छौ । (५)
(आसुरी स्वभावको लक्षण)
द्वौ भूतसर्गौ लोकऽस्मिन्दैव आसुर एव च ।
दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ में श्रृणु ॥ (६)
भावार्थ : हे अर्जुन! यस संसारमा उत्पन्न सबै मनुष्यहरूको स्वभाव दुई प्रकारका हुन्छन्, एउटा दैवीय स्वभाव र अर्को आसुरी स्वभाव, ती मध्ये दैवीय गुणहरूको विषयमा विस्तारपूर्वक भनिसके, अब तिमी आसुरी गुणहरूको विषयमा पनि मबाट सुन । (६)
प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः ।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ॥ (७)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य जान्दैनन् कि के गर्नुहुन्छ र के गर्नु हुदैन, यो बाहिर भित्र कतैबाट पनि पवित्र हुदैनन्, यी न कहिल्यै उचित आचरण गर्छन् न तिनीहरूमा सत्य पाउन सकिन्छ । (७)
असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम् ।
अपरस्परसम्भूतं किमन्यत्कामहैतुकम् ॥ (८)
भावार्थ : आसुरी स्वभावका मनुष्य भन्छन् कि जगत् झूटो हो यसको न कुनै आधार छ र न कुनै ईश्वर छ, यो संसार बिना कुनै कारण केवल स्त्री-पुरुष को संसर्गले मात्र उत्पन्न भएको हो, कामेच्छाको अतिरिक्त अन्य कुनै कारण छैन। (८)
एतां दृष्टिमवष्टभ्य नष्टात्मानोऽल्पबुद्धयः ।
प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतोऽहिताः ॥ (९)
भावार्थ : यसप्रकार यो दृष्टिकोण स्वीकार गर्ने मनुष्य जसको आत्म-ज्ञान नष्ट भैसकेको छ, बुद्धिहीन हुन्छन्, यस्तो आसुरी स्वभाव भएका मनुष्य केवल विनाशको लागी उपयोगी र समाजको लागि अनुपयोगी कर्म गर्छन् जसबाट संसारलाई अहित हुन्छ । (९)
काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विताः ।
मोहाद्गृहीत्वासद्ग्राहान्प्रवर्तन्तेऽशुचिव्रताः ॥ (१०)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य कहिल्यै तृप्त नहुने काम-वासनाको अधीन, झूटो मान-प्रतिष्ठाको अहंकारयुक्त, मोहग्रस्त भएर ज़ड़ वस्तु प्राप्त गर्नका लागि अपवित्र संकल्प धारण गरेका हुन्छन् । (१०)
चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिताः ।
कामोपभोगपरमा एतावदिति निश्चिताः ॥ (११)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य जीवनको अन्तिम समयसम्म असंख्य चिन्ताहरूको आधीन रहन्छन्, तिनीहरूको जीवनको परम-लक्ष्य केवल इन्द्रियतृप्तिको लागि मात्र निश्चित रहन्छ । (११)
आशापाशशतैर्बद्धाः कामक्रोधपरायणाः ।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान् ॥ (१२)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य आशा-रूपी सैकड़ों डोरीहरूले बाधिएको कामना र क्रोधको आधीन रहेर इन्द्रिय-विषय भोगका लागि अवैध तरिकाबाट धन संकलन गर्ने इच्छा गरिरहन्छन् । (१२)
इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम् ।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ॥ (१३)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य सोचिरहन्छन् कि आज मैले यती धन प्राप्त गरेको छु, अब यो भन्दा धेरै धन प्राप्त गर्छु, मसँग आज यत्रो धन छ, भविष्यमा बढ़ेर अरु धेरै हुनेछ । (१३)
असौ मया हतः शत्रुर्हनिष्ये चापरानपि ।
ईश्वरोऽहमहं भोगी सिद्धोऽहं बलवान्सुखी ॥ (१४)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य सोचि रहन्छन् कि त्यो शत्रु म द्वारा मारियो र अरू शत्रुहरूलाई पनि मार्छु, म नै भगवान हूँ, म नै समस्त ऐश्र्वर्य भोगने वाला हूँ, म नै सिद्ध हूँ, म नै सबैभन्दा शक्तिशाली हूँ, र म नै सबै भन्दा सुखी हूँ। (१४)
आढयोऽभिजनवानस्मि कोऽन्योऽस्ति सदृशो मया ।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिताः ॥ (१५)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य सोचिरहन्छ कि म सबै भन्दा धनी हूँ, मेरो सम्बन्ध ठूलो कुलीन परिवारसँग छ, मेरो समान अरू को छ ? म यज्ञ गर्नेछु, दान दिनेछु र यसप्रकार म जीवनको मजा लिन्छु, यसप्रकार आसुरी स्वभाव भएका मनुष्य अज्ञानवश मोहग्रस्त भइरहन्छन् । (१५)
अनेकचित्तविभ्रान्ता मोहजालसमावृताः ।
प्रसक्ताः कामभोगेषु पतन्ति नरकेऽशुचौ ॥ (१६)
भावार्थ : अनेक प्रकारका चिन्ताबाट भ्रमित भएर मोह रूपी जालमा बाधिएर इन्द्रिय-विषय भोगमा आसक्त आसुरी स्वभाव भएका मनुष्य महान् अपवित्र नरकमा खस्छन् जान्छन् । (१६)
आत्मसम्भाविताः स्तब्धा धनमानमदान्विताः ।
यजन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम् ॥ (१७)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य स्वयंलाई श्रेष्ठ मान्छन् । घमण्डी मनुष्य धन र झूटो मान-प्रतिष्ठाको नशामा लीन भएर केवल नाम-मात्रको लागि बिना कुनै शास्त्र-विधि घमण्डले यज्ञ गर्छन् । (१७)
अहङ्कारं बलं दर्पं कामं क्रोधं च संश्रिताः ।
मामात्मपरदेहेषु प्रद्विषन्तोऽभ्यसूयकाः ॥ (१८)
भावार्थ : आसुरी स्वभाव भएका मनुष्य मिथ्या अहंकार, बल, घमण्ड, कामना र क्रोधको आधीन रहेर आफ्नो र अरूको शरीरमा स्थित म परमात्माको निन्दा गरनेवाला ईर्ष्यालु हुन्छन् । (१८)
तानहं द्विषतः क्रूरान्संसारेषु नराधमान् ।
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु ॥ (१९)
भावार्थ : आसुरी स्वभाव भएका ईष्यालु, क्रूरकर्मी र मनुष्यमा अधम हुन्छन्, यस्तो अधम मनुष्यलाई म संसार रूपी सागरमा निरन्तर आसुरी योनिमा झारिरहन्छु । (१९)
आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि ।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ॥ (२०)
भावार्थ : हे कुन्तीपुत्र! आसुरी योनिमा प्राप्त भएको मनुष्य अनेकौं जन्मसम्म आसुरी योनिमा नै प्राप्त हुन्छ, यस्तो आसुरी स्वभाव भएको मनुष्य ममा प्राप्त नभएर अत्यन्त अधम गति (निम्न योनि) मा नै प्राप्त भइरहन्छन् । (२०)
(शास्त्रानुकूल आचरणों के लिए प्रेरणा)
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ॥ (२१)
भावार्थ : हे अर्जुन! जीवात्मालाई विनाश गर्नेवाला "काम, क्रोध र लोभ" यी तीन प्रकार ढोका मनुष्यलाई नरकमा लाने वाला हुन्, यसलिये यी तीनैलाई त्याग दिनुपर्छ । (२१)
एतैर्विमुक्तः कौन्तेय तमोद्वारैस्त्रिभिर्नरः ।
आचरत्यात्मनः श्रेयस्ततो याति परां गतिम् ॥ (२२)
भावार्थ : हे कुन्तीपुत्र! जो मनुष्य यी तीन अज्ञान रूपी नरकको मुलद्वारवाट मुक्त हुन्छ, त्यो मनुष्य आफ्नो आत्माको लागि कल्याणकारी कर्मको आचरण गर्दै परम-गति (परमात्मा)मा प्राप्त भइ जान्छ । (२२)
यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः ।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ॥ (२३)
भावार्थ : जो मनुष्य कामनाहरूको वशमा रहेर शास्त्रहरूको विधिको त्याग गरेर आफ्नो मनवाट उत्पन्न गरेको विधिले कर्म गरिरहन्छ, त्यो मनुष्यले न सिद्धि प्राप्त गर्दछ, न सुख नै प्राप्त गर्दछ र न परम-गतिमा प्राप्त हुन सक्छ । (२३)
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ॥ (२४)
भावार्थ : हे अर्जुन! मनुष्यले के कर्म गर्नुपर्छ र के कर्म गर्नु हुदैन यसको लागि शास्त्र नै एकमात्र प्रमाण हो, यसकारण तिमीले यस संसारमा शास्त्रको विधि जानेर बुझेर नै कर्म गर्नु पर्दछ । (२४)
ॐ तत्सदिति श्रीमद्भगवद्नीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन दैवासुरसम्पद्विभागयोगो नाम षोडशोऽध्यायः ॥
यसप्रकार उपनिषद, ब्रह्मविद्या तथा योगशास्त्र रूप श्रीमद् भगवद् गीता को श्रीकृष्ण-अर्जुन संवाद मा दैवासुर संपद्विभाग-योग नाम को सोह्रौं अध्याय संपूर्ण भयो ॥
॥ हरि: ॐ तत् सत् ॥6 | |
No comments:
Post a Comment